Social Icons

गजल ६६ बल्झिएर दुख्दा

गजल,

प्रजातान्त्रिक घाऊ आज बल्झिएर दुख्दा
इज्जत तिम्रो थाहा भयो दुनियाले थुक्दा !
,,
धर्म कर्म गर्न छाडी गिर खेल्छौ सधैँ
गोर्खाली नाम लोप होला हाम्रो शिर झुक्दा !
,,
सुस्ताउँदै बिरहमा रुन्छन मेची काली
हिमाल तराई दुखि रा'छ कर्मठ पाईला रुक्दा !
,,
अल्प बुद्धि अल्प ज्ञान सधैँ यस्तै भए
बल्ल थाहा पाउने छौ मानबता लुक्दा !
,,
केहि गर्न लागी पर भाषण मात्र हैन
भोलि सबै जोगी हुन्छौँ तिम्रो बोली चुक्दा !
,,
पुर्ब पश्चिम उत्तर दक्षिण भेद भाब राखे
कुलेलाम ठोक्नु पर्ला पराईले भुक्दा !
,,
कल्पना गिरी(भाबुक)
काठमाडौँ

No comments:

Post a Comment