Social Icons

गजल ~~९१ कल्पनाको साहस लुट्यो

गजल ~~कल्पनाको साहस लुट्यो 
,
तिमी सँग आएपछी जन्मघरको नाता टुट्यो!
इस्टमित्र  नातागोता आफु खेल्ने आँगन छुट्यो!
,
नफक्रिदै पुगेछु म पराइको घुम्टो ओढ्न 
बा आमाको काख सम्झी झनै धेरै मुटु दुख्यो |
,
जारि थियो यात्रा मेरो पुग्नु पर्ने कतै टाढा 
रहरको खोली भित्र पिरतीको नाउ  डुब्यो|
,
बग्दै थियो जिन्दगानी बाँध हाल्दै जाँदै थिएँ 
बेमौसमी छाल आई कल्पनाको साहस लुट्यो 
,
कल्पना भावुक 
इजरायल

गजल ~~ ९० दुख्यो आज

गजल ~~दुख्यो आज 
,
मेरो आँशु सुकाऊने  , उस्को  पनि सुक्यो आज |
मेरो हाँसो रुकाऊने  ,  उस्को  पनि रुक्यो आज |
,
ध्वस्त भयो मेरो खुशी, जहाँ उस्ले पाईला टेक्यो 
मेरो भाग्य चुकाऊने ,   उस्को  पनि चुक्यो आज |
,
न्याय ढोका बन्द भयो,  सारा कर्तुत लुकेपछी 
मेरो व्यथा  लुकाऊने  ,  उस्को पनि लुक्यो आज |
,
खेल भयो यो जिन्दगी,  जिते पनि हारे जस्तै  
मेरो  मुटु  दुखाऊने  ,   उस्को पनि दुख्यो आज |
,
जब चर्चा सुरु भयो,   चल्यो हल्ला बतास झैँ 
मेरो शिर झुकाऊने  ,  उस्को पनि झुक्यो आज |
,
कल्पना "भावुक"
इजरायल 

गजल ~८९ बिस्वको सामु जन्ताको बिस्वास आर्यघाटमा नपोले हुन्थ्यो!

दुख्दै छ मुटु देशको चिन्ताले प्रेमको भाषा नबोले हुन्थ्यो 
बग्दैछ आँशु नेपाल आमाको मनको बह नखोले हुन्थ्यो!
,
खण्डित भयो मान्छेको मन देश टुक्र्याउने होडबाजी चल्छ
नेपाली हामी नेपालको माया रक्तकुण्डमा नघोले हुन्थ्यो!
,
बल झैँ ठाने जनभावना  फुटबलको मैदान नेपाल बन्यो 
बिस्वको सामु जन्ताको बिस्वास आर्यघाटमा नपोले हुन्थ्यो!
~
कल्पना भावुक