गजल १११ ~~ मेरी आमा
गजल ~ मेरी आमा !
सानो कलम ठुलो रहर शिखर छुन्छ मेरी आमा
अज्ञानी छु सानो छोरो ज्ञानी हुन्छ मेरी आमा !
,
सताउछु रुवाउछु कत्ति दुखः दिन्छु तिम्लाई
हासी हासी फकाउछेउ दिब्य गुणछ मेरी आमा !
,
लापत्ता छन् मेरा बाबा दुस्मनले हेरे तिम्लाई
डराउदिन बद्लालिन तिम्रै खुनछ मेरी आमा !
,
कैले हुँला प्रवासमा कैले हुँला तिम्रै काख
इ कानले तिम्रो मात्र आवाज सुन्छ मेरी आमा !
,
धर्य गर भविस्य त्यो बनाउछु आफ्नै हातले
यो कालेले तिम्रो दुख चाडै फुन्छ मेरी आमा !
,
कल्पना भावुक
इजरायल
कविता ईच्छामृत्यु-पत्र
बिक्रम सुब्बा
कविता ईच्छामृत्यु-पत्र
कविता ईच्छामृत्यु-पत्र
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
ओछ्यान परेकी तिम्रै वारिसको नाताले
तिम्रो अग्रिम-मरणको मेरो ईच्छापत्र लेखिरहेछु -
अर्थात, मेरा काखमा अखण्ड शिर राखेर, मसँग
मुलायम-मुलायम माया बोल्दा-बोल्दै तिम्रो प्राण जाओस्
मौरीको रानीजस्तै लोकन्तीका झुण्डामा राखेर
मेरा घरको अग्नी-मण्डपमा तिमी पुर्याईएपछि
स्वागत-बडाइँका दर्जनौँ जोरनाले बन्दुक बजाउँदे
पच्चिसौँ च्याब्रुङ र नौमतीबाजा घन्केको साईतमा
पहिलो पटक जिउ नै सिरिङ्ग पार्ने तिम्रो हात छुँदै
मैले 'सौभग्यवती भव:' भनेर सिन्दुरले
तिम्रो भर्जिन सिउँदोमा हालेको भविष्य-वाणी पुगोस्
अर्थात, नरकको दैँत्यलाई पनि, तिम्रो
निधारमा 'विधवा' शब्द लेख्ने मौका नमिलोस्
अर्थात, सिन्दुर-पोतेमै सजिएको तिम्रो सकल शरिर
घाटको अग्नी-देवलाई प्रसाद चढाउँन सकुँ
अंतिम घडीमा मेरा आँशु पनि कदापी खस्न दिन्न
अर्थात, तिम्रो रुद्रघण्टीमा घिडघिड तगारो पस्न दिन्न
महान अर्धाङ्गिनीलाई लगनको लुगामै विदा दिन सकुँ
यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा, तिम्रो लागी
यही सम्मानीय मृत्युको ईच्छा-पत्र लेखिरहेछु पृये!
…तिम्रा कोखबाट निसृत लालाबालाका हात-पखेटा उम्रिसके
अब तिनका आकाशको कुनै चिन्ता लिनु पर्दैन
अर्थात, खुशिसाथ तिमी पार्थिवयात्रा थाल
रहलपहल घरघरायसी धन्दाहरू मैँझारु गरेर, मैले पनि
त्यही क्रुर लाम्चो-अर्थी चढेर कात्रोको पहिरनमा
तिमीसम्म आउँने पर्यटन गर्नुछ पृये !
अर्थात, हामी दुई त एक मुटुका
आधा-आधा अनमोल धातुहरू कतै खोजेर-भेटेर
ईमान्दार देउताको आरनमा ढलोट दिव्य-आत्मा हौँ
अर्थात, हीराभन्दा बलियो हाम्रो प्रेमको ढिक्कोलाई
फुटाएर हरण गर्ने रावण कतै जन्मेकै छैन
तेसो त, मेरो देहको पनि म्याद पुगिसक्यो पृये!, बरु
मेरा आत्माको लागि पनि एक असल कुलको गर्भ खोजिदिराख्नु
अर्थात, पवित्र नश्लका आत्माले अनिवार्य अवतार लिनु पर्छ
अनि फेरि भाँडाकुटीको भोज-भतेर सहित
हाम्रा पुतलीहरूको रमाईलो विहेको साईतमा
प्रणयका अनेक अध्याय र परिच्छेदहरू थप्नु पर्छ
अर्थात, फेरि कैलाशकुटमा हाम्रो एक चिटिक्क याक्सा थपेर
धुतुमुने र परीहरूले सिकुवा-आँगन भरिदिनुपर्छ
अर्थात, जनम-जनम सृष्टी-मुन्धुम बुन्दै जानुपर्छ
चखेवा जोडीको माया त
अजर-अमर पो हुन्छ त बाबै !
...अर्थात, कसैले चाहेपनि हामी कहिल्यै मर्दैनौँ पृये!
एकबारको पञ्चतत्व ध्वस्त भएपनि सिद्धिने होईन यो
पवित्र प्रेमात्माहरू त झन् ज्योतीपुञ्जभै उदाउँछन्
अर्थात, आत्म-मिलन भइसकेपछि अपरम्पार हुन्छन्
त्यसैले मायालु पत्नी, तिम्रो नीजि निधारमा म
बारम्बार 'सौभाग्यवती'को छाप लगाईरहन चहान्छु
तसर्थ, अधिकृत वारिसको हैसियतले, तिम्रो खातिर
जुनी-जुनी विधवा नहुने ईच्छामृत्यु-पत्र लेखिरहेछु
एक अटल फैसला-पत्र लेखिरहेछु
…अर्थात, म लाखौँचोटी विधुर भएर हेला सहन्छु बरु, तर
'विधवा' तोकेर तिमी कतै लेखिनु मञ्जुर छैन मलाई
अर्थात, मेरै काखमा तिम्रो सर्वाङ्ग शरिर राखेर, मसँग
चोचोमोचोमा माया बोल्दा-बोल्दै प्राण जाओस्
पृय पत्नी, यो साठी वर्षे जन्म-घडी पार गर्दैगर्दा
तिम्रो यही ईच्छा-मृत्युको नोट-पत्र लेखिरहेछु
…अर्थात, हेर्दाहेर्दै आफ्नो सेनापती ढलेपछि
'विराङ्गना'को वीरचक्र-तक्माले शुसोभित गरेर
बाँकी युद्धको कमाण्ड सम्हाल्न चाहान्छु म
यही हो मेरो अन्तिम ईच्छा पृये…, त्यसपछि
शिरमा विजयको पगरीसहित म पनि उतै आउँनेछु…
तेसो त, मायाको रणभूमिमा मायात्माहरूलाई जित्ने
स्वर्गमालोकमा पनि कुनै देउता जन्मेका छैनन्…
र नरकमा पनि कुनै दैत्य जन्मेका छैनन्
अर्थात, चोखो प्रेमको वगैँचामा
आत्मा त एक अजम्बरी फुल हो पृये!
bikram subba
राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ ११०
गजल
राजनितिम़ा डकैतिको अभाव हुनु पर्छ
जनतामा सद्बुद्दिको प्रभाव हुनु पर्छ!
,
हिउँ आफै पग्ले पनि शितल दिंदै बग्छ
रगत भित्र रिस हैन सदभाव हुनु पर्छ!
,
नालापानी युद्द ले नै जन्म्यो गोर्खे नाउँ
गोर्खाली हौं हाम्रो छुट्टै रवाफ हुनु पर्छ!
,
बोली बुद्ध दिल सुद्ध पलौं दिब्य दृष्टि
बुद्ध जस्तै शान्त अनि नम्रभाव हुनु पर्छ!
,
तेत्तिस कोटी देवी देऊता पुज्छौं साँझ बिहान
शिबजिका भक्त हामी फलिफाप हुनु पर्छ !
,
नेपाली हुँ भन्दा अझै नपुगेमा परिचय
सगरमाथा सिरको टोपी जवाफ हुनु पर्छ !
,
कल्पना भावुक
इजरयल
नदेखेको प्रेम अब छुटेरपो के भयोर १०९
गजल~
नदेखेको प्रेम अब छुटेरपो के भयोर
,
नदेखेको प्रेम अब छुटेरपो के भयोर
चर्किएको मुटु अब फुटेरपो के भयोर!
,
आकासले थिचीदिन्छ धरतीले मिचीदिन्छ
आश्वासनका शब्दहरु जुटेरपो के भयोर!
,
पलभर खुशी हुँदा युगौ रुनु पर्छ यहाँ
असहाय जिन्दगीलाई चुटेरपो के भयोर!
,
क्षणभरमै ओइलाउने फूल रैछ जिन्दगानी
मक्किएको चाहनालाई खुटेरपो के भयोर!
,
बाग फूल्छ यौवनको कैदी हुन्छन नजरहरु
बेचिएको अस्मितालाई लुटेरपो के भयोर !
,
कल्पना भावुक
इजरायल
नयन बाट मोती बर्से थाप्ने भए आऊ १०८
गजल
नयन बाट मोती बर्से थाप्ने भए आऊ
दोषी छ की दया मनमा जाच्ने भए आऊ !
.
दयालु छौ राम नाम बिर्सिदिन्छन सबै
आँखा भित्र नानी बनाई राख्ने भए आऊ !
.
दिलको भाँडो रित्तिएछ रहर बाँकी नै छ
अब बाँकी जिन्दगी छ साट्ने भए आऊ !
.
भोली बिघ्न जति आवोस हिजो हुँदै टर्छ
दु;ख सुख जीबन रथ हाँक्ने भए आऊ !
Subscribe to:
Posts (Atom)