Social Icons

गजल (४०) बग्न खोज्ने आँशु

बग्न खोज्ने आँशु पनि परेली मै साँच्नु पर्यो
मनभरी पिर बोकी ओठ खोलि हाँस्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~
परिस्थिती  तेस्तै बनि परदेशी हुनुपर्दा
आफन्तको माया बाट टाढा भई बाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~
नियतीको ऊपजले परिवेश कोल्टे फेर्दा
ताल बिना बेसुर मै आज याहाँ नाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
पीडाहरु छल्किएर आँखा बाट झरि दिदाँ
सम्पतिको लागि मन सयौँ पटक् भाँच्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
जती अघि बढे पनि समस्याको खात लाग्दा
कठोर बनि बेला बखत् मन पनि ताछ्नु  पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
भविष्यको आधी सँग आजै बाट जुध्नु पर्दा
समस्याको भार थेग्न कति हाँगा  लाछ्नु पर्यो
~~~~~~~~~~~~~~~~~~~~~~~
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

No comments:

Post a Comment