Social Icons

गजल ~केहि छैन साथी ८८

गजल ~केहि छैन साथी 

लाग्छ आज आफैँ माथी भर छैन साथी!
जबर्जस्ती  माया गर्न कर  छैन साथी!
,
चोइटिन्छ सिंगो मुटु प्रेम बसाई सर्दा
शितल दिने पीपल सँग बर छैन साथी!
,
संघर्स मै बित्यो जीबन संघर्स मै बित्छ 
पर्खाइको  काल  पनि पर छैन साथी !
,
प्रतेक दिन घाम डुब्छ जीबन एकदिन डुब्छ 
प्रकृतिको  नियम सँग  डर  छैन साथी!
,
कल्पना भावुक 

गजल~~ जीत उस्तै उस्तै,८७

गजल~~ जीत उस्तै उस्तै,

तिम्रो मेरो जमानाको गीत उस्तै उस्तै
तिम्रो मेरो लहनाको  रित  उस्तै उस्तै |
,
छैठीमा नै  लेखिएछ मिलन यो  मुटुको 
तिम्रो मेरो भावनाको मित उस्तै उस्तै |
,
रसिलो छ बाग हाम्रो मौसम सुवासिलो 
तिम्रो मेरो चाहनाको धित उस्तै उस्तै |
,
बिस्वासको पर्खाल हाम्रो छैन शँका कत्ति 
तिम्रो मेरो  बहानाको  हित उस्तै उस्तै|
,
असिमित छ माया हाम्रो एउटै छ लक्ष्य    
तिम्रो  मेरो  सामनाको जीत उस्तै उस्तै|
,
कल्पना भावुक,काठमाडौँ 
हाल ,इजरायल |

गजल~बादल जस्तै सगर छुने रहरमा पुग्छ यो मन! ८६

गजल 
बादल जस्तै  सगर छुने रहरमा  पुग्छ यो मन! 
कल्पनाको झिलिमिली  सहरमा पुग्छ यो मन! 
,
जबर्जस्ती  लादिएका  बोझ  बाट मुक्त  हुँन  
ढुकढुकी नै रोकौ भनी  जहरमा पुग्छ यो मन! 
,
जिन्दगीका खुशी जती दुइ किनार लागे मेरा   
सन्तानको आँशु रोक्न कहरमा पुग्छ यो मन! 
,
कैले  डुबे गहिराइमा  कैले छाँगा बाट खसे 
भावनामा बहकींदा   लहरमा पुग्छ  यो मन! 
,
मानिसको जीबन  जस्तो अरु केहि भेटिन है   
खुशी दिदै सधैं  हास्ने ठहरमा पुग्छ यो मन!
,
कल्पना भावुक 
काठमाडौँ
हाल इजराएल