गजल~116 जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
गजल
अन्जानमा समिप थियौ जानेपछी टाढा भयौ
जिन्दगीको मेरो मालिक ठानेपछी टाढा भयौ !
.
मेला थियो सौन्दर्यको थियो मोल सम्पतिको
हजारौमा तिमी अशल छानेपछी टाढा भयौ !
.
समयको खेल होकि नियतिले ठग्यो कुन्नि
भनेजति सबै कुरा मानेपछी टाढा भयौ !
.
साचै स्वार्थ भनु यात ढुङ्गा थियो छातीभित्र
काँडा हैन फूलले नै हानेपछी टाढा भयौ !
.
कल्पना भावुक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment