मितेरी हितैको चुनेरै रमाएँ
दिलैमा बसेछौ लगाई सुराकी
परेली भिजेका थुनेरै रमाएँ
तिमीछौ अगी जो लजायो जवानी
छुटेको मजेत्रो बुनेरै रमाएँ
मनैले मनायौ लजाई पनैमा
सुनौलो बिहानी कुरेरै रमाएँ
लय छन्दः भुजङ्गप्रयात
१२२ १२२ १२२ १२२
iss iss iss iss
कल्पना गिरी (भाबुक)
काठमाडौँ
हाल; इजराएल

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment