Social Icons

गजल~बादल जस्तै सगर छुने रहरमा पुग्छ यो मन! ८६

गजल 
बादल जस्तै  सगर छुने रहरमा  पुग्छ यो मन! 
कल्पनाको झिलिमिली  सहरमा पुग्छ यो मन! 
,
जबर्जस्ती  लादिएका  बोझ  बाट मुक्त  हुँन  
ढुकढुकी नै रोकौ भनी  जहरमा पुग्छ यो मन! 
,
जिन्दगीका खुशी जती दुइ किनार लागे मेरा   
सन्तानको आँशु रोक्न कहरमा पुग्छ यो मन! 
,
कैले  डुबे गहिराइमा  कैले छाँगा बाट खसे 
भावनामा बहकींदा   लहरमा पुग्छ  यो मन! 
,
मानिसको जीबन  जस्तो अरु केहि भेटिन है   
खुशी दिदै सधैं  हास्ने ठहरमा पुग्छ यो मन!
,
कल्पना भावुक 
काठमाडौँ
हाल इजराएल 

No comments:

Post a Comment