Social Icons

मुक्तक

मुक्तक
(१)
तिमी बिना जिन्दगी यो चल्दैन झैँ लाग्न थाल्यो
छाडि गए मनको दीप बल्दैन झैँ लाग्न थाल्यो
तिम्रै सम्झनामा चल्छ मुटुको यो धड्कन पनि
तिमी बिना अर्थी मेरो जल्दैन झैँ लाग्न थाल्यो |
(२)
आऊ प्रिय दुवै मिलि एउटा कसम खाउँ आज
हाम्रो माया अमर पार्ने मिठो गीत गाउँ आज
अग्निलाइ सांछी राखी बा आमालाई मनाएर
जीवन भरी नछुटिने अमर प्रित लाउँ आज |
(३)
नाम मात्र फरक हाम्रो तर जीवन दाता एउटै
घर मात्र फरक हाम्रो तर ओढ्ने छाता एउटै
भाषा फरक भेष फरक देश फरक भय पनि
टाउको देखि खुट्टा सम्म सबैको छ गाता एउटै|
(४)
केहि बर्ष टाढा हुँदा परिवेस बदलिएछ
पराई देशको संगतले मेरो भेष बदलिएछ
खान्छु उस्तै बोल्छु उस्तै नेपाल कै छोरी हुँ म
नसोच्नु है मैले टेक्ने आफ्नै देश बदलिएछ|
*
कल्पना भाबुक
काठमाडौँ
(हाल इजरायल)

गजल ६४ जवानीलाई

गजल
जे जे पर्ला बेहोरुंला  हेरीदेऊ यो जवानीलाई
नमेटिने रङग घसी केरीदेऊ यो जवानीलाई !
~~
अत्तर सरी   फैलिएर मोहिनी त्यो  पासो थापी
लिप्त कामुक बासनाले सेरीदेऊ यो जवानीलाई !
~~
उकुस मुकुस गुम्सिएका बैशालु इ तिष्णा सँगै
टाँसिएर   अंगालोमा बेरिदेऊ यो जवानीलाई !
~~
रुखो सुखो   मलजल  गरी उर्वरसिल   बनाएर
बसन्त त्यो ऋतु जस्तै फेरीदेऊ यो जवानीलाई!
~~
भुवा सरि उडी रा'छ उम्किएला यो मन कतै
पिरतिको बार हाली घेरिदेउ यो  जवानीलाई !
~~
कल्पना भाबुक
काठमाडौ
हाल; इजरायल

गजल ६३ अस्ताउन लागेको घाम

गजल
अस्ताउन लागेको घाम मैले अब डुब्नु पर्छ
स्वर्ग होस् या नर्क साथी मरेपछि पुग्नु पर्छ।
~
सृस्‍टिको यो नियम हो कैले आँशु कैले हाँसो
झरि बादल परे पछि इन्द्रेणीले लुक्नु पर्छ ।
~
लाग्न सक्छ सुख्खा यहाँ सिँच्नु पर्छ पौरखले
धर्तीमा बिज छरेपछी उम्रनलाई रुक्नु पर्छ ।
~
इमान बेची खान हुन्न नैतिज्ञवान भई बाँचौं
आखिर गल्ति गरे पछि बैरी सामु झुक्नु पर्छ ।
~
सत्यतामा हुन्छ माया झुटो खेति टिक्ने छैन
प्रेम बसाइ सरे पछि घाऊ नभई दुख्नु पर्छ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ६२ नाउँ छैन

के भनेर चिन्छौ मलाइ मेरो कुनै नाउँ छैन
घुमन्ते भै बित्यो जीवन बास बस्ने ठाउँ छैन।
~
न त छोड्न सके छाप न त कुनै इस्ट मित्र
बेवारिसे भा'छु आज उपमा त्यो गाउँ छैन।
~
चल्छ यहाँ नेताको नाम कि त हुनु पर्छ डाका
सभ्य मानब भई बस्दा त्यसको कुनै भाउ छैन।
~
कलि युग लागेको छ पशु देखि प्राणी सम्म
कोरलिन्छन चल्लाहरु खोजि गरे माउ छैन।
~
तस्करीको लामो ताँती दिनदहाडै अशुरक्षित
खोर भित्र जाकुँ भने समाउँने दाउ छैन।
~
निस्वार्थी छ आमा सब्द बोकी हिड्छिन लालाबाला
जात भने मनुसको छ खोजि गरे बाउ छैन ।
~
बल्झी बल्झी दुखि रैछ नेपाल आमा तिम्रो मुटु
खोक्रो पारे धमिराले देख्ने कुनै घाऊ छैन ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

मुक्तक

मुक्तक दोहोरी

 
केही दिन अघी कल्पना भाबुक जी को वालमा सवाल जवाफ गरिएका मुक्तक हरु संकलन गरी यहाँ हरु समक्ष बाँड्ने जमर्को गरें आज। ट्यागको सिमिततालाई बुझेर आफ्नो राय सुझाव राख्नु नै हुने छ भन्ने आशा लिएको छु। धन्यवाद सम्पूर्ण सर्जक मित्र हरुलाई।
*********************
मुक्तक दोहोरी
१,
टाउको माथि हात राखी चिन्ता कति गरौँ प्रिय
मुटु फोक्सो दुवै दुख्छन कुन पाटोमा सरौं प्रिय
जीवनकै टुङ्गो छैन गुनासोका खात धेरै
बिपती र झन्झटमा अझै कति परौं प्रिय|***कल्पना भाबुक
*
२,
पिर चिन्ता नगर भो जे जे पर्छ उही टर्छ
तिम्रो मुटु दुख्दा यहाँ मेरो छाती दुख्ने गर्छ
यात्रा तय गर्दै गर गर्दिन म गुनासो नि
आसुँ हैन हाँसोले नै जिन्दगीको दु:ख हर्छ!!!***गोविन्द भाबुक
*
३,
तिमी टाढा हुँदा खुशी मासेर नै जीवन बितोस
सप्रतिक्षामा जिन्दगीलाई राखेर नै जीवन बितोस
कस्तो यात्रा तय गर्नु सिंगै मुटु छोडी मैले
आँशु सँग जिन्दगी यो साटेर नै जीवन बितोस।***कल्पना भाबुक
*
४,
म बिनाको एक्लो जीवन कसो गरी काटौली खै
पीडा बोकी आफ्नै मनलाई कती दिन ढाँटौली खै
तिमी जहाँ म उँही छु साथ छुट्ने छैन कहिल्यै
आसुँ सँग जिन्दगी त्यो के संम्झेर साटौली खै!!***!गोविन्द भाबुक
*
५,
काट्नै पर्दो रैछ जीवन आफ्नै अंग छुटे पनि
आट्नै पर्दो रैछ यात्रा समयले कुटे पनि
कल्पनामा डुबी डुबी तिम्रै बाटो हेर्ने गर्छु
हास्नै पर्दो रैछ यहाँ सिंगै मुटु फुटे पनि|***कल्पना भाबुक
*
६,
टाढा बसी बेदनाका पोका नखोल भो
असह्य भो सुन्दा अझै त्यस्तो नबोल भो
यस्तै रैछ जिन्दगी यो प्रतिक्षामै दिन काटौं
निस्चल हाम्रो पिरतिमा आसुँ नघोल भो!!!***गोविन्द भाबुक
*
७,
टाढै बसी प्रियसीका कथाहरु सुन प्रिय
चाहेर नी तिम्रो हात सक्दिन म छुन प्रिय
सुनी हल्का गरी देउ यो मनको भारिलाइ
दिदैन कि समयले छिटै तिम्रो हुन प्रिय !!***कल्पना भाबुक
*
८,
लेख्न थाल्यौ बेदनाले भरिएका कथा फेरी
भो अब त नसुनाउ बल्झ्यो उही ब्यथा फेरी
कतिन्जेल चल्छ र खै तिमी वारी म पारी भै
एउटै मुटु छुटाउने कस्ले ल्यायो प्रथा फेरी!!!***गोविन्द भाबुक
*
९,
बन्द गरेँ दिलको खाता नदुखाउ मन अब
सकुसल छ कि छैन तिम्रो खबर भन अब
वारि पारि भए पनि भेट गर्ने बाटो खोजौ
छिटै मन मिलाउने हाम्रो दिन गन अब !!!***कल्पना भाबुक
*
१०,
दिलको खाता बन्द गर्छु भन्छौ र पो मन दुख्छ
हेर्दा ठिकै लाग्छ तर खै किन हो तन दुख्छ
भरोसाको त्यान्द्रो छोडें सृस्‍टि कर्ता उनैलाई
भाग्य भए भेट होला नत्र आफ्नो पन दुख्छ!!!***गोविन्द भाबुक
*****
गोविन्द अधिकारी
रचना; १२ मंसिर २०६८

गजल ६१ मनका धनि हुन्छन

गजल
मनका धनि हुन्छन यहाँ साहित्यमा लाग्ने मान्छे ,
सफलताको सिंढी चड्छन् बिहानीमा जाग्ने मान्छे|
~
जस्तो जस्तो कर्म गर्‍यो उस्तै फल मिल्छ यहाँ ,
जिन्दगी भर दु:ख पाउँछन सत्य सँग भाग्ने मान्छे|
~
संघर्स नै जीवन भनी सुख दु;ख नरोज्नाले ,
लाचार भै बाँचेका छन हात फैल्याइ माग्ने मान्छे|
~
नाम बिना परिचित छन् बिर्से पछि मानबता,
इज्जत बिना बाच्नु पर्छ दुनियालाई चाख्ने मान्छे|
~
अहंकार त्यागी जसले जीवन लाई नियाल्दछ
सम्मानित हुन्छ उही अरुको मान राख्ने मान्छे ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ६० सम्झियौ

झुपडी बाट महल तिर सरेको सम्झियौ
तिमीलाई एक्लो पारेर गंगा तरेको सम्झियौ ।
~
बाध्यता थियो म बिबस थिए भेट हुन सकेन
निस्ठुरी बनी त्यो दिल बाट झरेको सम्झियौ ।
~
दुखाउँछौ मन बगाउँदै आँशु परिवेस बदली
आँगन छाडि अर्कैको बाग चरेको सम्झियौ ।
~
लोलाउँथे आँखा टोलाउँ'थ्यो मन संझेर त्यो रुप
नबुझी मलाई धोकामा तिमी परेको सम्झियौ ।
~
चर्किन्छ छाती रसायो आँखा भक्कानो फुटेर
भाबुक बनि कठोर घात गरेको सम्झियौ ।
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५९ गजल लेख तिमी

गजल ~
देश भक्ती गुन्जाउने एउटा गजल लेख तिमी
धनि गरिब सबै लाई एकैनास देख तिमी ।
~
साहित्य हो तिम्रो जीवन गन्तब्यमा पुग्नु पर्छ
सहज रुपमा अघि बढ बाधा अड्चन छेक तिमी।
~
मनुस्यको रुप लिई मनुस्य भै बाच्ने भए
घमण्ड र अहंकार जीवन बाटै फेक तिमी ।
~
लागी पर सधैं तिमी नाम सँगै दिप बल्छ
हिंसा हैन कलम बोकी सहि बाटो टेक तिमी ।
~
अंग अंग दुख्न सक्छ कठोर तिम्रो निर्णयले
भाबुक सब्द भेला गरी दरिद्र्लाई सेक तिमी।
~
कल्पना भाबुक
काठमाडौं
हाल;इजारायल

मुक्तक

पाँच ; मुक्तक हरु.....
~
घरदेश सम्झिएर कैले फिरु हुन्छ आमा
सधैँ तिम्रो सम्झनाले मेरो मन रुन्छ आमा
कठै भन्ने कोहि हुन्न शैया माथि चढे पनि
तिमी जती माया गर्ने यो धर्तिमा कुन छ आमा?
~
मेरो भाग्य कस्तो बन्ला नियतिलाई चासो थियो
मसि भर्ने कलम भित्र पीडा बोक्ने आँशु थियो
लक्ष्य बिहिन यात्रा मेरो दौडि रह्यो भाग्य सँगै
एक मुठ्ठी श्वास मेरो आफैँ लाइ पासो थियो ।
~
टालाटुली बटुली झैँ सत्तामाथि खेल हुन्छ
भ्रस्ट अनी चाकडिको बिच बाटोमै मेल हुन्छ
यस्तै गरे एकादेशको कथा हुन सक्छ देश
बिकृतिको खोल ओढी न्याय माथि झेल हुन्छ।
~
आफु मात्र दुखेको देख्नछन यहाँ सबै
घाऊ माथि आगोले सेक्छन यहाँ सबै
हित गर्ने मित्राताको जमाना नै कहाँ रह्यो
हिड्न खोज्दा बाटो ढुकी छेक्छन यहाँ सबै।
~
हामी बाटै गल्ति हुन्छ माफ गर्न जान्नु पर्छ
मिठो बोली मायालु पन यसमै सर्न जान्नु पर्छ
समस्याले जन्माउछ सत्रु मित्रु सबलाई यहाँ
मन मिलाउने सब्द खोजि चर्न यहाँ जान्नु पर्छ|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गजल ५८ माया खोज्ने बहानामा

गजल
माया खोज्ने बहानामा भिर बाट नझर न|
एकान्त त्यो साथ रोजी धेरै याद नगर न|
~
मन भरि बेदना छ देख्छौ तिमी रिसाएको|
फकाउने बहानामा कर्के आँखा नतर न|
~
तिम्रो दुख भुलाउने मेरो एकै मुस्कान भए|
हाम्रो हित मित बनोस गुनासो चै नछर न|
~
साथ तिम्रो हात तिम्रो यो जिन्दगी तिम्रो नै हो|
सम्झनामा बसी देऊ दिलबाट नसर न|
~
उमेर छँदा बैस राम्रो माया झनै रस पूर्ण|
कल्कलाउँदो जोवन देखी भुतुक्क भै नमर न|

कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल

गजल ५७ भाइटीकामा

गजल
भाइटीकामा आउँन पाइन दोधारमा परी सम्झ
नफक्रिने फूल थिइ हाँगा बाट झरि सम्झ ।
*
म पनि त निस्ठुरी हुँ उसको मात्र दोष हैन
भनी मन बुझाउँदै सात समुन्द्र तरी सम्झ ।
*
एउटै रगत थियो हाम्रो चिन्न गल्ति गरेपछी
चेली माइती बिचको नाता छुटाराम गरी सम्झ ।
*
मखमलि फूल फुल्दा आँगनीमा भैली डुल्दा
प्रदेशमा आँशु खसाई अन्जुलिमा भरी सम्झ ।
*
सयौं जुनि बाँच तिमी आशिर्बाद दिएँ मैले
भार थिइ यो धर्तिको अर्कै लोक सरी सम्झ ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५६ साली हुनु अर्कै मज्जा ।

गजल:-
मायाँ गरी बोलाए त काली हुनु अर्कै मज्जा
एकलौटी भिनाजुकी साली हुनु अर्कै मज्जा ।
*
कष्टकर जीवन मात्र साथ लागि दिन्छ भने
जीवन सुलभ बनाउन जाली हुनु अर्कै मज्जा ।
*
नजर जुधाई वरिपरी बासनाले सुम्सुम्याउँदा
मायालु ओठ रंग्याउने लाली हुनु अर्कै मज्जा ।
*
हर क्षण हर मौसम खेतै भरी झुलिदिँदै
गरिबको पेट भर्ने बालि हुनु अर्कै मज्जा ।
*
भावनालाई पस्किएर सुन्दर रुप दिन सके
साहित्यिक माहोलको ताली हुनु अर्कै मज्जा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५५ खै फुलेको जिन्दगीमा

गजल
*
आश लाग्दो फूल बनी खै फुलेको जिन्दगीमा
मन पर्ने बाग बनी खै झुलेको जिन्दगीमा ।
*
स्वास फेर्नै गाह्रो भइ धड्कनले बोलाउँदा
सितल शान्त पवन बनी खै डुलेको जिन्दगीमा।
*
चट्टान झैँ कठोर बनी लत छाडी आइदिँदा
मायाँ अनी सदभावले खै चुलेको जिन्दगीमा ।
*
जिबन यो कैले सम्म प्रतिक्षामा राखौ मैले
खुल्ला निलो गगन सरी खै खुलेको जिन्दगीमा।
*
दुनियाँको आँखा सामु अंगालोमा बाँधिएर
प्रित बस्ने रंग संगै खै घुलेको जिन्दगीमा ।
*
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गजल ५४ दशैँ

गरिबको छाप्रो भित्र खै कसरी आउँछ दशैँ
दुख माथि आँशु थप्दै खै कसरी छाउँछ दशैँ
~
सन्तान भए परदेशी बा आमाको काख सुन्य
धुरु धुरु रुवाएर आँशु पिउँन लाउछ दशैँ
~
खशी बोका काटी काटी रमाउदै आगनीमा
माल्सिरिको धुन सँगै कस्तो गीत गाउँछ दशैँ
~
बर्सै पिच्छे चाडबाड हुनेलाई त स्वर्ग होला
गरिबको मुटु च्यात्न फेरी किन धाउँछ दशैँ
~
कल्पना गिरी (भाबुक)
काठमाडौं
हाल इजराएल

गजल ५३ बाबा आमा यो तीजमा

गजल
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
प्रबासमा आसुँ झारी दु:ख पीडा धुँदैछु म
दिदी बैनी संगै बसी खान पाइन नरुनु है ।
~~~
आँगनिमा साथी संगी नाँच्दै होलान रमाएर
गाउँ घर सम्झिएर गीत गाइन नरुनु है ।
~~~
दाजु लिन आए बरै मन खिन्न पार्नु होला
भनी दिनु यो चेलीले खुशी छाइन नरुनु है ।
~~~
बाँचे भने अर्को साल फर्की आउँछु खुशी लिई
सम्झनाले खायो मुटु कतै धाइन नरुनु है ।
~~~
बाबा आमा यो तीजमा छोरी आइन नरुनु है
रातो सारी चुरा पोते केही लाइन नरुनु है ।
~~~
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल ५२ सानु

गजल
~
मेरो निम्ति थोरै ठाउँ साँची देउन सानु
प्रियसीको मायाँ संझी बाँची देउन सानु।
~
पठाए'थें कोसेली त्यो स्विकार गर्छौ भनी
दोबाटोमा फेरियोकी जाँची देउन सानु।
~
संझनाले घोच्यो मुटु गाह्रो भयो बाँच्न
हाम्रो मायाँ छेक्ने बार भाँची देउन सानु ।
~
बर्सौं पछि भेट हुँदा मुस्कानले बेरी
खुशी भई उन्मादले नाँची देउन सानु ।
~
कल्पना गिरी
काठमाडौं
हाल; इजरायल

गीत

तीजका गीत ( पुरुष गायन )

महिला साथि हरुले अप्ठेरो नमान्नु होला मंरोरंजन मात्रै हो हो
तिजको रमाइलो हाहा

१ ..बर्षै पिच्छे तिज आँउदा चेलि जम्मा भएर !
गर्नु गरे रक्सि खाका गित गाएर !

२ .हामि पनि गाँउछौ अब सुन नारि तिम्रा गित !
तिम्रै खेदो नखनि त मरेननि धित !

३ .रुखो बोले भनि फेरी नभिजाए नयन !
अब तिम्रा चर्तिकला गर्छौ बयान !

४ मान्न छाडेउ रिति रिबाज पुराना ति संस्कृति !
नाङ्गै हिड्न थालेका छौ ल्याएउ बिकृति !

५ पुष माघमा मीनी स्कट के को हुन्थ्यो साडी झै !
बाङ्गा बाङ्गा खुट्टा बनाई लैना पाडी झै !

६ घरमा बुढो साचि राखि साथमा केटो लिएर !
खाका छौ भो लुकि लुकि रक्सी बियर !

७ घर देखि माईति सम्म फाटो ल्याउछौ कुरा लाई !
तिजमा उल्टा गित गाँउछौ साडि चुरा लाई !

८ नबारिमा धिरौला नत घरको सिरौला !
सक्छउ सबै हुन्छ हाम्लाई कहीले फीरौला !

९ दुई चार पैसा कमाउनिले भुईमा खुट्टा टेक्दैनौ !
त्यति भएसि अरुलाईत मान्छे देख्दैनौ !

मुक्तक हरु;.

मुक्तक हरु;.
१,
पर्खेर बस्दा बुढो भो छायाँ चौतारी मुनिको
पवन तैले भनी दे खबर कस्तो छ उनिको
न पाएँ साथ न रह्यो आश कस्तो भो जिन्दगी
जिउँदै मारी नलैजा प्राण पिरती हुनिको!!
२,
संघर्सको मैदानमा दु;ख सुख सबै आउँछन
परेलिमा सजाउँने आशा बोकी मायाँ लाउँछन्
सुन्दर शान्त तलाउ झैँ कहाँ हुन्छ जिन्दगानी
लुकाएका खुशिहरलाई आँशुले नै चिहाउँछन!!
३,
तिमीलाई मिलोस खुशी दु;ख म सहि दिन्छु
चोट लाग्दा तिमी रोए मल्हम म भई दिन्छु
थपेर आयु मेरो पनि सयौँ बर्ष बाँच तिमी
मरेर स्वर्ग पुग्नु तिमी म नर्क गई दिन्छु!!
४,
भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेट्छु भनी मनको तृष्णा अघि बढ्दा खेरी
अनायसै पाईला तिम्रो बाटो किन फेर्छन!!
५,
हाँस्नु बोल्नु मायाँ लाउँनु भावनाको गीत संझ
आँशु हाँसो मिलन बिछोड नियतिको रित संझ
दोभानमा भेट हुँदै छुट्टिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संझ!!
६,
किन रुँनु सब्द भित्र हाँसेर नै बोले हुन्छ
हृदयका पाना जती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेल संझ
थकाई र बेदनालाई एकै ठाउँमा पोले हुन्छ!!
७,
बसन्तमा पलाउन सिशिरमा झर्न सिक
हर्षका ति आँशु झार्न प्रतिक्षा नि गर्न सिक
अरुको त्यो खुशी हेर्दै बाँच्नु पर्ने दुनियाँमा
छितिजको लक्ष्य चुम्न जंघार त्यो तर्न सिक!!
~~
कल्पना भाबुक
काठमाडौ
हाल ; इजरायल

गीत;.मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है

गीत;.

मेरो जोवन लिलाम भयो तिम्रो खबर पाउँ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
राखी दिन्छु गुनासोका खात माथि खातहरु
हिमचुली झैँ चिसा भए कयौं मेरो रातहरु
प्यास लाग्दा आँशु पिउँथें तिम्रो माया मिसाउदै
प्राण धान्न टोक्दै हिंडे जंगलका पातहरु
~~
पाईला मेरा गली सके तिमी यतै धाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
निर्दयी छन् सबै यहाँ ममताको नाउँ छैन
दुखेको छ अंग अंग हेर्दा कतै घाउ छैन
तिमी बस्ने आँखा मात्रै सकुसल बाचेको छ
जहाँ हेर्छु तिमी मात्रै खाली कुनै ठाउँ छैन
~~
धेरै मिलोस् खुशी तिम्लाई सधैँ सुख पाऊ है
सपनीमै भए पनि मलाई भेट्न आऊ है
~~
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल,इजराएल

गजल ५१ सुस्त सुस्त आउँछु भन्थें

गजल
**
सुस्त सुस्त आउँछु भन्थें तर म त छिटो भैछु
भित्री मिठास भरिएको करेली झैं तितो भैछु।
**
भेल सरी तिम्रो मायाँ सम्हाल्न लाई गाह्रो हुदाँ
सग्लो सितो बन्छु भन्दा पाक्दा पाक्दै लिटो भैछु।
**
जव सुन्छु तिम्रो बोली बढ्न थाल्छ मनमा मायाँ
दुई दिनको बिछोडमा ज्यान सुकेर सिठो भैछु ।
**
जिजिबिसा घट्दै जाँदा चिन्ता झनै बढ्दै थियो
तिम्रो समिप परे पछी अल्लारे त्यो ठिटो भैछु।
**
मख्ख पार्दै बोल्यौ अनी खोली दियौ मनको ढोका
लिटो पिठो जे भएनी तिम्रो लागि मिठो भैछु।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

मुक्तक


भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेटु भनी इछ्याहरु तिमी तिर बढ्दा खेरि
तिम्रा भने पाइलाहरुले बाटो अन्तै फेर्छन

हास्नु बोल्नु माया लाउनु भावनाको गीत संझ
आँशु खुशी मिलन बिछोड नियतिको रित संझ
दोभानमा भेट हुदै छुटिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संझ |

किन रुनु सब्द भित्र हासेर नै बोले हुन्छ
हृदयका पानाजती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेला संझ
थकाइ र बेदनालाई एकै ठाउँमा पोले हुन्छ

बसन्तमा पलाउन सिसिरमा झर्न सिक
हर्सका आँशु झार्न प्रतिक्षा गर्न सिक
अरुको खुशी हेर्दै बाच्नु पर्ने दुनियामा
छितिजको लक्ष्य चुम्न समय सँगै सर्न सिक

कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल.

मुक्तक


पर्खेर बस्दा बुढो भो छायाँ चौतारी मुनिको
पवन तैले भनीदे खबर कस्तो छ उनीको
न पाए साथ न छुट्यो माया अध्कल्चो जिन्दगी
जिउदै मारी नलैजा प्राण पिरती हुनेको

संघर्सको मैदानमा दु;ख सुख सबै आउछन
हत्केलाका ठेला देखि ठेशहरुले माया लाउछन
सुन्दर शान्त तलाउ झैँ कहाँ हुन्छ जिन्दगानी
लुकाएका खुशिलाई आँशुहरुले चिहाउछन!!

तिमीलाई मिलोस् खुशी धेरै दु;ख म सहि दिन्छु
चोट लागि तिमी रुए मलम म भई दिन्छु
थपेर मेरो पनि आयु सयौँ बर्ष बाच तिमी
मरे स्वोर्ग बासहोस् तिम्रो म नर्क गाइ दिन्छु


कल्पना गिरी भाबुक
काठमाडौँ

मुक्तक

चाहनाको आगमनले प्रबाश भयो जिन्दगि,
आफन्त र आफ्नोपनको आभास भयो जिन्दगी,
अन्तर मनका पीडा भाब आदानप्रदान गर्दै जादा,
भावनात्मक साइनो बाट उपहास भयो जिन्दगी ||

गजल (५०) संम्हालेर राखें फूल

गजल

~
संम्हालेर राखें फूल ओइलिएर झर्‍यो,
तिम्रो बाटो हेर्दा हेर्दै आधा बैंश मर्‍यो।
~
पिरतीमा सुख्खा लाग्यो उजाडियो यौवन,
आशा मात्रै देखाई रह्यौ मेरो बोली टर्‍यो।
~
माया गर्छु साथै मर्छु भन्दै हत्ते गर्‍थ्यौ,
सहयात्री बन्छु भन्ने मन कता सर्‍यो।
~
भलो चाहें सधैँ तिम्रो पूजा गरि रहें,
चाहनाको खात माथि फेरी घात पर्‍यो|
~
खुशी पार लागे मेरा तिम्ले बार हाल्यौ,
कोमल तिम्रा भाबनाले आज सागर तर्‍यो।
~
कल्पनामा डुब्छु सधैँ भोलि कस्तो होला,
भाविले नै भाबुक माथि यस्तो जाल गर्‍यो|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

गीत;आएनौ तिमी जीवनमा फर्केर।

गीत

~

नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
अँधेरी रातको एकान्त पनले तिम्रो याद दिलाउँछ
लाग्दामा तिर्खा यो प्यास मेट्न यै आसुँ पिलाउँछ
बल्दछ आगो पोलेर मुटु फुट्ने भो चर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
आकाश माथि परेवी उड्छे पखेटा फिजाउँदै
बित्ने भो जोवन कल्पेर बस्दा परेली भिजाउँदै
भोलिको दिन सम्झेर ल्याउदा मन रुन्छ धर्केर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
नमारी आशा संगाली बसें उज्यालो पर्खेर
अस्तायो खुशी आएनौ तिमी जीवनमा फर्केर।
~
कल्पना भाबुक
काठमाडौं

गजल (४९) खुशीको सुसेली

खुशीको  सुसेली सुनेरै रमाएँ 
मितेरी हितैको चुनेरै  रमाएँ 

दिलैमा बसेछौ लगाई सुराकी
परेली   भिजेका थुनेरै रमाएँ 

तिमीछौ अगी जो लजायो जवानी 
छुटेको  मजेत्रो  बुनेरै  रमाएँ 

मनैले मनायौ  लजाई पनैमा
सुनौलो बिहानी कुरेरै   रमाएँ 

 लय छन्दः भुजङ्गप्रयात
१२२ १२२ १२२ १२२
iss iss iss iss

 कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल; इजराएल

मुक्तक

पछाडी फर्केर हैन देशलाई अगाडी बढेर हेर
ईतिहास जिउदैछ गोर्खालीको एक पटक पढेर हेर
कति पुस्ता बित्छन डलरमा आखिर नेपालि नै त हो
तिमीले खाने र पढ्ने अक्षेरमा एक पटक गढेर हेर

मुक्तक

हसिलो त्यो मुहारमा किन आँशु झार्यौ भन
सहयात्री बन्छु भन्दा किन बाटो बार्यौ भन
तिम्रा लागि चन्द्र टिप्छु तिमी जीवन भन्थ्यौ
साहसिलो मन थियो किन आज मार्यौं भन

गजल (४८) गजलले,

गजल
दुखियाको आत्मकथा बोल्छ गजलले,
मन भित्रको पिरव्यथा खोल्छ गजलले |

श्रीखण्डको रुप हो यो बुझ्न सक्नु पर्छ,
जिन्दगीमा मिठो रङ्ग घोल्छ गजलले |

लेख्ने मात्र प्रयास गरे जीवन सुगम बन्छ,
बिग्रिएको दिमाग लाई टोल्छ गजलले |

खोट,गाली गलौजमा जसको मन रम्छ,
तिनका लागि दुख्छ अनि पोल्छ गजलले |
कल्पना गिरी(भाबुक)

गीत

गीत

***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले  सास फेरिरहेँ ।
***
दिन बित्यो महिना बित्यो बिते धेरै सालहरु
जम्मा गरे यी आँशुका हुन्थे कति तालहरु
याद आउँदा तिम्रो तस्बिर अंगालोमा बेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
*** 
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
रंग फेर्‍यो बसन्तले बर्षात लाई बोलाउँदै
थाके आँखा तिम्रै बाटो हेरी हेरी टोलाउँदै
सम्झनामा तिम्रो चित्र मस्तिस्कमा केरिरहेँ 
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ ।
***
पल पल तड्पिएर तिम्रो बाटो हेरिरहेँ ।
हाम्रो मायाँ बचाई राख्न मैंले सास फेरिरहेँ । 
***
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

***गजल*** (४७) पाएँ

***गजल***
~~
भाग्य मेरो यस्तै रहेछ आफ्नै बाट घात  पाएँ
न्यानो मिठो मायाँ खोज्दा पीडा दायी हात पाएँ।
~~
आशा बोकी आउँथ्यो बिहान रहर् संगै साँझ पर्थ्यो  
बदलामा आँशु संगै निस्सासिदो  रात पाएँ ।
~~
रंगि चंगी बगैंचामा नाना थरी फूल  थिए
थुंगा टिपी सजाउँ भन्दा ओइलिएको पात पाएँ । 
~~
भावनाका लहर संगै गगन चुम्ने इच्छ्या मेरो
पंक्षि बनी उडुँ भन्दा मनुस्यको जात पाएँ ।
~~
कल्पनामा डुब्छु  सधैं हेर्दा हेर्दै फूल्यो जीवन          
आँशु  लुकाई हाँस्न खोज्दा चोटै  चोट्को खात पाएँ । 
~~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गीत

गीत
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें  परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।

कल्पना भाबुक
इजरायल      

गीत


खोलेको थिएँ हृदय मेरो तिमीले लुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ।
~~
जुन तारा बनी बसौंला भनी खुशीले टोलाउँथें
पर्देशी मायाँ भएनी तिम्लाई निदमै बोलाउँथें
दुख्यो कि मन बिछोड हुँदा किन शिर झुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ ।
~~
खोजेको थियो तनले साथ पिरती मनले
गरीब थिएँ छेकेछ बाटो त्यो तिम्रो धनले
बगेको थियो नदी झैं मन कसरी रुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ 
~~
कल्पना भाबुक
रचना ; २८/२/२०६८  

गजल (४६) ढोका खुल्लै राखेको थें

ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी  खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै  हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल (४५) आउँदैछु

हजारौ भिड्मा त्यो तिम्रो रुप चुनेर आउँदैछु
प्रियसी तिम्रो धड्कनको पुकार सुनेर आउँदैछु
~
बिछोडका दिन भुलेर हामी सङ्सगै रमाउँला
आँशुको थोपा आँखाको तालमा थुनेर आउँदैछु
~
प्रेमको दियो बालेर सधैँ पर्खियौ मायाले
मिलनको सुन्दर सपना मनमा बुनेर आउँदैछु
~
बिछोड भइ च्यातियो मन दु;खलाइ सहँदा
प्रेमको बास  जतन गरी तुनेर  आउँदैछु
~
आँखाको आँशु पुछेर अब् हँसाउछु सधैलाई
खुशीलाई डाकी दु;खलाई झिरमा उनेर आउँदैछु
~
भविस्य हाम्रो सुनौलो पार्न पुकारी देबलाई
भोलिको लागि योजना सुन्दर गुनेर आउँदैछु ,

गजल ४४ संबिधान लेख्ने मिती

संबिधान लेख्ने मिती फेरी पनि सार्न थाल्यौ
देशलाई  अन्योलको जाल  भित्र  पार्न  थाल्यौ
,,
आफन्तलाई गुमाउनेको ओभाएका छैनन् आँखा
शान्तिकामी जनताको आशा फेरी मार्न थाल्यौ
,,
जाति भेद मेट्नु थियो नयाँ रेखा कोर्ने भयौ
एकताको उचो शिर फेरी तल झार्न थाल्यौ
,,
सबैलाई प्यारो सत्ता खोसीदिने डर सधैँ
संबिधान लेख्ने बेला आफ्नै  कुर्सी बार्न थाल्यौ
,,
श्रमजिबी जनताको आउने डर छ आधीबेरी
आफ्ना साखा संतानलाइ  बैतरणी तार्न थाल्यौ
,,
बाचा बन्धन पुरा गर्ने ह्रास भयो नैतिकता
नारीहरुको अधिकार दिने भन्दै टार्न  थाल्यौ 
,,
सहिदको बलिदान जाने होकी तेसै खेर
राजनिती जुवा भयो गणतन्त्र हार्न थाल्यौ
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

मुक्तक हरु

स्वर्ग जस्तो सुन्दर देश टुक्रा टुक्रा पार्ने भयौ
एकताको भावनालाई फेरी अब मार्ने भयौ
जाती जाती लड्न थाले बाँकि के पो रहला र
नेपाल यो नाम अब ईतिहासमा सार्ने भयौ
,,
घाम पानी छल्न मात्र सबैलाई छाता प्यारो
रगतको नाता भन्दा भावनाको साथ प्यारो
बिना स्वार्थ एकै पाईलो सर्दैन की जिन्दगीको
सबैलाई सधैँ लाग्छ माया दिने जात प्यारो
,,
तिमीले दिएका हरेक दु;ख सहन सक्छु म
जस्तो सुकै हालतमा पनि जिउँन सक्छु म
त्यो मनले मान्छ भने बिष बोकी आऊ
हाँसी हाँसी तिम्रो सामु पिउँन सक्छु म
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल (इजराएल)

मुक्तकहरु ...

छेउको सियो माझतिर सर्नेछ एकदिन
गरिबको दु;ख् दर्द टर्नेछ एकदिन
बुद्ध जन्मिएको देश हरेस खान हुन्न
शान्ति  दिप जली क्रान्ति मर्नेछ एकदिन
,,
एउटै गाउँमा बस्थ्यौँ हामी हाम्रो एउटै जात थियो
चिठ्ठी लेख्थे दिनमा एउटा दिने अर्कै हात थियो
तिम्रो बाटो हेरिकन मेरो जुनी बित्यो कान्छा
कम्जोर पारि मलाई मार्ने तिम्रो माया घात थियो
,,
सिंगै मुटु दिएको थे टुक्रा पार भन्यौ
दिल भित्र राखेको थे तल झार भन्यौ
समय त उस्तै रैछ मात्र तिमी फेरीएछौ
भेट हुदाँ बाच्ने इछ्या सबै मार भन्यौ
,,
समिपमा तिम्रो म छु देखेनौ नि कान्छा
बर्षौ टाढा हुदाँ चिठ्ठी लेखेनौ नि कान्छा
अमर नाता जीन्दगीको छुटाऊदिन भन्थ्यौ
एउटै थुँगा पिरतीको फेकेनौ नि कान्छा
,,
कल्पना गिरी (भाबुक)
काठमाडौँ हाल इजराएल

मुक्तक हरु,,

मुटु भित्र राख्न मैले भुल गरेछु
बिझ्यौ तिमी काँडा बनि फूल परेछु
याद मात्र हैन अब साथ पनि लैजाऊ
तिम्रो जीवन पार गर्ने पुल परेछु
,,
रुँदा रुदै अलिकती हाँसो  मेरो देखिएछ
हाँस्दा हाँस्दै क्षण भर्मै आँशु पनि पोखिएछ
खै कसरी पुरा गरौ अधुरो यो जिन्दगीलाई
आभागी यो भाग्य मेरो कुन मितीमा लेखिएछ
 ,,
धेरै सँहे घाम पानी बादल बनि छाउँछौ की त?
सहयात्री बनि मेरो जिन्दगीमा आउँछौ की त?
मुटु भित्र तिम्रो याद पल पल धड्की दिन्छ
प्रस्ताब राखे जीबन साट्ने अब माया लाउछौ की त ?
,,
चाहेरनि प्रिये तिम्रो हुँन सकिन
आँशु बगाइ बेदना धुन सकिन
टोलाएरै रात बित्छ तिम्रो सम्झनामा
आएर त्यो अङालोमा रुन सकिन
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल (४३ ) आँशु बोकी आँखा भित्र

आँशु बोकी आँखा भित्र हास्नु पर्छ साथी
आत्मबल देखाउँदै बाँच्नु पर्छ साथी

दिन पछी रात फेरी झुल्के घाम आउँछ
तेसै गरी पीर बेथा लास्नु पर्छ साथि

स्वार्थ रैछ संसार भनी स्वार्थ बनि आफैँ
भावनाको चोखो नाता गाँस्नु पर्छ साथी

बिस्वासमा अड्छ संसार बुझ्न जान्नु पर्छ
रुखो माया मैन बनाई टास्नु पर्छ साथी

सकारात्मक सोच बोकी बढे पछी अघी
असत्यलाई जरै बाट मास्नु पर्छ साथी

गजल (४२ ) माया मर्दैन

कोशेली त्यो फिर्ता गर्दा चोखो माया मर्दैन भो,
भाबनामा बहन्छ मन तर सागर तर्दैन भो,,

लुकी छिपी बस्छ माया रङ्ग फेर्छ जिन्दगीले
शिशिरमा पात झर्ला तर जोश झर्दैन भो,,

नाता जोडे घर बन्छ मिल्छ खुशी घरमा नै
बसाइ सार्न सजिलो छ तर मन सर्दैन भो,,

बुझ्न जाने जीवन पनि अनमोल रत्न होरे
माया बोकी छेऊ आउदा आतिनु चै पर्दैन भो,,

उज्यालो छ संसार हेर भित्रि आँखा खोल्नु पर्छ
हिम्मत जोडी लाको माया कहिलेनी डर्दैन भो

गजल (४१) भयो जिन्दगी

उमेर छदाँ सबै चढ्ने कार भयो जिन्दगी
उमेर गयो आफैँलाइ भार भयो जिन्दगी
************************
कमाएर दिन सक्ने बल बुद्धि घटेर
फाल्नु पर्ने चुँडिएको तार भयो जिन्दगी
************************
जन्म लिए नया सोच अनि नया शैलीले
अर्थहीन बिचारको सार भयो जिन्दगी
************************
सन्तानलाई सुख दिन कति बाधा चिरिए
दाँत सबै झरी भुत्ते धार भयो जिन्दगी
************************
चाउरिई छाला साथ छोडे सबै अङ्गले
ढल्यो उमेर आफैँलाई बेकार भयो जिन्दगी
*************************
जिजीविषा घटे पनि मरी जाऊँ नलाग्ने
काल रूपी बैरीसँग हार भयो जिन्दगी ।
******************************
रोग शोक बढ्दै गए घट्दै गए चाहना
सबैलाई छिछि भो धिक्कार भयो जिन्दगी

कल्पना गिरी {भाबुक}

गजल (४०) बग्न खोज्ने आँशु

बग्न खोज्ने आँशु पनि परेली मै साँच्नु पर्यो
मनभरी पिर बोकी ओठ खोलि हाँस्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~
परिस्थिती  तेस्तै बनि परदेशी हुनुपर्दा
आफन्तको माया बाट टाढा भई बाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~
नियतीको ऊपजले परिवेश कोल्टे फेर्दा
ताल बिना बेसुर मै आज याहाँ नाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
पीडाहरु छल्किएर आँखा बाट झरि दिदाँ
सम्पतिको लागि मन सयौँ पटक् भाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
जती अघि बढे पनि समस्याको खात लाग्दा
कठोर बनि बेला बखत् मन पनि ताछ्नु  पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
भविष्यको आधी सँग आजै बाट जुध्नु पर्दा
समस्याको भार थेग्न कति हाँगा  लाछ्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

साहित्यमा **{३८}

नाम नपाए के भयो र,  माया गर्छु साहित्यलाइ
ठाम नपाए के भयो र,   मनमा पड्छु साहित्यलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~
उपयुक्त  ठान्दिन म,    अघि सर्दै चिनाउन
दाम नपाए के भयो र,  शब्द भर्छु साहित्यलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~
सत्य के हो दृष्टि मा नै,  भर पर्छ संसार यो
राम नपाए के भयो र,  पूज्य पार्छु साहित्यलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~
झरी बादल बर्षातमा ,  टुसाउँछन्  बिचार पनि
घाम नपाए के भयो र,  दिप मै सार्छु साहित्यलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~
सुम्पेर यो जिन्दगि म,  रहर पुरा गरी छाड्छु
काम नपाए के भयो र,  सागर तार्छु साहित्यलाई
~~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
~~~~~~~~~

प्रति उत्तर गजल *****{३९}

लुटुन् जेली हेरी बस्यौ का भगाऊछौ  अहिले??
खाइवरी पचि सक्यो के बकाऊछौ अहिले ??
******************************
भतुवा झैँ पछी लाग्यौ कौडीमा रयाल काडेउ
नपाएछी जुटौ भन्छौ के जगाऊछौ अहिले??
*****************************
आन्दोलनमा अघि सह्रेउ अन्ध भक्त बनि
कानुन जती हाम्रो हातमा के लगाऊछौ अहिले??
*****************************
शान्ति फाली क्रान्ति मात्र गर्न जान्ने तिमी
अन्याए कै साथ दिन्छौ के नगाऊछौ  अहिले??
*****************************
घुस दिन टेबल माथि हात फैलाई आयौ
पैसा मेरो मुठीमा छ के सघाऊछौ अहिले??

कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गीत~~~~भित्रीमन कस्तो छ

अँधेरी खोलाको उजेली ढुङ्गा दर्पण जस्तो छ ।
बाहिरी मन हेर्दा भगवान जस्तो,भित्रीमन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कास्मिरी सुट त्यो मुनी बुट हातमा घडी छ ।
गलाको टाइले सुहाउने उस्तै चार कुने बडी छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
कालो छ कपाल ,सल्सले केस सिउँदो छ फाटेको ।
नसालु आँखा मिलेका दन्त किन हो हासेकों ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~~
नहेर मलाइ परेली सन्काइ मनमुग्द भेसमा ।
नघुमाउ नजर नगर लोभ पराइको देशमा ।।
~~~~~~~~~~~~~~~~~~~~~~~
अँधेरी खोलाको उजेली ढुङ्गा दर्पण जस्तो छ ।
बाहिरी मन हेर्दा भगवान जस्तो भित्री मन कस्तो छ ।।
~~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पमना गिरी (भाबुक)
काठमाडौँ
हाल इजराएल  

केहि मुक्तक थुँगाहरु*****

घामले सुक्ने कर्कलो पाते पानी भो जीन्दगी
नसामा डुबी झुलेर बस्ने बानि भो जीन्दगी
निभाई दियौ प्रेमको दियो याद आउन छाडेनौ
सम्झना तिम्रो गर्दैमा मेरो जानी भो जीन्दगी
~~~~~~~~~~~~~~~~~~~~~~

पहिलो भेटमै किन होला छुटिनलाई गाह्रो भयो
पलभरको बोलिचाली कति चाडै प्यारो भयो  
क्षण भरमै छितिज सरि फेरी कति टाढा भयौ
एक नजरमै बस्यो  माया बिर्सनलाई साह्रो भयो
~~~~~~~~~~~~~~~~~~~~~~

मायालु त्यो इस्पर्सलाई म कसरि भुल्न सक्छु
तिम्रो बाग छाडी अन्तै म कसरि फुल्न सक्छु
सम्झनाको तरेलीमा सधैँ पौडी खेल्छ यो मन
अर्कै फूलमा भमरा झैँ म कसरि डुल्न सक्छु
~~~~~~~~~~~~~~~~~~~~~

कल्पना गिरी (भाबुक )
काठमाडौँ
हाल इजराएल

गजल~~~गाह्रो हुन्छ (३७)

जोसुकैलाई जवानी त्यो लुटाउन गाह्रो हुन्छ
बसे पछि माया फेरी छुटाउन गाह्रो हुन्छ
~~~~~~~~~~~~~~~~~~~~~~~
दुवै तन जोडी दिने पिरतीको डोरीलाई
बाटे पछि दुवै मनले चुटाउन गाह्रो हुन्छ
~~~~~~~~~~~~~~~~~~~~~~~
शंका बोकी मनभित्र हिड्नु हुन्न प्रेमीहरु
दुखे पछि  दुवै मन जुटाउन गाह्रो हुन्छ
~~~~~~~~~~~~~~~~~~~~~~~
साँचो प्रेम चट्टान भै  रहे पछि दिल भित्र
गडे पछि  प्रेम शिला फुटाउन गाह्रो हुन्छ
~~~~~~~~~~~~~~~~~~~~~~~
रुप रंग उच्च निच केहि हुन्न प्रेम भित्र
मिले पछि आत्माहरु टुटाउन गाह्रो हुन्छ
~~

गजल ***पारि जाउँकी वारि बसौ (३६)

पारी जाँउकी वारी बसौँ दोधारैमा पारिदियौ
कल्पित् मेरा भाबनालाई मनै भित्र मारिदियौ
===============================
सुस्त सुस्त मेरा पाइला लक्ष्यतिर बढ्दै थिए
तिमी सम्म पुग्नै लाग्दा पातालमै झारिदियौ
==============================
मेरो दृष्टी तिमी बाहेक अन्त कतै डुलाइन
तिम्रो मन फेरी अन्तै किन बसाइ सारिदियौ
==============================
सँगै यात्रा गर्दै जाँदा   जंघारमा  पुगे पछि
किनारैमा छाडि मलाई अर्कैलाई तारिदियौ
============================
तिम्रो मिठो बचनमा मँ त सधैं भुलीरहेँ
अरु सँगै रमाएर बोलिलेनै  टारिदियौ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल*** मरे भने (३५)

प्रदेशमा मरे भने  बिलाप् गर्दै नरुनु  है
एक्लो यात्रा गर्नुपर्दा कम्जोर पनि नहुनु है


फकाएर फसाउलान् तिमी एक्लो हुदाँखेरि
बेसुरमा परि तिमी तिन्का कुरा नसुन्नु है


लाउनु तिमी चुरापोते सिंदुर र टिका पनि
अशुभ् भनि कोहि आए सेतो पैरन् नचुन्नु है


सहन्सिल बन्नु तिमी सुशिल र शान्त प्रिय
आँसु खसाई तस्बिर माथि पानीले झैँ नधुनु है


बनिदेऊ उदाहरण समाजमा नौलो तिमी
मैले दिने  उपदेश्का सब्द बाणी नभुल्नु है

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

मुक्तक***

सिमसिम पानी बर्सिदिने बर्साद होकी जीन्दगानी?
मन्दिर बाट चाख्न देको पर्साद होकी जीन्दगानी?
दु;ख,अनि बेदना संग संगै वोइरो लाग्छन
झुपडीमा जन्म लिनु बर्बाद होकी जीन्दगानी ..... ??

गीत ~~~ देश

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

स्वर्ग जस्तो देश छाडि हिडे सम्मान लुटाउन
संघर्स हो जीवन भन्दै थाले  दु;ख फुटाउन
जान्न अब बस्छु  आफ्नै देशको माया गरी
पराईको  आँखा अघि  हुन्न अब कठैबरी

झुपडी मै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

हलो कुटो कोदालोमा किसान बनि रम्न सकु
गरिबीमा पेट भर्ने अन्न बनि झर्न सकु
माया गर्दै बस्छु  अब फुलाउदै अफ्नो छाती
सगरमाथा देश भनि गर्व गर्छु आफै माथि

झुपडीमै रमी दिन्छु बस्छु साथमा रमाएर
पसिनाको बुद रोप्छु देशको माटो समाएर

कल्पना गिरी भाबुक
काठमाडौँ
हाल इस्राएल

केहि मुक्तक थुँगा हरु

(1)
सुख दु;ख जीन्दगी हो यसरी नै बाच्न सिक
लुकाएर  पिर व्यथा ओठ खोलि हाँस्न सिक
भावनाका फूलहरु क्षण भरमै  ओइली झर्छन
कठोर बनि आसुँ हरु आँखा भित्र साँच्न सिक

(2)
स्मृतिका पाना भरी तिम्रै नाम लेख्न पाए
हर रात सपनिमा तिमीलाई देख्न पाए
भेटिन्थ्यो कि बाच्ने आधार मेटिदिने तिर्खा
दुवै मन मिलाएर साथ राखी सेक्न पाए

(3)
त्यो मन बाट मैले बसाई अन्त कतै सारे भने
फूल्न खोज्ने  चाहना लाई कोपिलामै झारे भने
निस्ठुरीको नाम दिनु पश्चाताप को आँसु संगै
प्रेमिल तिम्रो भाबनालाई बिश्वासघातले मारे भने

(4)
आफ्नो भन्छन रगतको नाता नाताले मारेको देखे
स्नेहको  सद्भभाब छैन सब्द  हरुले बारेको  देखे
मानबरुपी दानब हरुको बास याहाँ बढेपछी
अशान्तिको बिजय हुदाँ बुद्धले  हारेको देखे

(5)
हिजो आज तिम्रो मेरो एउटै घरमा बास छ
तिम्ले हुन्न भनेपनि मलाई तिम्रै आश छ
तिर्खाएको यौबनले केवल तिम्रो साथ रोज्यो
दुइटा मुटु यौटै हुने समयको आभास छ

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल 

गजल~~~~ आज तिम्रो जन्म दिन.(३४)

आज तिम्रो जन्मदिन के नै दिन सक्छु छोरा,
सुख सान्ति मिलोस् भनि देबतानै भाक्छु छोरा

बाध्यताले छोडी आए  तिम्रै लागि पर्देसमा
तिम्रो जीवन सुखी पार्न रातभरी जाग्छु छोरा

निस्वार्थ छ माया मेरो आमा हुदाँ गर्व गर्छु
तिम्रो ओठ्मा हासो ल्याउन दुखि डाडा नाग्छु छोरा

यो बिरानो मुलुकमा तिम्रै माया साथ राखी
आसिर्बाद्का सब्दहरु तिम्रै शिरमा राक्छु छोरा

बसन्तका लहरहरु सातौ पार गरि सक्यौ
सयौ वर्ष बाँच तिमी मत यहि माग्छु छोरा

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल

गजल~~~किन ? (३३)


  


जुनिभरी साथ दिने बाचा किन तोडी दियौ?
समाएर हात मेरो फेरी किन छोडी दियौ?

खुशियाली समेटेर गर्दै थियौ संगै यात्रा
आधा बाटो पुगी अन्तै यात्रा किन मोडी दियौ?

प्रिती फूल्ने डाली हाम्रो कोपिलामै निमोठेर
रमाएर अर्को संग नाता किन जोडी दियौ?

समेटेर पिरती यो जतनले राख्छु भन्दा
तिम्रा लागि धड्की दिने मुटु किन फोडी दियौ?

पिरतिको फलफूल फलाउने धोको मेरो
लत्याएर बागबाणी झाडी किन गोडी दियौ?

बेहुलीको स्रीन्गारले सजाउँने धोको मेरो
मलाई छाडी पराईको घुम्टो किन ओढी दियौ?
    
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~दिन्छु तिमीलाई (३२)


यौवनको उन्मादिलो मात दिन्छु तिमीलाई
बासनाले भरिएको रात दिन्छु तिमीलाई

मात्र तिर्खा भरिएको ज्यान लिई आऊ सानु
प्यासहरू मेटिदिने आत दिन्छु तिमीलाई

अटुट नाता जोडीदिने बाचा लिई आऊ सानु
जुनिभरी बाधी राख्ने जात दिन्छु तिमीलाई

निराशाको सुस्केरामा कति रात काट्छौ सानु
पिरतीको रस भरी बात दिन्छु तिमीलाई

दु;ख पीडा जीन्दगीको पन्छाएर आऊ सानु
खुशियाली बहारको खात दिन्छु तिमीलाई

जीबन यो भार संझी चिन्ता गर्न छाड सानु
जुनिभरी साहाराको  हात दिन्छु तिमीलाई
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~~~जल्छ भने (३१)


तिम्रो सामु म उभिदा इमान ढल्छ भने
बस्ति छाडी हिडीदिन्छु दियो बल्छ भने

जुन तारा झुटा भए नसकेर चिन्न
बिर्सिदेउ माया गर्न आत्मा जल्छ भने

यात्रा थियो शिखर चुम्ने बटुलेर आट
मुर्ती बनि बस अब पाऊ गल्छ भने

अध्यारोमा जताततै हान्न थालेउ झट्टी
नल गोडी पानी हाल आशा फल्छ भने

दुष्ट संझी पर सारेऊ नमिलाई हात
मियों बिनै दाई गर जीवन् चल्छ भने
  
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल ~~~अधेरिमा (३०)

अँधेरीमा रमेकै थेँ जुन बनि छायौ
गोधुलीमा अस्ताउन झुटो माया लायौ


छिया छिया भको छाती दुखिराछ अझै
मलम् बनि भित्रभित्रै चस्का हान्न धायौ


ज्वालामुखी चलाएर पोलिदियौ आशा
झुटो बोली चिप्लो दल्दै फेरी मुख बायौ


आँसु खुशी सुख दु;ख हाम्रो साझा भन्दै
मन भित्र कपट राखी प्रिती गीत गायौ


आखिरीमा छोडि जाने रैछौ जाली तिमी
माया गर्ने बाहनामा सुस्तसुस्त आयौ


कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल~~ लिई आऊ (२९)

जवानीको नसा चढ्यो मात लिई आऊ  l
लजाउँदै बोली दिने बात लिई आऊ ll


चादनीले घुम्टो खोल्दै चिहाउन लागिन l
चाहनामा नछुटिने साथ लिई आऊ ll


प्रभातमा लाली छर्दै बोलाउँछिन उषा l
बहानामा नबिउँझने रात लिई आऊ ll


अंग अंग बिझाउँछ्न तड्पी बस्नु पर्दा l
सिमलको भुवा जस्तै  हात लिई आऊ ll


नस्वीकार्दा  समाजले हेला हुन्छौं कि त l
भावनाको नाम दिने जात लिई आऊ  ll

कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

गजल= पाएकी छु (२८)

दिमाग पुरै हल्लाउने काम पाएकी छु
जसोतसो जीवन धान्ने दाम पाएकी छु

बिदेस भनि गर्व गर्छन  सबै नेपालमा
कत्ति प्यारो सुसारेको नाम पाएकी छु

नत टुङ्गो बोलीको छ सुन्य हुन्छ माया
छाक टार्न आधा पेट माम पाएकी छु

परिश्रम नै प्यारो सम्झी  दु;ख गर्छु भन्दा
पीडा नभई मुटु पोल्ने घाम पाएकी छु

पुस्तिकाका  साथी भाई आफ्नै सम्झिएर
मनको बह हल्का गर्ने ठाम पाएकी छु

कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल


गजल~~~छितिज पारि (२७)

क्षितिज पारि टाढाथिएँ मारेछौ नि आश ।
पराई लाई मुटुभित्र दिएछौ नि बास।।


नसालु ति नजरले पराईलाई  तानी।
मिलनको सुन्दर सपना पारेछौ नि नास।।


चन्चल् मन बाधिराख्न नसकेर होला।
जुनभन्दा घाम झनै देखेछौ नि खास।।


सस्कार अनि नैतिकताको बन्धनलाइ तोडि।
हाम्रो सुन्दर परिवार नै गरेछौ नि  ह्रास।।


मुटु भित्र धड्की दिने बाचा लाइ तोडी।
धड्कनको साथ छोडि रोकेछौ नि सास।।

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~~तिमी भए (२६)

साथ दिने तिमी भए दुनिया नै भुलिदिन्थेँ
नजरमा तिमी भए दृष्टि बनी खुलिदिन्थेँ

वैलिएर झर्न नपाई शीरमाथि सजाउन
लाइदिने तिमी भए डालीविनै फुलिदिन्थेँ

हत्केलामा माया राखी केशराशि सुम्सुम्याउन
काख दिने तिमी भए सधैँभरि झुलिदिन्थेँ

सृष्टिलाई रङ्गीन फूल सिर्जिएर छाडिराख्न
मिसिएर तिमीसँग रङ्गसरि घुलिदिन्थेँ

पग्लिएर नदी भई सागरसम्म पुग्नुभन्दा
बादलझै उड्दै आए हिमाल भै चुलिदिन्थे

कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~कल्पना 'भाबुक ' र देवी प्रसाद ढुंगाना बीच दोहोरि (२५)

देवी प्रसाद ढुंगाना--------------->>>>- कल्पना गिरि "भाबुक"

दुख मा नि रुन्चे हाँसो हाँस्नै पर्यो अब          प्रगति को मुल भेट्न शिखर चड्नै पर्छ
मृत्यु लाई साँची राखी बाँच्नै पर्यो अब    =    संघर्ष  का डांडाहरु काट्नै पर्यो अब

जीवन हो रे सुख दुख खहरे को बाढी              बानि पर्यो भत्ता खाने घुम्ने कुर्शी माथि
समुन्द्रको पानि जै सो नाँच्नै पर्यो अब     =    फेरी पनि झुक्याएर ढाट्नै पर्यो अब

नशा हो रे जिन्दगि यो प्याला धेरै थोरै            बेहोसीमा बाच्ने यहाँ धेरै देखे मैले
बीच सडक ढल्ने गरि मात्नै पर्यो अब         =    घाम दिन किरण बनि फाट्नै पर्यो अब

यमराजले लान्छ अरे पुर्याएर मिति                बिश्वाश हुन्न अरे यहाँ जग  स्वार्थी छरे
काल सँग अटुट नाता गाँस्नै पर्यो अब        =    भरोसा पो कसलाई गर्ने जाँच्नै पर्यो अब

छैन रै छ ठाउँ यहाँ इमानदारी लाई                  कत्ति रुनु सधै भरि बगाएर आँशु
इमान जमान मनमा भ'का मास्नै पर्यो अब  =   सच्चा मित्र भेटे मैले हाँस्नै पर्यो अब

दुख सुख दुई पाटा जिन्दगीका उस्तै                 यस्तै खुशी लिई आऊ बेला बखत तिमि
सुख खोज्न दुखि पाटो ताछ्नै पर्यो अब        =   मित्रताको गित गाइ  नाँच्नै पर्यो अब

प्रतिक्षाको भोलि खोज्दा पाइन्छ र कहाँ        =    चित्कार सँगै डर्ने हरु धेरै देखि सके
भोलि हेर्न थोरै आशा सांच्नै पर्यो अब                अशान्तिमा  शान्ति ध्वनि  बास्नै पर्यो अब

संयुक्त गजल लेखनमा कल्पना भावुक र स्वप्निल नीरव (२४)

फेसबुकको भेटले मात्रै तिर्सनानै मेटिएन
सपनीमा देख्छु मात्र बिपनीमा भेटिएन (स्वप्निल)

तिमी पुर्व म त पश्चिम दूरी हाम्रो धेरै टाढा
दुई मनको पूर्ण कथा अझै पनि लेखिएन (कल्पना)

कुन्नि किन किन हाम्रो नदेखेरै माया बस्यो
पुग्छौ कहाँ थाहा छैन गन्तब्य नै देखिएन (स्वप्निल)

मनको भाव बाँड्नलाई नदेखे नि हुने रैछ
दुई मनको प्रतिविम्ब पहाडले छेकिएन (कल्पना)

साथ खोज्छ हरपल तिम्रै,यो मनले घरिघरि
गाह्रो गरी बाँच्यौ तर एउटा पत्र केरिएन(स्वप्निल)

रह्यौ धेरै धेरै टाढा एक अर्कामा छुट्टिएर
आत्मा भने सँगै हुँदा कुनै दुःख खेपिएन (कल्पना)

कतिञ्जेल बाँच्ने हामी दुई किनार नदीका झैँ
एक्लै बाँच्न गाह्रो हुँदा किन गला रेटिएन (स्वप्निल)

लायौ माया जुग जाने टाढा हुँदा मर्ने छैन
उतार चढाव कति आए तर मन फेरिएन (कल्पना)

एक हुने बाचा हाम्रो पर्खिएर जुगौ जुग
मिल्दो जुल्दो ईच्छा बाहेक दाया बाया हेरिएन (स्वप्निल)'

स्वप्निल' छ 'कल्पना' यो जीवन्त छ अठोट हाम्रो
एक हुने रहर हाम्रो कसै गरी तुहिएन (टुङ्ग्याउनी)

कल्पना गिरी भावुक
काठमाडौ हालः इजरायल

स्वप्निल नीरव
दर्छा पाल्पा

गजल~~भयो...आज (२३)

भयो मन बिरानो, आँफै सँग आज,
भयो तन पुरानो, उड्यो रङ्ग आज।


आफन्तले शत्रु झैँ सबै लुटेपछि
भयो मेरो भरोसा सबै भङ्ग आज ।


भावीले नै लेख्यो कि एक्लो हुने भाग्य
भए सबै अलग्ग आफ्नै अङ्ग आज।


प्रयास् मेरो जिउँने, बिफल् हुँदै जाँदा,
भयो हार नमिठो, सबै जङ्ग आज।


समेटेर सपना अघि बढूँ भन्दा
जुटाउनै सकिन कुनै ढङ्ग आज।


कल्पना गिरी भाबुक
काठमाडौं
हाल इस्राएल

गजल~~ भयो जिन्दगागी (२२)

विवस्ताले मोडी दिने बाटो भयो जिन्दगानी
सयौ चोट सही दिने माटो भयो जिन्दगानी


जती जोड्न खोज्यो उती टाढा टाढा हुँदै जाने
नदीको दुई किनाराझै फाटो भयो जिन्दगानी


जती कोसिस् गरे पनि बिफल मात्र हात लाग्ने
सबै धुर्त   दुनियाँमा लाटो भयो जिन्दगानी


सुख खोज्न सम्झौतामा जती दु;ख गरे पनि
भित्री पीडा हुँने घाउको  खाटो भयो जिन्दगानी


घाम  पानी  नभनेर  जती  पौरख् गरे पनि
मेहनत खेर जाने  आँठो   भयो जिन्दगानी


आवश्यकता पुरा  गर्न बिनिमय  प्रथा जस्तो
हाँसो  दिई आँसु  लिने साटो भयो जिन्दगानी


कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल~~रमाएर जाऊ (२१)

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

छाडी मलाई दोबाटोमा अलपत्र पारी।
खुशी हुँदै उस्कै हात समाएर जाऊ।।

आँफै दु;खी तिम्रा दु;ख काहाँ बुझ्छु मैले।
सारा दु;ख उसै माथि थमाएर जाऊ।।

भत्किएको मन मेरो पोखीएछौ तिमी।
सग्लो मनमा चोखो माया जमाएर जाऊ।।

गरीब हुँ सुख सँग राख्न काहाँ सक्छु।
उसै सँग हिरा मोती कमाएर जाऊ।।

तिमी जाऊ जाहाँ जान्छौ रमाएर जाऊ।
सातौ जन्म सम्म आफ्नो बनाएर जाऊ।।

कल्पना गिरी भाबुक
काठमाडौं
हाल इस्राएल

दोहोरी= मुक्तक बिष्णुनन्द + कल्पना


बिष्णुनन्द चाम्लिङ्ग
तिमी ठूलो बन्न चाहे म सानोबनी दिन्छु ।
जीवन कथा लेख्न चाहे म पानोबनी दिन्छु ।
यो जिन्दगी आखिरीमा त तिम्रै लागि सोम्पेँ,
नहेर भो भन्छौ भने म कानोबनी दिन्छु ।........

लेखिदेउ कथा मेरो नयाँ पात्र बनी दिन्छु
सग्लो अक्षर तिमीभए म मात्रा भरी दिन्छु
पेवा हुन्न जिन्दगी यो मायागरी साटे पछि
कानो सानो जे भएनी तिम्रै निम्ती मरिदिन्छु...
.
बिष्णुनन्द चाम्लिङ्ग ‎...
तेरो मेरो हैन कथा दुबै मिली लेख्नु पर्छ ।
आई परे बर्षे भल दुबै मिली छेक्नु पर्छ ।
जिन्दगीमा उतारचढाउ कैले तल कैले माथि,
मन मिले तन मिले मिली पीडा सेक्नु पर्छ ।

 
यती भन्दै खुशी लाग्यो अब अरु माग्दिन म
खियाँउछु दस नङ्ग्रा थाके भनि भाग्दिन म
साथ मात्र देउ मलाई सम्पती को नाम लिन्न
हृदय मा गुनासो को बिउ पनि रख्दिन म
बिष्णुनन्द चाम्लिङ्ग ‎...
तेरो मेरो कथा हैन दुबै मिली लेख्नु पर्छ ।
उर्ली आउँने भेल पनि दुबै मिली छेक्नु पर्छ ।
माया साटे जिन्दगी त पेवा हैन कोसेली हो,
तन मिले मन मिले मिली पीडा सेक्नु पर्छ ।
फूल बनी फूली दिन्छु रक्षा गर माली बनी
खिस्स हाँसो ओठमा ल्याई बोलाइदेउ काली भनि
त्यो कोसेली स्विकार भयो राख्ने छु म जतनले
मेरै निम्ती अब तिमी बसिदेउ है खाली बनी
बिष्णुनन्द चाम्लिङ्ग ‎..
पिरतीमा नियतिले खेल खेल्नु हुन्न कैले ।
इमानीको इमान माथि झेल खेल्नु हुन्न कैले।
बिश्वास नै सम्पती त समर्पण हो जिन्दगी,
माया गर्दा चाप्लुसीको तेल खेल्नु हुन्न कैले ।
 
चाकारी र चाप्लुसी कुन चरी को नाम होला
तेसो गर्नु भन्दा पहिले बरु मैले बोक्छु झोला
समर्पण मै बाचि दिन्छु यो जिन्दगी रहुन्जेल
नियती लाइ छेउ लगाई तरी दिन्छु पापी खोला

बिष्णुनन्द चाम्लिङ्ग ‎...
चाहनाको बाचा कसम ब्याबहारमा पनि मिल्छ ।
हाँसो खुशी जिन्दगीको मुहारमा अनि मिल्छ ।
समर्पणमा बाँच्नेहरु जुग जुग बाँच्छ भन्छन् ,
तिमी पाउँनु भाग्यमानी हजारमा यौटा मिल्छ ।
 
कल्पना गिरी भाबुक ‎..
बिश्वासमा हुन्छ माया समर्पण मा जिन्दगानी
भरोसा को मुहान् रोजौ हाँसो खुशी भन्दा पनि
जिन्दगानी मरे पनि बाचि रहोस् हाम्रो माया
हजारौ मा तिमि पाउँदा म झन धेरै भाग्यमानी
बिष्णुनन्द चाम्लिङ्ग ‎....
बिश्वासले जरा गाड्यो माया प्रीति मौलाउँदैछ ।
हाम्रो चोखे माया देखी बिहानीले बोलाउँदैछ ।
एकै जुनी मात्र कहाँ युगौँ युग बाँच्नु पर्छ ,
मुस्काराउँदो चन्द्र देखी तनै आज रमाउँदैछ ।
 
कल्पना गिरी भाबुक ‎..
बिश्वासले जरा गाड्यो माया प्रीति मौलाउँदैछ
हाम्रो चोखो माया देखी बिहानीले बोलाँउदैछ
पात्रो हेरी चिना कोरी जन्ती ले'र आउने होकी
तिमी आउँने बाटो हेरी मेरो नयन टोलाउदै छ
 
बिष्णुनन्द चाम्लिङ्ग‎..
रीतिथिति पुर्याएर मीठो बोली लिइ आउँला ।
सुकुमारी हात माग्न प्रीति झोली लिइ आउँला ।
चीना हेर्ने साइत जुर्ने तिथी मिति तोक्छु अनि,
अघि पछि जन्ती लगाई जोर डोली लिइ आउँला
कल्पना गिरी भाबुक ‎..
बरनीको ठहर माथि दियो कलस राखि सँके
तिम्रो नामको बरमाला मेरै हातले गाँसि सँके
प्रतिक्षा को घडी अब आएको छ नजिकिदै
बेहुली भै क्षण भरमै तिम्रै हुन लागि सँके


कल्पना गिरी
काठमाडौं
हाल इस्राएल

गजल-छैन (२०)


छोडी गयौ मेरो साथ भरोसाको लाली छैन
मोडी गयौ मेरो दिल अब ठाउँ खाली छैन

बिश्वासको माला उँनी नाता मैले जोडेकोथे
तोडी गयौ बाचा सबै बगैँचामा माली छैन
बास्नाछरी फूल्ने धोको थियो तिम्रो जीवनमा
गोडी गयौ जरा फाँकी पलाउँने डाली छैन

थुप्रै ईच्छा मारी मैले तिमीलाइ छानेकोथे
फोडी गयौ मेरो मन तर म त जाली छैन

जहाँ जान्छौ हाँसो खुशी जमाएर बस तिमी
जोडी गयौ अन्तै नाता अब दिने गाली छैन

गजल घातको कुरा नगरौँ (१९)

घायल जी को मुसराय बाट

पुज्ने भए पिरती त्यो घातको कुरा नगरौँ
बुझ्ने भए पिरती त्यो जातको कुरा नगरौँ

सातौँ जन्म सँगै हुँने कसम हाम्रो मायाको
बिर्सिएर छुटिने त्यो साथको कुरा नगरौँ

सम्झौतामा जान सके पिरती बस्छ फूलेर
भाबनामा पिल्सिने त्यो बातको कुरा नगरौँ

जिबनमा हाँसी खुशी उज्यालो पारौँ भबिस्य
बिहानी भो अँधेरी त्यो रातको कुरा नगरौँ

समाजमा यो माँयाको पवित्र नाम दिनुछ
जथाभाबी बोलिने त्यो मातको कुरा नगरौँ

कल्पना गिरी काठमाडौं हाल इस्राएल

गजल=मात लाग्छ (१८)

लजाएर हेरिदिँदा तनै भरी मात लाग्छ
नजिक् आई बसिदेउ लाग्नैपरे बात लाग्छ

कुनै बेला आँखाबाट तिमी ओझेल परिदिँदा
दिन पनि मेरालागी औँशी जस्तै रात लाग्छ

घुम्टोओढी हिडतिमी खाली सिउँदो देखेपछी
तिम्रो निम्ति मर्छुभन्दै फेरि याहाँ ताँत लाग्छ

पछ्यौरीले मुखछोपी हास्ने तिमी गरी देउ
तिम्रो हाँसो देखेपछी प्रस्ताबको खात लाग्छ

ओठ टोकी नहेर है पराइको आँखा लाग्ला
खै किन हो तिमीमेरो आफ्नै हुने जात लाग्छ

कल्पना गिरी भाबुक 
काठमाडौं

गजल= खोज्नु साहित्यमा (१७)

घायल जी को मुसराय बाट सानो कोसिश

मेरो आस्था जान्नलाई पसी खोज्नु साहित्यमा
मेरो ब्यथा... जान्नलाई फँसि खोज्नु साहित्यमा

पोखेकी छु बिचार् सबै श्रीजनाको पानाभरी
मेरो स्तर नाप्नलाई कशी खोज्नु साहित्यमा

भोग्दै जाँदा जिन्दगी नै बनिदिन्छ कथाहरु
मेरो कथा बुझ्नलाई दशि खोज्नु साहित्यमा

कोरेकी छु पानाभरी भाबना का फूलहरु
भाबनामा रङ्गभर्ने मसी खोज्नु साहित्यमा

धेरैथरी बिचारको मन्थन हो यो साहित्य
जगतको अर्थलाइ बसी खोज्नु साहित्यमा

लेख्दैजादा पुस्तिकामा गल्ती धेरै भएभने
मेरो हात बाध्नलाई रसी खोज्नु साहित्यमा

गीत: बिबस्ताले बनाइ दियो तिमी सङ्ग टाढा

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा.........

ढुक्ढुकिमा बसेउ तिमी, मुटु मेरो थियो
दुई आत्माको एउटै सरीर, ईश्वरले दियो
चुँडाइ दिउँकी यो मुटुलाइ, बिर्सिएर जिउँन
फाटेको मन कहिलेइ पनी, सकिन भो सिउन

बिबस्ता ले बनाइ दियो,  तिमी सङ्ग टाढा..........

भोक तिर्खा चैन छैन, निन्द्रा छैन साथमा
किन पायेँ यो जवानी, एक्लै हुन्छु रातमा
भेट्न जाउँत साहुको ॠणले, बाटो छेक्ने होकी
नजाउँ भने सुस्त  सुस्त, माया घट्ने होकी

बिबस्ताले बनाइ दियो, तिमी सङ्ग टाढा
आज मेरो गरिबी नै, मलाई भयो काँडा

बिबस्ताले..............

गजल;बयान के गरौ (१६)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

धर्ती को धुलोम जूनको बयान के गरौ
हिराको अगाडी सुनको बयान के गरौ।

जिबन्त रुएँ म बैगुनी रहेछ मायाँलु
स्वार्थमा गरेको गुनको बयान के गरौ।

बग्याछ देशमा पानी को साटोमा रगत
मकैमाँ पिसिने घुनको बयान के गरौ।

गरीबी छाकोछ साथमा सम्पती नहुँदा
कमेरो छ्दैछ  चुनको बयान के गरौ ।

धनीले ओढेको पस्मिना बर्कोछ साथमा
नाङ्गो छ गरीब ऊनको बयान के गरौ।

गरिब मर्दछन् भोकले गाँस नै नपाई
धनिको सम्पत्ति हुनको बयान के गरौ।

गजल- कुर्सीको कारण, (१५)


घायल जी को मुसरायमा मेरो सानो कोशिस

गर्नुछ् मिठो बलिदान्, कुर्सीको कारण,
लेख्नुछ् मिल्दो संबिधान,कुर्सीको कारण।

पछिछ् देश् एकाइसौ, सताब्दी मा पनि,
कमाउँ राम्रो स्वाभिमान्,कुर्सीको कारण।
...
नेपाल हाम्रो स्वर्गभुमी, चिनाउँ सबैलाइ,
जुटाउँ मिठो अभियान, कुर्सीको कारण।

बिकाशलाइ बगायछौ, धमिलो खोलामा,
तेसैले भयौ बेइमान्, कुर्सीको कारण।

कबिता~~फर्की कैले आउने आमा

कहाँ गयौ मेरी आमा छाडी हामीलाइ,
कैले देखु कहाँ देखु पियारी आमा लाइ।

दिन गन्दै रात गन्दै बिती सक्यो बर्ष,
भेट्न पाए आमा लाइ हुन्थो होला हर्स।

कति होला दुख तिमीलाइ कति होला गाह्रो,
बाध्येता ले बनायौ मन ढुङ्गा भन्दा साह्रो।

सम्झाएर बस्छेउ होलाआफ्नै मन लाइ,
हाम्रो कुरा गर्छेउ होला साथीसङी लाइ।

सधैं आँखा भरिरहन्छ्न बाटो हेरिहेरि,
पैसा सगै हाम्रो माया नभुल्नु है फेरी।

काख भर्ने न्यानो माया जीवन सगी पनि,
बसेका छ्न मलाई नै पर्खिएर भनि।

लिइ आउनु न्यानो माया ल्याउनु चोखो मन,
आफ्नो सन्तान सबै भन्दा तिम्रो ठुलो धन।

बसेका छौ हामी यहाँ दिन गनि,गनि,
लेख्नु चिट्ठी हामीलाइ कैले आउने भनि,,
लेख्नु चिट्ठी हामी लाइ कैले आउने भनि।।

गजल: पापलाग्ला (१४)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

 मेरो मुल्य सस्तो ठानी, हुत्याएको पापलाग्ला,

सडिएको बस्टु भनी, छुट्याएको पापलाग्ला।।

साहित्यको संसारमा ,रुची राख्नु गल्ती भोकी,
सरुवारोग सम्झी मलाई,खुट्याएको पापलाग्ला।।
...
सिक्न खोज्छु आसमर्दै, जादा पनी दिनदिनै,
अलपत्र बाटो बिच्मा, रुवाएको पापलाग्ला।।

जन्मजात निधारमा, लेखी आँउनु पर्ने होकी,
निरन्तरता दिनु भन्दै, फुर्काएको पापलाग्ला।।

पकपक मुख बाउँदै, आश्वासन निल्न खोजे,
कोखाइ भनि अन्तैलागि,झुक्याएको पापलाग्ला।।

गजल:कुर्चिको कारण (१३)

घायल जी को मुसरायमा मेरो सानो कोशिस

छोड्दैछौ लेख्न संबिधान, कुर्सिको कारण
गोड्दैछौ फुस्रो अभियान, कुर्सिको कारण

फोड्दैछौ आफ्नै आमाको, टाउको तिमीले
भुल्दैछौ आफ्नै पहिचान, कुर्सिको कारण
...
पोख्दैछौ नहर् रगतको, हेर्दछौ रमिता
बोक्दैछौ अझै बेइमान्, कुर्सिको कारण

बस्दैछौ अझै चुपचाप्, झापाड खाएर
लेख्दैछौ आफ्नै अपमान, कुर्सिको कारण

डस्दैछौ अझै दाजुभाइ, सर्पको रुपमा
बढ्दैछौ गर्न तानातन्, कुर्सिको कारण

गजल लिइ आउँछु।(१२)


घायल जी को मुसरायमा मेरो सानो कोशिस

तिम्रो तिर्खा मेटाउँने खोली लिइ आउँछु।
तिम्रो सिँउदो सजाउँने डोली लिइ आउँछु।।

पर्न हुन्न मनमा रात फालिदेउ अँधेरी।
मुस्कानको बर्षा हुने बोली लिइ आउँछु।।

उदासिनता नदेखाउ सैय हुन्न मलाई।
तिम्रो चिन्ता परसार्न झोली लिइ आउँछु।।


झार्नुहुन्न आँखाबाट मोति दाना कहिलै
तिम्रो जीवन रंग्याउँने होली लिइ आउँछु।।

इन्द्रेणी झै हाम्रो जीवन खुल्न सधैं दिउँला।
आशाबादी बिहानिको भोली लिइ आउँछु।।

गजल मिठो गीत गाएको थे (११)

अर्थ हैन जिन्दगी को मिठो गीत गाएको थे ।।
माँया लाग्दा दौडियेरा भेट्न भनी आएको थे।।

समय ले ठागियेका हामी दूबै उस्तै ठानी,
साथदिन्छौ भन्ने आस्मा मैले माँया लाएकोथे।

माया गर्दै मैले तिम्रो कोमल हात समाएर,
जुनी भरी साथ दिन चोखो कसम खाएको थे।।

ढुङ्गा जस्तै तिम्रोमन,मैनजस्तै पग्लन्छ कि?
तेसैलेत साउँनको झरी बनी आएको थे।

गजल ~~लक्ष्मण रेखा (१०)

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

जवानिको उन्माद लाइ, नसकेर थेग्न तिम्ले ।
बदनामी त सधै सिरमा, फूल संम्झी टागिरह्यौ ।।

दुर्भाग्यले टाढा बनाइ, दु:ख पाउदा बुढो भए ।
मेरो माँया लिलाम गर्न, थोत्रो सम्झी लागिरह्यौ ।।

तिम्रो लागी ख़ुशी साट्न, पसिनामा डुबिरहे ।
पराई बाँहु आफ्नो संझी , रातभरि जागिरह्यौ ।।

जवानिको रंग उडी, प्रश्चतापमा जले पछि ।
नियतिलाई दोषी संझी, आफ्नै मृत्यू मागिरह्यौ ।।

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

गजल=मन दुखाएर गयौँ।(९)

यती धेरै मन दुखाएर गयौँ।
आँखा भित्र आँसु सुकाएर गयौँ।।

मन भित्र चाहा नराखेर तिमी।
माँया लाई टाढा भुलाएर गयौँ।।

पिरतिमा खुशी फूलेजस्तै लाग्थ्यो।
भाबना त्यो मनको लुकाएर गयौँ।।

टोलाएर आँखा हेरे जस्तै गरी।
नबोली नै केही रुवाएर गयौ।।

पाउनुमा,मात्रै काहा हुन्थ्यो माँया।
चुपचाप मृत्‍यु बोलाएर गयौँ।।

भुल्दैनन् याहाँ  युगौयुग सम्म।
सबैलाइ चकित् बनाएर गयौँ।।

गीत:मेरो माँया गइसकेछ क्षितिजमा लुक्न

मेरो माँया गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मृगतृष्णा जस्तो भयो अब तिम्रो मायाँ
बाचा टुट्यो भइदिने एक अर्काको छायाँ

भित्र भित्रै मन पनि थाल्यो अब दुख्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

बस्नु पर्यो आज यहाँ चाहानालाई बाँधि
हरपल मनमा चलाएर बिरहको आँधी

लक्ष्य बिहिन जीवनयात्रा थाल्यो अब रुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

गीत:गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,

गाउन नपाई रुकी दिन्छ्न मेरा  सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

निर्मोहिले डाहा गरि सजाय पो दियोकी,,
जिबन भरी रुवाउने संकल्प पो थियोकी,,

मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

मेरो जिबन लिलामभयो खबर तिम्रो बताऊ है,,
भेट कहिलेई नभएनी सपनीमा आउ है ,,

तिम्रो निम्ति सुम्पे मेरा सबै हार जित हरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll


गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

 कल्पना गिरी भाबुक

दोहोरी मुक्तक =दिदि+भाइ


फणिन्द्र शान्त
काली रैछौ लाली दल्दा, देखें दिलवाली
झण्डै झण्डै बनायौ नि, वैंश गोड्ने माली
तिम्रो चाला देख्दा म त, छक्कै पर्छु गाठे
लाजै बिना भन्छौ बन्छु, तिम्रै यसपाली ।।
 
मन पराइ ति आँखा ले दिलवाली देखेउ,
अधिकार दिदै मन्मा माली को नाम लेखेउ,
किन पर्नु तिमी छक्क माया गर्दा पनि ,
लाजै बिना अघीलागी तिम्ले बाटो छेकेउ।।

 माया गर्न लागेकोथें तर जाल गर्यौ
माया गर्छु भन्दै मेरा सारा खुशी हर्यौ
बाटो छेक्न खोज्या हैन म त भाग्दै थिएँ
बाटो छेक्न खोज्यो भन्दै द्रिष्टी भ्रम्मा पर्यौ
 
किन तिमी तर्की तर्की म सँग भागेको?
केही हर्न खोज्या छैन खुशी हो मागेको
माया लाउन आट गर सुन्दरीछ छेउमा
कित तिम्रो पुरुष हुने घमन्ड जागेको?
 

माया गर्ने खोजेको हुँ, आफु जस्तै जोडी
आएकैहुँ तिम्रो सामु, सारा आफ्ना छोडी
स्वार्थी रैछौ तर तिमी, सारा खुशी लुट्यौ
हेर्दा मात्र राम्री रैछौ, मन भने कोडी।।
 सिरानी मा राखी सुते मैले तिम्रो फोटो,
तिम्लाइ पाउन सकीन मेरै भाग्य खोटो,
कस्तो मुटु रैछ तिम्रो कैलेही नपग्लिने,
मान्छे हेर्दा असल देख्थे रैछ बुद्दी छोटो।।

भाग्य खोटो बुद्धी छोटो, केही हैन हाम्रो
आगो पानी बिच नाता, नगाँसेकै राम्रो
शीत संझी राख्न खोजे, आफ्नै ताल भित्र
भुल भयो रैछौ तिमी, आगो भन्दा चाम्रो ।
 
मेरो माया तिमी नै हौ नभनिदेउ तेसो,
कसो गर्दा कुरामिल्छ्, बनाउ मेलो मेसो,
भुल हैन तिम्रो लागि, फूल भ इ दिन्छु,
अझै घुर्की लाएउ भने, लागि दिन्छु पासोll


बोली एक गर्ने अर्को, कति आए कति
पासो लाग्छु भन्छ उस्ले,जस्को छैन मती
पासो लाग्ने अनि मर्ने,नदेखाऊ घुर्की
बैगुनीले त्याग्दा मेरो, हुन्न कुनै क्षती।।
 

नजिक आउन खोज्दैछु तिमी भने कस्तो?
पड्किएको बोली तेलमा पानी परे जस्तो
कोही नहुँदा बुढेस्काल्मा दुःख पाउछौ हेर
अहिले भाछ तिमीलाइ मेरो माया सस्तो!!

मुक्तक:कल्पना+फणिन्द्र

तिम्रो रूपले तान्यो हेर छेउमा डेरा सार्दैछू,
तिम्रो लागि लायक बन्न आफुलाई खार्दैछु,
सोयाम्बरको माला गास्न फूल रोप्दै गर,
तिमिलाई अब मेरो माँया जाल्मा पार्दैछु

 फणिन्द्र शान्त
खोजे जस्तै पाएँ आज, अब माया गर्छु म त
मेरो लागि यसै लयक, तिम्रो छेउ सर्छु म त
फूल हैन दुबोँ माला , लगाउँला गला भरी
जाली माया भए पनि, तिम्रै जाल्मा पर्छु म त ।।


कल्पना गिरी भाबुक
अहा कस्तो ज्ञानी मान्छे,,आज मैले पाएको छु
तिम्ले माया गर्छु भन्दा,,मैले कसम खाएको छु
खुशी लाग्यो आज मलाई,, मेरै हुन्छु भन्दा खेरी
भेट हुँदा दिन भनि,, रुमाल चिनो ल्याएको छु।।
फणिन्द्र शान्त
ज्ञानी मात्र हैन हेर, मान्छे पनि हिरो छु
जाल गर्न खोज्यौ भने,जिरे भन्दा पिरो छु
माया गर्न सिपालुछु, भन्छन् सबै क्रिष्ण जी
नसोध है, ए मायालु, पढाइमा जिरो छु।।

कल्पना गिरी भाबुक
मलाई यस्तै चाइएको हो,, भित्रै बाट बुझीदिने,
मेरी दिल्की रानी भन्दै,, मनै देखि पूजिदिने
पढाइ पनि चाहिदैन,,चाहिदैन तिम्रो सम्पति
मलाई साथी चाँहीएको,, मात्र माया बुझिदिने ll
 फणिन्द्र शान्त
दिल्की रानी भन्ने छैन, जुठो भाडो गराउँनेछु
माया गर गर्छु म नि, दुख डाडा तराउँनेछु
रानी नानी भनिकन, चिल्लो माया गर्ने छैन
होस गर धन्को पछि, परे ज्यान मराउँनेछु।।

कल्पना गिरी भाबुक
रानी भन्दै तिमीलेत,, कुटे पनि हुन्छ मलाई
तिम्रो माया भन्दा ठुलो,, कुनधन हुन्छ भलाइ
सुख दु ख दुबै बाटि,, काख काखै रमाउला
तिम्रो भैइ सकेपछि,, कुन ज्यानले छुन्छ मलाई ll

फणिन्द्र शान्त
यति धेरै भरोसामा, नपर है गाल पर्ला
धेरै भए पोखिन्छ रे, हाम्रो माया चाढै मर्ला
काखै माथी सुताउँछु , अति धेरै माया गरी
अब भने किन्छु पोते, जेजे पर्ला त्यही टर्ला।

कल्पना गिरी भाबुक
कत्ति बस्छौ टाढा,टाढा,,अब छेउमै आउन सानु
मैले पाल्छु तिमीलाइ,, अब बिदेस पर्दैन जानु
भोक पनि नलागोस् भो,,तिम्रो काख पाए देखि
सजिएर पर्खि बस्छु,, पोते किनी चाडै आउनु

गजल~~~रातै ढल्यो आज (८)

तिम्रो बारे सोच्दा सोच्दै,  रातै टल्यो आज,
तिम्रो चित्र कोर्दा  कोर्दै,  हातै गल्यो आज।।

मायाँ बनि मुटु भित्र,  तिमी बसि दियौ,
तिम्रो लागि रुदा रुदै,  ऑतै बल्यो आज।।

तिम्रो दिल्मा मायाँ  रोप्न, कोशीस् धेरै गरे,
तिम्रो लागि हात जोडे,  सिरै ढल्यो आज।।

खान खोज्यो आँसु बगि, भिजि दिन्छ गाँस,
तिम्रो लागि खान छाडे,  ज्यानै थल्यो आज।।

सस्तो सिक्का ठानि मेरो, माया कुल्चि दियौ,
तिम्रो   इच्छा सुने पछि,   मनै जल्यो  आज।।

कल्पना गिरी 
काठमाडौं
हाल इस्राएल

मुक्तक

अ्मर माया थियो भने,पर्खिएर बस्थेउ।
हतारिदै मनको डेरा,किन अनत सारेउ।।
झुट्टो माया निस्ठुरिको,औसी पुर्णे जस्तो।
निचोरि यो मुटु किन,मलाई जिउदै मारेउ।।

गजल~~~खालीभयो जीन्दगी (७)

गजल

फूल सबै झरे नाङ्गो, डाली भयो जीन्दगी।।
आशा कुनै छैन बाँकी, खाली भयो जीन्दगी।।

हर मोडमा असफल्ता, अघि पछी लागे पछी,
हरुवाको सधैं प्यारो, गाली भयो जीन्दगी।।

भए जती आफ्नाहरु, बाटो मोडि अन्तै जाँदा,
सुन्य उजाड् बगैँचाको, माली भयो जीन्दगी।।

पटक् पटक् समयले, पराजीत गरे  पछि,
दोबाटोमा गफाडीको, ताली भयो जीन्दगी।।

टोल बस्ती चारैतिर, बैरी हावा चले पछि,
मैला मात्र जम्मा हुने, नाली भयो जीन्दगी ।

कल्पना गिरी
काठमाडौं



गजल:आँखा भित्र पसु,पसु लाग्छ (६)

लजाएर हेरी दिने आँखा भित्र पसु,पसु लाग्छ ।
खालीतिम्रो सिउदोमा सिन्दुर भैइ बसुबसु लाग्छ।

भेटहुने मोड हरुमा तर्कितर्की तिमी हिड्दा।
सधैं भरि मायागर्दै अगालोमा कसु,कसु लाग्छ।।

हरेक भेटमा तिम्रो रुप लाल् गुलाब झै भैदिदा।
भमरा झै अधरले गालाभरि डसु डसु लाग्छ।।

तिमी अर्कैको भैइ सकेको नमिठो खबर सुन्दा।
जोगी हुन अनुहारमा खरानी धसु धसु लाग्छ ।।

कबिता~~फर्की कैले आउने आमा

कहाँ गयौ मेरी आमा छाडी हामीलाइ,
कैले देखु कहाँ देखु पियारी आमा लाइ।
दिन गन्दै रात गन्दै बिती सक्यो बर्ष,
भेट्न पाए आमा लाइ हुन्थो होला हर्स।
कति होला दुख तिमीलाइ कति होला गाह्रो,
बाध्येता ले बनायौ मन ढुङ्गा भन्दा साह्रो।
सम्झाएर बस्छेउ होलाआफ्नै मन लाइ,
हाम्रो कुरा गर्छेउ होला साथीसङी लाइ।
सधैं आँखा भरिरहन्छ्न बाटो हेरिहेरि,
पैसा सगै हाम्रो माया नभुल्नु है फेरी।
काख भर्ने न्यानो माया जीवन सगी पनि,
बसेका छ्न मलाई नै पर्खिएर भनि।
लिइ आउनु न्यानो माया ल्याउनु चोखो मन,
आफ्नो सन्तान सबै भन्दा तिम्रो ठुलो धन।
बसेका छौ हामी यहाँ दिन गनि,गनि,
लेख्नु चिट्ठी हामीलाइ कैले आउने भनि,,
लेख्नु चिट्ठी हामी लाइ कैले आउने भनि।।

कबिता~~~ देश

किन बिग्ग्रीएको आज अगुवा हरुको मति,,
लथालिङ भताभुङ हुँदैछ देशको गती।

किन खेल्दैछौ इतिहासले धिकार्ने खेल्,,
लोकतन्त्र नहोस् हाम्रा लागि कागको बेल।

सहने सिमा सकिनै लागो भयो अब अति,
खोक्रो भैइसक्यो मुलुक लुट्छौ अज्झ कति।

बेर पछि दैलो भेटीनुको कुनै अर्थ हुन्न,
मरे पछि फेरी कुनै ओखति ले छुन्न।

आगन टेडो  छैन  ढंग  पुर्याएर  नाचे,
मुलुक लोकतन्त्र बाचाउ र आफुपनि बचेँ....

(कारगिल) लड़ाई माँ सम्बंधित (गीत)

कारगिल माँ खुशी ढल्यो भाग्य मेरो फुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

चाखेवाको जोड़ी थियो नौलो चिनाजानी,
मुटु भीत्र पस्दै थिये बनी उनकी रानी,
निस्ठुरी बैरीले त साथी मेरो लुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

कोपिला मै ओइली गयो पिरतिको फूल,
भाग्य लेखने दैब एस्तो नगर्नु है भुल,
किन गर्ने एक्लो यात्रा साथी मेरो छुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

हिउ आफै बलेपछि शीतल काहा खोज्ने,
हिड्ने अब पाईलै छैन बाटो किन रोज्ने,
अध्यारो भो जीबन मेरो प्रकाश सबै हट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

कबिता मेरि आमा

आँफै लाइ टुक्राएर,काल सँग पौठे जोरी खेल्दै,,
सन्तान लाइ जन्म,दिन्छिन प्रसब पिडा झेल्दै।।
डुबेर चिन्तामा सन्तान लाइ,सधभरि फुल्याउछिन,,
तीनकै खुशीका लागि,आफ्नु दुखपिडा भुलाउछिन।।
आसु रित्याएर मामाताको,अ्मृत धारा पियाउछिन,,
तीनकै खुशीका लागि,मस्तिस्क सधैं खियाउछिन।।
आफु जलेर मैन भै,उज्यालो सधैं छाडि दिन्छिन,,
तीनकै दुख आफु शहेर,सुख सधैं बाडी दिन्छिन।।
लिएर हैन दिएर उनि,सधैं खुशी भ ई दिन्छिन,,
तीनकै दुखमा आफ्नो खुशी,लुकाएर रोइ दिन्छिन।।
जती दर्द,पिडा दिए पनि,राख्दिनन कुनै बैरभाब,,
उन्को रगतमा बगिरहन्छ सधै, माया र सदभाब।।
निस्वार्थ प्रेम बाडीदिन्छिन्,राख्छिन सधैं भाबसमता,,
उनि भित्र रितिदैन कहिलेइ,माया प्रेम र ममता।।
धर्म्,कर्मा गर्ने भए गर्,पैले आमा कै पूजा,,
आमा को आँखा बाट आसु बगे,,सत्कर्म हुन्छ धुजा,धुजा,धुजा,.................NAMASTE