Social Icons

गजल १०७ म संगै हिजो बिताएका कुरा गर !


म संगै हिजो बिताएका कुरा गर !

चिन्ताका हैन चिताएका कुरा गर !
म संगै हिजो बिताएका कुरा गर !

सम्झना आयो एकपटक फेरि भन्छु 
बैसमा दुइ मुख मिठ्याएका कुरा गर !

भुतुक्क भाथ्यौ सुन्दरी थें तिम्रा लागि 
पट्याउन आँखा झिम्काएका कुरा गर! 

सम्झँदा लाग्छ समय त्यो फेरी भेटूँ 
मायामा यौवन रित्याएका कुरा गर !

कल्पना भावुक
इजराएल