Social Icons

मुक्तक

सबै खुशिहरुले हसाउँदैनन् 
सबै फूलहरुनी बासाउँदैनन् 
सच्चा प्रेम सधै अमर हुन्छ 
सबै प्रेमीहरुले फसाउंदैनन् !!

गजल१२१ मिठो बोले गालि रे यस्तै सुने आज


गजल 
मिठो बोले गालि रे यस्तै सुने आज 
तितो बोले तालि रे यस्तै सुने आज 

झुटो खेति सप्रेछि किन चाहियो नाता 
सत्य बोल्ने जालि रे यस्तै सुने आज 

धनि सुत्ने नोट माथि सुनको घर छ रे 
गरिबको घर नाली रे यस्तै सुने आज 

स्टार पप डान्स र डिस्को भन्छन हुने
नहुनेको खालि रे यस्तै सुने आज

तिम्रो नेपाल देश हैन बन्करको खेति
र बिग्रेको बालि रे यस्तै सुने आज !

कल्पना भावुक 

गजल~ 120 सपना पिएर बाँच्नुछ जिन्दगीमा

गजल
सपना पिएर बाँच्नुछ जिन्दगीमा
चाहाना सिएर बाँच्नुछ जिन्दगीमा !
.
चाहेको  गुलाब अर्कैले सिउरी दिँदा
काँडा नै लिएर बाँच्नुछ जिन्दगीमा !
.
बिर्सन सक्दिन छ तस्बिर आँखाभरी
यादमा खिएर बाँच्नुछ जिन्दगीमा !
.
यात्रा हो जिन्दगी मोडियोस त्यो मन एतै
सम्झना दिएर बाँच्नुछ जिन्दगीमा !
.
कल्पना भावुक

गजल ~119 बाँचुन्जेली जीन्दगीकै दासहुनु पर्छ

गजल ~ हुनु पर्छ 

बाँचुन्जेली जीन्दगीकै  दास हुनु पर्छ !
निरास हैन बाच्नलाई आश  हुनु पर्छ !

सर्बब्यापी कृतिमान छ भन्छन जीवित छ 
जीवित भए  एकमुठी  सास हुनु पर्छ !

बाच्नेहरु उखान जोडी  मर्ने रहर गर्छन  
मर्नलाइ'त प्राण उडी लास   हुनु पर्छ !

माया भन्ने शब्दलाइ दिन्छन सस्तो मूल्य  
मायालु त मुटु  भित्र  खास  हुनु  पर्छ !

कृतिम मुस्कान प्रसारणमा ब्यापार बढ्दैन है 
सुख  किन्न  मनको कालो  नास  हुनु पर्छ !

कल्पना भावुक 

गजल ~188 नजर भन्दा पर डुल्नु हुँदैनरे ! .

गजल ~
बिना   अनुमती   फूल्नु    हुँदैनरे !
नजर   भन्दा पर   डुल्नु   हुँदैनरे !
.
चुम्छ   भमराले   रस     देखेपछी
मिठो   बैश बोकी   झुल्नु   हुँदैनरे !
.
प्रेमको   परिभाषा   थाहा  नपाइकन  
मिलाई   मनमुटु   घुल्नु    हुँदैनरे !
.
भन्छ   तँ स्त्रीहोस्    दुस्ट  भगवानले
इछ्या   दबाउनु रे    खुल्नु  हुँदैन रे !

कल्पना भावुक 

नारी ~117 रुपियामा बेचिएकी माटो हैनन् नारी

नारी 
रुपियामा बेचिएकी माटो हैनन् नारी
मनलागि कुल्ची हिड्ने बाटो हैनन् नारी !
,
मन दिए माया दिन्छिन जीबन दिए साथ
बल्झिबल्झी दुखि दिने खाटो हैनन् नारी !
,
गाँस काटि भोक मेट्छिन् सबै खुशी पार्छिन
आफ्ना खुशी पिसिरहने जाँतो हैनन् नारी !
,
आमा छोरी बुहारिको सबै स्थान लिन्छिन 
च्यातिएर फेर्नु पर्ने गातो हैनन् नारी !
,
जन्म घर कर्म घर टुट्न दिन्नन् नाता 
खिया लागि चुइने टिनको पातो हैनन् नारी !
,
कल्पना भावुक 

गजल~116 जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !

गजल
अन्जानमा समिप थियौ जानेपछी टाढा भयौ 
जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
.
मेला थियो सौन्दर्यको थियो मोल सम्पतिको 
हजारौमा तिमी अशल  छानेपछी टाढा भयौ !
.
समयको खेल होकि   नियतिले ठग्यो कुन्नि 
भनेजति  सबै कुरा    मानेपछी टाढा  भयौ ! 
.
साचै स्वार्थ भनु यात ढुङ्गा थियो छातीभित्र 
काँडा हैन फूलले नै   हानेपछी  टाढा भयौ !
.
कल्पना भावुक

गीत ~13 प्रिय तिम्रो चिठ्ठी पढ्दा

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा

प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !

तिम्रो खुशी खोजि हिड्दा समुन्द्र नै तरें
परिवारको सम्झनामा पटक  पटक मरें
चन्द्रमामा ग्रहण लाग्नु दोष मेरो देख्यौ 
ढुङ्गाको मन रैछ अनि कठोर हुँदै लेख्यौ !

सबै कुरा तिम्ले मात्रै भने जस्तो हुन्न 
बिदेसीको गुलाम् हुँदा कस्को मन रुन्न 
सबै पराइ सम्झी भन्थेँ तिमी  मेरो रैछौ 
भ्रम  रैछ यी आँखाको अर्कैको पो भैछौ !

प्रिय तिम्रो चिठ्ठी पढ्दा मुटु धड्किदैछ 
नाता टुटी आँसु बग्यो मन चर्किदैछ !
kalpana bhaawuk 

गीत ~22 एकैनास बगे हुन्थ्यो पिरतिको खोला !

गीत ~
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !
भेल बाढि चल्न थाले भेट होला न होला!
.
आँखाभरि  सजाउँछु,  मुटुभित्र  साँच्छु  
अधेरीमा  पर्न दिन्न, जून संगै  राख्छु 
यस्ता कसम नखाएनी, प्रेम अमर होला 
एकैनास बगे हुन्थ्यो,  पिरतीको खोला  !
.
पारीजात  नहोस बरु, नहोस सुनाखरी 
आँसु हाँसो  मिसिएर, रहोस सधैं भरि 
दुख सुख बाँच्न पाए, कस्तो हुन्थ्यो होला 
एकैनास बगे हुन्थ्यो  पिरतिको खोला  !

कल्पना भावुक 

गीत ~21 कस्तो होला सम्झनाको भारि बिसाउँदा

गीत 

कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुशी सिरानीमा  माया  मिसाउँदा !
.
रहरहरु लाजाउलान नजर थोरै झुक्ला 
चाहनाको होडबाजीमा बोलि थोरै रुक्ला 
मैले थोरै घुर्क्याउँदा  तिमी  रिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कस्तो होला सम्झनाको भारि बिसाउँदा
हाँसिखुसी सिरानीमा  माया  मिसाउँदा !
.
पिरतिका  आभाहरु  मुहारमा पार्दै 
अंगालोमा खुशी पोखि हर्ष आँसु झार्दै 
पोखिएका आँसु माथि चुम्बन मिसाउँदा 
कस्तो होला सम्झनाको भारि बिसाउँदा !
.
कल्पना भावुक