Social Icons

मुक्तक

पाँच ; मुक्तक हरु.....
~
घरदेश सम्झिएर कैले फिरु हुन्छ आमा
सधैँ तिम्रो सम्झनाले मेरो मन रुन्छ आमा
कठै भन्ने कोहि हुन्न शैया माथि चढे पनि
तिमी जती माया गर्ने यो धर्तिमा कुन छ आमा?
~
मेरो भाग्य कस्तो बन्ला नियतिलाई चासो थियो
मसि भर्ने कलम भित्र पीडा बोक्ने आँशु थियो
लक्ष्य बिहिन यात्रा मेरो दौडि रह्यो भाग्य सँगै
एक मुठ्ठी श्वास मेरो आफैँ लाइ पासो थियो ।
~
टालाटुली बटुली झैँ सत्तामाथि खेल हुन्छ
भ्रस्ट अनी चाकडिको बिच बाटोमै मेल हुन्छ
यस्तै गरे एकादेशको कथा हुन सक्छ देश
बिकृतिको खोल ओढी न्याय माथि झेल हुन्छ।
~
आफु मात्र दुखेको देख्नछन यहाँ सबै
घाऊ माथि आगोले सेक्छन यहाँ सबै
हित गर्ने मित्राताको जमाना नै कहाँ रह्यो
हिड्न खोज्दा बाटो ढुकी छेक्छन यहाँ सबै।
~
हामी बाटै गल्ति हुन्छ माफ गर्न जान्नु पर्छ
मिठो बोली मायालु पन यसमै सर्न जान्नु पर्छ
समस्याले जन्माउछ सत्रु मित्रु सबलाई यहाँ
मन मिलाउने सब्द खोजि चर्न यहाँ जान्नु पर्छ|
~
कल्पना भाबुक
काठमाडौं
हाल ; इजरायल

No comments:

Post a Comment