भोकाएका आँखाहरुले सधैँ मलाई हेर्छन
तिर्खाएका ओठहरुले सधैँ मलाई केर्छन
मेटु भनी इछ्याहरु तिमी तिर बढ्दा खेरि
तिम्रा भने पाइलाहरुले बाटो अन्तै फेर्छन
२
हास्नु बोल्नु माया लाउनु भावनाको गीत संझ
आँशु खुशी मिलन बिछोड नियतिको रित संझ
दोभानमा भेट हुदै छुटिएका नदि जस्तै
पर्खाइमा जीवन काट्ने यही हाम्रो जित संझ |
३
किन रुनु सब्द भित्र हासेर नै बोले हुन्छ
हृदयका पानाजती मेरै सामु खोले हुन्छ
कैले टाढा कैले नजिक समयको खेला संझ
थकाइ र बेदनालाई एकै ठाउँमा पोले हुन्छ
४
बसन्तमा पलाउन सिसिरमा झर्न सिक
हर्सका आँशु झार्न प्रतिक्षा गर्न सिक
अरुको खुशी हेर्दै बाच्नु पर्ने दुनियामा
छितिजको लक्ष्य चुम्न समय सँगै सर्न सिक
कल्पना भाबुक
काठमाडौँ
हाल इजराएल.

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment