जे जे पर्ला बेहोरुंला हेरीदेऊ यो जवानीलाई
नमेटिने रङग घसी केरीदेऊ यो जवानीलाई !
~~
अत्तर सरी फैलिएर मोहिनी त्यो पासो थापी
लिप्त कामुक बासनाले सेरीदेऊ यो जवानीलाई !
~~
उकुस मुकुस गुम्सिएका बैशालु इ तिष्णा सँगै
टाँसिएर अंगालोमा बेरिदेऊ यो जवानीलाई !
~~
रुखो सुखो मलजल गरी उर्वरसिल बनाएर
बसन्त त्यो ऋतु जस्तै फेरीदेऊ यो जवानीलाई!
~~
भुवा सरि उडी रा'छ उम्किएला यो मन कतै
पिरतिको बार हाली घेरिदेउ यो जवानीलाई !
~~
कल्पना भाबुक
काठमाडौ
हाल; इजरायल
No comments:
Post a Comment