Social Icons

कविता ~भावनाको मनखेत भित्र

भावनाको मनखेत भित्र

रहरका बेर्नाहरुलाई
फूल रुपी जीबन दिन  
कलम रुपी  हलोले
कहिले  जोत्दै 
कहिले  सम्याउँदै
निरन्तर लागी रहेछु।* 
यो प्यासी  मन
नत अघाउँन सक्छ
नत सन्तुस्टी हुँन  सक्छ  
विगत देखी वर्तमान सम्म*
स्वप्न * गगनमा
सपनाको ताज महल चुल्याउदै
भन्न सकुं 
कि * म सन्तुस्ट * छु

म 
निथ्रुक्क चाहानाले भिजेको हेर्न चाहने
तिम्रा लालाइत लोभी नजर
अब उप्रान्त
गिद्धे  दृष्टि फ्याँक्दै   नभौँतारिनु *
सहानुभूतीको बहानामा,  
भविष्यको गोरेटोमा
पाखा भरी सुनखरी भै फुलेर
सुनौला मनहरुमा रमाउदै,  
चुहिएका
परेली ओठहरुमा
सन्तोष र विजयी मुस्कुराहट बोकी 
भन्न सकु
म पूर्ण छु! सन्तुष्ट छु!!

कल्पना 'भावुक'
काठमाडौँ
हाल इजरायल 

कविता ~ प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ

कविता ~~~~

यूग परिवर्तन संगै
चिन्तन र बिचारलाई
मन्थन गरेर
एउटा 
नया आयाम थप्नु पर्छ  
अब,
प्रत्येक  मनमा बुद्धत्व जाग्नु  पर्छ  

झुपडी देखि पाँच तारे सम्म
भरिया देखि पजेरो सम्म
सुनौलो बिहानी सँगै
आह्वान   बनेर
शिक्षाको बिज बर्साउन
एउटा  संकल्प लिनु छ
अब
प्रत्येक  मनमा बुद्धत्व जाग्नु पर्छ

शान्तिको देश भन्छौ
अशान्तिको नारा चर्केको छ
लक्ष्मीको  देश भन्छौ
अभावले  सिमा तरेको छ
जलश्रोतको देश भन्छौ
औंशीले राज्य गरेको छ
के..
अझै चुप लागेर बस्न सक्छौ?

मन खेतमा बनमारा छाई सक्यो
छिमेकिले गीत बनाएर गाइ सक्यो
मौलाउँन  नदिएरै फाड्नु  पर्छ
अब
चेतनाको ज्योती  जाग्नु पर्छ
त्यसैले 
प्रत्येक मनमा बुद्धत्व  जाग्नु पर्छ  
,,,
 कल्पना भावुक 
काठमाडौँ!

गजल ७४ शान्तिको दिप बनेर उठौं

गजल ,,
शान्तिको दिप बनेर उठौं  क्रान्तिको आगो बालेर नबसौ
सिरको टोपी  सगरमाथा  बैरीको सामु  ढालेर नबसौ|
,
ति धुपी सल्ला छाँगा  छहरा सुसेली हाल्दै बयली खेल्दछन  
पौरख  गरौँ   आफ्नै  हो  भनी  समय खेर  फालेर   नबसौ |
,
जाँदैछ खेर नदी र नाला चौतारी  पनि   हामीलाई कुर्दैछ 
फालेर खेर  यो युवा शक्ति पराईको  आँगन टालेर नबसौ|
,
न ठुलो रुप न ठुलो धन संसारमा ठुलो मान्छेको मन,
मानिस उस्तै रातो छ रगत  भेदभाब अब पालेर नबसौ|
,
सुगन्धित पारौं देशको माटो दुस्मनी छायाँ नपरोस भूमिमा,
सम्पदा  हाम्रो धनि छ साथी कुबिचार मनमा गालेर नबसौ|
,
कल्पना "भावुक"
काठमाडौँ

गजल


""""गजल"""""
.मुटुका यि  पाना भरि  लेखे जिन्दगीलाई
,हरेक प्रहर  सपनिमा  देखे जिन्दगीलाई |.
.
घाऊ थियो छाती भरि मनमा पिडा उस्तै ,
धेरै दया  मायाँ राखी  सेके जिन्दगीलाई |
.
.गाँस बास   कपासको   चाह राखी फेरी ,
स्वार्थी बस्ने  शहरमा   बेचे जिन्दगीलाई |
.
सयौँ खोला घुम्ती जंघार क्षितिज काटी आज ,
यति टाढा  रेगिस्तानमा भेटे जिन्दगीलाई |
.
परिश्रमी   पसिनाको   सागर भित्र डुबी ,
सारंगीको  तार सरि रेटे   जिन्दगीलाई |
.
सुभ पल कुसल मंगल रहोस तपाइहरुको |

टिका खड्का राष्ट्रप्रेमी

हिटलर को जन्म

कविता
हिटलर को जन्म

पर्खाइको लामो अन्तराल पछी
मुर्झाएका मेरा प्रतेक चाहनाहरु
तिम्रो सामु परेपछी
तिम्रो एक मुस्कान सँगै
अनि लजालु पन सँगै
सुगन्ध छर्दै
जुरुक्क उठ्नेछन्!
जब तिमीले
बाहु पासमा बाधेर
एक चुम्बन दिनेछौ
काउकुतिका रेखाहरु सल्बलाउदै
बिधुतिय  तरंग  सँगै
उर्जा थपेर
भौतारिनेछन् मेरा नजर
तिम्रा कामुक अंग तिर!
अनी
लामो सुस्केरा सँगै
चाहनालाइ प्रस्फुटन गर्दै
सयन कक्ष तिर
लम्कदै
इसारामै बोलिनेछन्
सारा मनका कुण्ठाहरु
पोखिने छन्
बिछ्यौना भरी रहर बनेर!
असंतुस्टि
दुइ आत्माहरु
अतृप्त प्यास मेट्दै
तृप्त नहुन्जेल
चलिरहने छ
त्यो प्रक्रिया
तिमी र म बिच
न त त्याहा
कसैको बिघ्न हुने छ
न कसैको बिरोध नै |
तिमी
अनि म,
सुनसान त्यो रात
यौबनले खारिएको
रात
यौबनको नसामा 
चुर्लुम्म
डुबेको रात
दुइ आत्मीय पात्र बिच
एक 
घमासान युद्द चल्ने छ,
र 
केहि क्षणमा
मेरो गर्भ भित्र
एउटा 
जिबित आत्माको प्रवेश हुने छ
अनि बिस्तारै 
ऊ बढ्दै जानेछ!
जब ऊ पूर्ण हुन्छ
जन्मने छ यो धर्तीमा 
हिटलर  बनेर
अनि मासिने छन्
सबैका कर्तुतहरु  
अनि पेलिनेछन्
तिनीहरु  सँगै
तिनका तानसाही बिचारहरु  
मनुस्य  रुपी मखुण्डो सँगै
ध्वस्त हुने छन्
निसाचारहरु!
र जन्म हुनेछ 
स्वतन्त्र  बिचारको
उच्च बिचारको
नया नेपालको
बस नया नेपालको ! 

कल्पना भाबुक
काठमाडौँ
हाल इजरायल !

दासी नबन ७३

गजल
,
एक चिम्टी सिन्दुरको प्यासी नबन
एक  त्यान्द्रो पोतेको नी दासी नबन!
,
युग पुरुष जन्माउने तिमी  आमा हौ 
अमुल्य त्यो जीवन फाल्ने रसी नबन!
,
मनको बाँद फुटे पनि दृढ अठोट लिई  
अटल  होउ  चुहिने त्यो बलेसी नबन!   
,
चेतनाको दियो बाल शान्ति पथ रोजी 
आफ्नो भाग्य आफैं मेट्ने मसि नबन!
,
सांसारिक  सुख भुली   युग  बदल्नु छ
पल भरको  सुख  रोजी  ऐयासी नबन !
,
कल्पना भावुक
काठम...

रहर लाग्दो बैंस तिम्रो.....७२

गजल :
रहर लाग्दो बैंस तिम्रो.....
,
गरिबिको छानो टाल्न धेकेलियौ खाडी तिर,
रहर लाग्दो बैस तिम्रो होमी दियौ बाढी तिर!
,
सुहाउथ्यो गुन्यू चोली रमेकी'थ्यौ  संस्कार भित्रै  ,
अब पाइन्ट सजिलो भो मन जाँदैन साडी तिर!
,
महंगीले सिमा काट्यो  धान फल्ने खेत छैन,
पाए मकै  भुटी खाउँला  ध्यान देऊ  हाँडी तिर!
,
सात घण्टा सुते पुग्छ  आलस्यपन छाडी उठ,
सुर्योदय  भई  सक्यो  नहेर भो  नाडी  तिर!
,
चिसो लाग्ला अगेनाकै भुंग्रो सँगै  नाता जोडौ
मलमल के हो थाहा  छैन बिर्सिदेउ   राडी तिर!
,
कल्पना "भावुक "
काठमाडौँ |

ओइलिएको पात देख्यौ ७१

गजल
दिप बनि आएको थें अँधेरी त्यो रात देख्यौ
पलाउँन  खोजेको थें ओइलिएको पात देख्यौ|
,
ग्रहण थियो दाग संझी लत्याएर सितल जून
सामाजको नजरबाट मलाई सानो जात देख्यौ|
,
माया पनि ऐंचो पैचो हुँदो रैछ कलियुगमा
एकै मुस्कान अनुरोधको पर्न जाने घात देख्यौ|
,
निस्ठुरी कै नाम पाउँने गल्ति मेरो ठुलो रैछ
प्रित भित्र खाको कसम बैमनिको लात देख्यौ|
,
बिछोडमा दुवै मन टुक्रीदिन्छ जान्दाजान्दै
ज्यानै दिन तयार हुँदा अबिस्वासी साथ देख्यौ|
,
कल्पना भाबुक
काठमाडौँ|