गजल-नअटेरै हो कि माया ..112
गजल-नअटेरै हो कि माया ...
नअटेरै हो कि माया आँखाबाट पोखिएको
नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको !
आकाशमा बादल रुन्छ म धर्तीमा एक्लै रुन्छु
रुनैथ्यो त प्रेमी नजर किन यता ठोकिएको?
हत्केलामा ठेला देख्छु निधार मरुभूमि लाग्छ
साथ्मा भए देख्ने थिएँ का छ भाग्य छोपिएको?
छातीभरी बैश फुल्दा हृदयमा तिमी बस्यौ
सार्थक हुन्थ्यो जिन्दगानी पाएदेखि रोजिएको !
कल्पना भावुक
इजरायल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment