गजल ~119 बाँचुन्जेली जीन्दगीकै दासहुनु पर्छ
गजल ~ हुनु पर्छ
बाँचुन्जेली जीन्दगीकै दास हुनु पर्छ !
निरास हैन बाच्नलाई आश हुनु पर्छ !
सर्बब्यापी कृतिमान छ भन्छन जीवित छ
जीवित भए एकमुठी सास हुनु पर्छ !
बाच्नेहरु उखान जोडी मर्ने रहर गर्छन
मर्नलाइ'त प्राण उडी लास हुनु पर्छ !
माया भन्ने शब्दलाइ दिन्छन सस्तो मूल्य
मायालु त मुटु भित्र खास हुनु पर्छ !
कृतिम मुस्कान प्रसारणमा ब्यापार बढ्दैन है
सुख किन्न मनको कालो नास हुनु पर्छ !
कल्पना भावुक
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment