Social Icons

गजल लिइ आउँछु।(१२)


घायल जी को मुसरायमा मेरो सानो कोशिस

तिम्रो तिर्खा मेटाउँने खोली लिइ आउँछु।
तिम्रो सिँउदो सजाउँने डोली लिइ आउँछु।।

पर्न हुन्न मनमा रात फालिदेउ अँधेरी।
मुस्कानको बर्षा हुने बोली लिइ आउँछु।।

उदासिनता नदेखाउ सैय हुन्न मलाई।
तिम्रो चिन्ता परसार्न झोली लिइ आउँछु।।


झार्नुहुन्न आँखाबाट मोति दाना कहिलै
तिम्रो जीवन रंग्याउँने होली लिइ आउँछु।।

इन्द्रेणी झै हाम्रो जीवन खुल्न सधैं दिउँला।
आशाबादी बिहानिको भोली लिइ आउँछु।।

गजल मिठो गीत गाएको थे (११)

अर्थ हैन जिन्दगी को मिठो गीत गाएको थे ।।
माँया लाग्दा दौडियेरा भेट्न भनी आएको थे।।

समय ले ठागियेका हामी दूबै उस्तै ठानी,
साथदिन्छौ भन्ने आस्मा मैले माँया लाएकोथे।

माया गर्दै मैले तिम्रो कोमल हात समाएर,
जुनी भरी साथ दिन चोखो कसम खाएको थे।।

ढुङ्गा जस्तै तिम्रोमन,मैनजस्तै पग्लन्छ कि?
तेसैलेत साउँनको झरी बनी आएको थे।

गजल ~~लक्ष्मण रेखा (१०)

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

जवानिको उन्माद लाइ, नसकेर थेग्न तिम्ले ।
बदनामी त सधै सिरमा, फूल संम्झी टागिरह्यौ ।।

दुर्भाग्यले टाढा बनाइ, दु:ख पाउदा बुढो भए ।
मेरो माँया लिलाम गर्न, थोत्रो सम्झी लागिरह्यौ ।।

तिम्रो लागी ख़ुशी साट्न, पसिनामा डुबिरहे ।
पराई बाँहु आफ्नो संझी , रातभरि जागिरह्यौ ।।

जवानिको रंग उडी, प्रश्चतापमा जले पछि ।
नियतिलाई दोषी संझी, आफ्नै मृत्यू मागिरह्यौ ।।

नैतिकताको लक्ष्मण रेखा, जेलसम्झी नाघिरह्यौ ।
मर्यादाको बन्धन संग, नेलसम्झी भागिरह्यौ ।।

गजल=मन दुखाएर गयौँ।(९)

यती धेरै मन दुखाएर गयौँ।
आँखा भित्र आँसु सुकाएर गयौँ।।

मन भित्र चाहा नराखेर तिमी।
माँया लाई टाढा भुलाएर गयौँ।।

पिरतिमा खुशी फूलेजस्तै लाग्थ्यो।
भाबना त्यो मनको लुकाएर गयौँ।।

टोलाएर आँखा हेरे जस्तै गरी।
नबोली नै केही रुवाएर गयौ।।

पाउनुमा,मात्रै काहा हुन्थ्यो माँया।
चुपचाप मृत्‍यु बोलाएर गयौँ।।

भुल्दैनन् याहाँ  युगौयुग सम्म।
सबैलाइ चकित् बनाएर गयौँ।।

गीत:मेरो माँया गइसकेछ क्षितिजमा लुक्न

मेरो माँया गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मृगतृष्णा जस्तो भयो अब तिम्रो मायाँ
बाचा टुट्यो भइदिने एक अर्काको छायाँ

भित्र भित्रै मन पनि थाल्यो अब दुख्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

बस्नु पर्यो आज यहाँ चाहानालाई बाँधि
हरपल मनमा चलाएर बिरहको आँधी

लक्ष्य बिहिन जीवनयात्रा थाल्यो अब रुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

मेरो मायाँ गइसकेछ क्षितिजमा लुक्न
अब एक्लै सक्दिन म गन्तब्यमा पुग्न

गीत:गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,

गाउन नपाई रुकी दिन्छ्न मेरा  सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

निर्मोहिले डाहा गरि सजाय पो दियोकी,,
जिबन भरी रुवाउने संकल्प पो थियोकी,,

मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

मेरो जिबन लिलामभयो खबर तिम्रो बताऊ है,,
भेट कहिलेई नभएनी सपनीमा आउ है ,,

तिम्रो निम्ति सुम्पे मेरा सबै हार जित हरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll


गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु ll

 कल्पना गिरी भाबुक

दोहोरी मुक्तक =दिदि+भाइ


फणिन्द्र शान्त
काली रैछौ लाली दल्दा, देखें दिलवाली
झण्डै झण्डै बनायौ नि, वैंश गोड्ने माली
तिम्रो चाला देख्दा म त, छक्कै पर्छु गाठे
लाजै बिना भन्छौ बन्छु, तिम्रै यसपाली ।।
 
मन पराइ ति आँखा ले दिलवाली देखेउ,
अधिकार दिदै मन्मा माली को नाम लेखेउ,
किन पर्नु तिमी छक्क माया गर्दा पनि ,
लाजै बिना अघीलागी तिम्ले बाटो छेकेउ।।

 माया गर्न लागेकोथें तर जाल गर्यौ
माया गर्छु भन्दै मेरा सारा खुशी हर्यौ
बाटो छेक्न खोज्या हैन म त भाग्दै थिएँ
बाटो छेक्न खोज्यो भन्दै द्रिष्टी भ्रम्मा पर्यौ
 
किन तिमी तर्की तर्की म सँग भागेको?
केही हर्न खोज्या छैन खुशी हो मागेको
माया लाउन आट गर सुन्दरीछ छेउमा
कित तिम्रो पुरुष हुने घमन्ड जागेको?
 

माया गर्ने खोजेको हुँ, आफु जस्तै जोडी
आएकैहुँ तिम्रो सामु, सारा आफ्ना छोडी
स्वार्थी रैछौ तर तिमी, सारा खुशी लुट्यौ
हेर्दा मात्र राम्री रैछौ, मन भने कोडी।।
 सिरानी मा राखी सुते मैले तिम्रो फोटो,
तिम्लाइ पाउन सकीन मेरै भाग्य खोटो,
कस्तो मुटु रैछ तिम्रो कैलेही नपग्लिने,
मान्छे हेर्दा असल देख्थे रैछ बुद्दी छोटो।।

भाग्य खोटो बुद्धी छोटो, केही हैन हाम्रो
आगो पानी बिच नाता, नगाँसेकै राम्रो
शीत संझी राख्न खोजे, आफ्नै ताल भित्र
भुल भयो रैछौ तिमी, आगो भन्दा चाम्रो ।
 
मेरो माया तिमी नै हौ नभनिदेउ तेसो,
कसो गर्दा कुरामिल्छ्, बनाउ मेलो मेसो,
भुल हैन तिम्रो लागि, फूल भ इ दिन्छु,
अझै घुर्की लाएउ भने, लागि दिन्छु पासोll


बोली एक गर्ने अर्को, कति आए कति
पासो लाग्छु भन्छ उस्ले,जस्को छैन मती
पासो लाग्ने अनि मर्ने,नदेखाऊ घुर्की
बैगुनीले त्याग्दा मेरो, हुन्न कुनै क्षती।।
 

नजिक आउन खोज्दैछु तिमी भने कस्तो?
पड्किएको बोली तेलमा पानी परे जस्तो
कोही नहुँदा बुढेस्काल्मा दुःख पाउछौ हेर
अहिले भाछ तिमीलाइ मेरो माया सस्तो!!

मुक्तक:कल्पना+फणिन्द्र

तिम्रो रूपले तान्यो हेर छेउमा डेरा सार्दैछू,
तिम्रो लागि लायक बन्न आफुलाई खार्दैछु,
सोयाम्बरको माला गास्न फूल रोप्दै गर,
तिमिलाई अब मेरो माँया जाल्मा पार्दैछु

 फणिन्द्र शान्त
खोजे जस्तै पाएँ आज, अब माया गर्छु म त
मेरो लागि यसै लयक, तिम्रो छेउ सर्छु म त
फूल हैन दुबोँ माला , लगाउँला गला भरी
जाली माया भए पनि, तिम्रै जाल्मा पर्छु म त ।।


कल्पना गिरी भाबुक
अहा कस्तो ज्ञानी मान्छे,,आज मैले पाएको छु
तिम्ले माया गर्छु भन्दा,,मैले कसम खाएको छु
खुशी लाग्यो आज मलाई,, मेरै हुन्छु भन्दा खेरी
भेट हुँदा दिन भनि,, रुमाल चिनो ल्याएको छु।।
फणिन्द्र शान्त
ज्ञानी मात्र हैन हेर, मान्छे पनि हिरो छु
जाल गर्न खोज्यौ भने,जिरे भन्दा पिरो छु
माया गर्न सिपालुछु, भन्छन् सबै क्रिष्ण जी
नसोध है, ए मायालु, पढाइमा जिरो छु।।

कल्पना गिरी भाबुक
मलाई यस्तै चाइएको हो,, भित्रै बाट बुझीदिने,
मेरी दिल्की रानी भन्दै,, मनै देखि पूजिदिने
पढाइ पनि चाहिदैन,,चाहिदैन तिम्रो सम्पति
मलाई साथी चाँहीएको,, मात्र माया बुझिदिने ll
 फणिन्द्र शान्त
दिल्की रानी भन्ने छैन, जुठो भाडो गराउँनेछु
माया गर गर्छु म नि, दुख डाडा तराउँनेछु
रानी नानी भनिकन, चिल्लो माया गर्ने छैन
होस गर धन्को पछि, परे ज्यान मराउँनेछु।।

कल्पना गिरी भाबुक
रानी भन्दै तिमीलेत,, कुटे पनि हुन्छ मलाई
तिम्रो माया भन्दा ठुलो,, कुनधन हुन्छ भलाइ
सुख दु ख दुबै बाटि,, काख काखै रमाउला
तिम्रो भैइ सकेपछि,, कुन ज्यानले छुन्छ मलाई ll

फणिन्द्र शान्त
यति धेरै भरोसामा, नपर है गाल पर्ला
धेरै भए पोखिन्छ रे, हाम्रो माया चाढै मर्ला
काखै माथी सुताउँछु , अति धेरै माया गरी
अब भने किन्छु पोते, जेजे पर्ला त्यही टर्ला।

कल्पना गिरी भाबुक
कत्ति बस्छौ टाढा,टाढा,,अब छेउमै आउन सानु
मैले पाल्छु तिमीलाइ,, अब बिदेस पर्दैन जानु
भोक पनि नलागोस् भो,,तिम्रो काख पाए देखि
सजिएर पर्खि बस्छु,, पोते किनी चाडै आउनु

गजल~~~रातै ढल्यो आज (८)

तिम्रो बारे सोच्दा सोच्दै,  रातै टल्यो आज,
तिम्रो चित्र कोर्दा  कोर्दै,  हातै गल्यो आज।।

मायाँ बनि मुटु भित्र,  तिमी बसि दियौ,
तिम्रो लागि रुदा रुदै,  ऑतै बल्यो आज।।

तिम्रो दिल्मा मायाँ  रोप्न, कोशीस् धेरै गरे,
तिम्रो लागि हात जोडे,  सिरै ढल्यो आज।।

खान खोज्यो आँसु बगि, भिजि दिन्छ गाँस,
तिम्रो लागि खान छाडे,  ज्यानै थल्यो आज।।

सस्तो सिक्का ठानि मेरो, माया कुल्चि दियौ,
तिम्रो   इच्छा सुने पछि,   मनै जल्यो  आज।।

कल्पना गिरी 
काठमाडौं
हाल इस्राएल

मुक्तक

अ्मर माया थियो भने,पर्खिएर बस्थेउ।
हतारिदै मनको डेरा,किन अनत सारेउ।।
झुट्टो माया निस्ठुरिको,औसी पुर्णे जस्तो।
निचोरि यो मुटु किन,मलाई जिउदै मारेउ।।

गजल~~~खालीभयो जीन्दगी (७)

गजल

फूल सबै झरे नाङ्गो, डाली भयो जीन्दगी।।
आशा कुनै छैन बाँकी, खाली भयो जीन्दगी।।

हर मोडमा असफल्ता, अघि पछी लागे पछी,
हरुवाको सधैं प्यारो, गाली भयो जीन्दगी।।

भए जती आफ्नाहरु, बाटो मोडि अन्तै जाँदा,
सुन्य उजाड् बगैँचाको, माली भयो जीन्दगी।।

पटक् पटक् समयले, पराजीत गरे  पछि,
दोबाटोमा गफाडीको, ताली भयो जीन्दगी।।

टोल बस्ती चारैतिर, बैरी हावा चले पछि,
मैला मात्र जम्मा हुने, नाली भयो जीन्दगी ।

कल्पना गिरी
काठमाडौं



गजल:आँखा भित्र पसु,पसु लाग्छ (६)

लजाएर हेरी दिने आँखा भित्र पसु,पसु लाग्छ ।
खालीतिम्रो सिउदोमा सिन्दुर भैइ बसुबसु लाग्छ।

भेटहुने मोड हरुमा तर्कितर्की तिमी हिड्दा।
सधैं भरि मायागर्दै अगालोमा कसु,कसु लाग्छ।।

हरेक भेटमा तिम्रो रुप लाल् गुलाब झै भैदिदा।
भमरा झै अधरले गालाभरि डसु डसु लाग्छ।।

तिमी अर्कैको भैइ सकेको नमिठो खबर सुन्दा।
जोगी हुन अनुहारमा खरानी धसु धसु लाग्छ ।।

कबिता~~फर्की कैले आउने आमा

कहाँ गयौ मेरी आमा छाडी हामीलाइ,
कैले देखु कहाँ देखु पियारी आमा लाइ।
दिन गन्दै रात गन्दै बिती सक्यो बर्ष,
भेट्न पाए आमा लाइ हुन्थो होला हर्स।
कति होला दुख तिमीलाइ कति होला गाह्रो,
बाध्येता ले बनायौ मन ढुङ्गा भन्दा साह्रो।
सम्झाएर बस्छेउ होलाआफ्नै मन लाइ,
हाम्रो कुरा गर्छेउ होला साथीसङी लाइ।
सधैं आँखा भरिरहन्छ्न बाटो हेरिहेरि,
पैसा सगै हाम्रो माया नभुल्नु है फेरी।
काख भर्ने न्यानो माया जीवन सगी पनि,
बसेका छ्न मलाई नै पर्खिएर भनि।
लिइ आउनु न्यानो माया ल्याउनु चोखो मन,
आफ्नो सन्तान सबै भन्दा तिम्रो ठुलो धन।
बसेका छौ हामी यहाँ दिन गनि,गनि,
लेख्नु चिट्ठी हामीलाइ कैले आउने भनि,,
लेख्नु चिट्ठी हामी लाइ कैले आउने भनि।।

कबिता~~~ देश

किन बिग्ग्रीएको आज अगुवा हरुको मति,,
लथालिङ भताभुङ हुँदैछ देशको गती।

किन खेल्दैछौ इतिहासले धिकार्ने खेल्,,
लोकतन्त्र नहोस् हाम्रा लागि कागको बेल।

सहने सिमा सकिनै लागो भयो अब अति,
खोक्रो भैइसक्यो मुलुक लुट्छौ अज्झ कति।

बेर पछि दैलो भेटीनुको कुनै अर्थ हुन्न,
मरे पछि फेरी कुनै ओखति ले छुन्न।

आगन टेडो  छैन  ढंग  पुर्याएर  नाचे,
मुलुक लोकतन्त्र बाचाउ र आफुपनि बचेँ....

(कारगिल) लड़ाई माँ सम्बंधित (गीत)

कारगिल माँ खुशी ढल्यो भाग्य मेरो फुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

चाखेवाको जोड़ी थियो नौलो चिनाजानी,
मुटु भीत्र पस्दै थिये बनी उनकी रानी,
निस्ठुरी बैरीले त साथी मेरो लुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

कोपिला मै ओइली गयो पिरतिको फूल,
भाग्य लेखने दैब एस्तो नगर्नु है भुल,
किन गर्ने एक्लो यात्रा साथी मेरो छुट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

हिउ आफै बलेपछि शीतल काहा खोज्ने,
हिड्ने अब पाईलै छैन बाटो किन रोज्ने,
अध्यारो भो जीबन मेरो प्रकाश सबै हट्यो,
फूल जस्तै फक्री फूल्ने धोको मेरो टुटयो ll

कबिता मेरि आमा

आँफै लाइ टुक्राएर,काल सँग पौठे जोरी खेल्दै,,
सन्तान लाइ जन्म,दिन्छिन प्रसब पिडा झेल्दै।।
डुबेर चिन्तामा सन्तान लाइ,सधभरि फुल्याउछिन,,
तीनकै खुशीका लागि,आफ्नु दुखपिडा भुलाउछिन।।
आसु रित्याएर मामाताको,अ्मृत धारा पियाउछिन,,
तीनकै खुशीका लागि,मस्तिस्क सधैं खियाउछिन।।
आफु जलेर मैन भै,उज्यालो सधैं छाडि दिन्छिन,,
तीनकै दुख आफु शहेर,सुख सधैं बाडी दिन्छिन।।
लिएर हैन दिएर उनि,सधैं खुशी भ ई दिन्छिन,,
तीनकै दुखमा आफ्नो खुशी,लुकाएर रोइ दिन्छिन।।
जती दर्द,पिडा दिए पनि,राख्दिनन कुनै बैरभाब,,
उन्को रगतमा बगिरहन्छ सधै, माया र सदभाब।।
निस्वार्थ प्रेम बाडीदिन्छिन्,राख्छिन सधैं भाबसमता,,
उनि भित्र रितिदैन कहिलेइ,माया प्रेम र ममता।।
धर्म्,कर्मा गर्ने भए गर्,पैले आमा कै पूजा,,
आमा को आँखा बाट आसु बगे,,सत्कर्म हुन्छ धुजा,धुजा,धुजा,.................NAMASTE

बिदेस :गिती कबिता

जादै छु माथि पोलेर छाति कोइकोइ त होलान नि,
निस्ठुरी भनि सम्झेर मलाई साथी भाइ रोलान नि।

आकश् को बादल झै फाट्यो मन आसु को बलेनी,
बिचरा भन्ने मलाइ कोइ छैन  प्राथी या गलेनि।

दिनमा लदाइ,रातको सताइ ढुङ्गाको जस्तो मन,
आँखा मा आसु बोकेर  सधै कसरी कमाउ धन।

न गास मिल्छ्,न भाषा मिल्छ न मिल्छ रङरुप,
नमिठो चस्का हाने झै बिझ्छ्न् मुटु मा काडे हुप्।

सैया मा सुति,लिएमा छुट्टी उड्नेछ यो आत्मा,
मनको कुरो बुझ्दैनन कोही बुझी देउ  पर्मात्मा।

नमस्कार्~~~~~~मित्र हरुलाइ~~~~~~~

गीत (अधुरो सपना)


हे पैसा वाला दाइ अधुरो सपनाले रुवायो हामि सबै लाइ===

घर्,बारी धितो राखी ॠण जमाएर,,
परिवार खुशी राक्छु धन कमाएर,,
भन्दै हिंडे मन बाटै रमाइ,  अधुरो सपनाले रुवायो हामी सबैलाइ ।।

आमा तिम्रो चोली फेर्छु,बाबा तिम्रो भोटो,,
आसिर्बाद दिनुस् मलाई घामले डाडा काट्यो,,
हतार गरे लाहुरे हुनलाइ,  अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।

बैनी तिम्रो किताब किन्छु श्रीमती लाइ साडि,,
धन कमाइ कर्जा तिरि ल्याउछु कोठे बारी,,
यस्तै आसा बोकेर जानेलाइ, अधुरो सपनाले रुवायो हामी सबै लाइ।।

चालिस् डिग्री ताप सँगै छ्त्रे क्यापको भर्मा,,
अहिले सम्मा केही पठाउन पाको छैन घरमा,,
छाडी आए लाला र बाला लाइ,, अधुरो सपना ले रुवायो हामी सबै लाइ ।।

सुखा तलब्, दुख धेरै छैन कुनै आस,,
अपूर्ण छ जीवन मेरो सधैं रित्तो बास,,
सम्झी बस्छु नेपाल आमा लाइ,, अधुरो सपनाले रुवायो हामी सबैलाइ ।।


भाग्य एस्तई हो की मेरो समय को खेला,,
इश्वोर तिमी साक्षात भए नगर न झेल
कति पुजु देवी र देउतालाइ,, अधुरो सपना ले रुवायो हामी सबैलाइ ।।

घर जान मनलाग्छ पैसा छैन साथम,,
जती भको खेतबारी पर्‍यो साहुको हात्मा,,
ॠण बोकी आएछु रुनलाइ,, अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।

मात्रीभुमी आमालाइ सम्झी आसु झर्यो,,
देश को हालत बिगृनाले बिदेसिनु पर्‍यो,,
छैन सुख बिदेस जानेलाइ,, अधुरो सपनाले रुवायो हामी सबै लाइ ।।

KALPANA GIRI==ISREAL~~NAMASKAAR~~

गजल;याद त्यही खाट को,(५)

मल्मलैमा सुतेपनि,याद त्यही खाट को,
बेन्जनैमा डुबेपनि,याद त्यही भात को।

सुन्दर छ्न बगैचा घुम्न जाने ठाउ हरु,
जहाँगइ रमेपनि,याद त्यही साथ को।

हुस्कि,ब्रान्डि,वाइन् बियर,तन्दुरिछ साथमा,
सबैभन्दा मिठोतुम्बा,घर छेउ हाट को।

भरदिन् को लदाइ ले,मिठो सँग गल्दा पनि,
सुत्नेबेला यादआउछ,सिरानी त्यो हात को।

बिछोडमा सब्लाइ होकी,मलाईमात्र एस्तो हुने,
संसारैमा खाचोपर्ने,माया भन्ने जात को।

मल्मलैमा सुते पनि,याद त्यही खाट को,
बेन्जनैमा डुबेपनि याद त्यही भात को।

गजल~~~(फूल्न सकिन) (४)

तिम्रो मनको बगैचामा,बास्नाछरि फूल्न सकिन,
मेरो  सपना मनबाट,अलगराखी भुल्न सकिन।

तिमि तिर बढ्ने पाइला,धकले नै रोकिदियो,
मन्को धोको मन्मैरह्यो,सामुआइ खुल्न सकिन।

डुब्यो छाया रात सङ्गै,उडेउ अन्तै बास बस्न,
मेरो दिलको पिन्जडामा, तिमीलाइ हुल्न सकिन।

चाहानाका रङ्गहरु,आँखाबाट बग्न थाल्दा,
तिम्रो जवानी मेरोरङ्गमा,मिसाएर,घुल्न सकिन।

गास्नै नपाई चुडीएछ,सम्बन्धको हाम्रो नाता,
जोडी सरी चखेवाको,तिमीसङ्ग डुल्न सकिन।

तिम्रो मनको बगैचामा,बास्नाछरि फूल्न सकिन,
मेरो  सपना मनबाट,अलगराखी भुल्न सकिन।

गजल् = आए हुन्थ्यो (३)

कति बस्छौ टाढा,ऐले आए हुन्थ्यो,
तिम्रो न्यानो साथ्,मैले पाए हुन्थ्यो।।

घास दाउरा जादा,सधैं एक्ली हुन्छु,
माया गर्दै तान्ने,हात ल्याए हुन्थ्यो।।

तिमी सम्झी रुदा,आधा बेहोस् हुन्छु,
आँसु  खस्दा अड्ने,आँत छाए हुन्थ्यो।।

दुख सुख साटि,बस्ने कसम् खान्छु,
माग्ने छैन धन्,अब धाए हुन्थ्यो।।

बानी परी सके,आसुले मुख धुन,
हाँस्दै साथ्मा बसि,ढिडो खाए हुन्थ्यो।।

गजल........नियम कानून् लेख्न सकेनौ........(२)

खेल्यौ मात्र रक्त होली, गरिब खाल्डो देख्न सकेनौ
कुर्सी खोस्दै वेला गयो, नियम कानून् लेख्न सकेनौ ।।

खोज्यौ आफ्नै स्वर्ग मात्र, जनता भए नर्क बासी
नारा दियौ स्वर्ग देश, अशान्तीलाई छेक्न सकेनौ ।।

बानी पर्यो लुटि खाने, लगाइ बाली बिक्रितीकै
रित्तिए'नि राष्ट्र धन, विकास सिँडी टेक्न सकेनौ ।।

हेर आज मेची काली, गुहार मागि रोइ रा'छ
घाऊ माथी नाँच्न जान्यौ, मलम दलि सेक्न सकेनौ ।।

आज तिम्रै सत्कर्मले, जंगल बासी नाम पायौँ
विश्व पुग्यो हेर कहाँ?, पुच्छर सुद्ध भेट्न सकेनौ ।।

सकारात्मक सुझाबको प्रतिक्षामा .........
कल्पना गिरी (काली)

गजल ~~ साली (१)

तस्वीर हेर्दा गोरी देख्थे,मान्छे भने काली रहिछौ,
निरास हुँदै कुरि राथे ,मेरै दाइ की साली रहिछौ।।


लोभ्याउने हाँसो तिम्रो, मृग नयनी सुन्दर आँखा,
कोमलता कि धनी तिमी, सुन्दरताकी डाली रहिछौ ll


बत्तिस  लक्षण युक्त भइ ,गुणै गुणले सजिएकी,
छेउमा  आएँ सुन्दै बुझ्दै ,तिमी सब्की ताली रहिछौ।।


उमेर पनि भन्दै थियो,जिबन साथी खोज भनि,
मलाई पर्खे जस्तो लाग्यो,तिमी साचै खाली रहिछौ।।


जान्नन्  आँखा अन्त कतै,तिम्रो तस्वीर भन्दा बाहेक,
ज्योतिष हेर्दा थाहा भयो,मेरै बाग कि माली रहिछौ।।


तस्वीर हेर्दा गोरी देख्थे,मान्छे भने काली रहिछौ,
निरास् हुँदै कुरि राथे ,मेरै दाइ की साली रहिछौ।।