न हुन्छु सागर न तार्छु डुंगा शीत पो परेछु,
मानिसका भिडमा बर्ग छुट्टिने निच पो परेछु
पारि थ्यो माया वारि म हुँदा मन जोड्ने रहर भो
न जाँन सकें न भयो भेट बिच पो परेछु
उमेर सँगै बैशले छोप्दा रोजे छु कसैलाई
मनको चाह राख्नलाई खोज्दा मित पो परेछु
भावना भरी सजाउँछन् सबै गुनगुन गर्दछन
टुक्रेका मन मिलाई दिने गीत पो परेछु
कहिले हाँसो कहिले रोदन रहेछ जिन्दगी
कसैलाई रुवाइ शिखर चढ्ने जीत पो परेछु
कल्पना भावुक
काठमाडौँ
No comments:
Post a Comment