Social Icons

गीत 14 छाडि नजानु है !

गीत ~~~ छाडि नजानु है !
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है
,
रगत बग्ने  मुटु भित्र  माया कता खोजौं 
तिमी सँगै मन मिल्यो अरु कसलाई रोजौं 
निस्ठुरी भई  यात्रा मोड्ने कसम नखानु है 
नियतिको चाल  उस्तो दोषी  नठान्नु है 
,
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है
,
जून जस्तै शितलु म  हुन नसकेनी 
दुखेको त्यो अतितलाई धुन नसकेनी 
खोली दिनु मन तिम्रो  भित्र नबान्नु है 
कोसिस गर्छु आँशु पुछ्ने दुख नमान्नु है 
,
सम्झनामा खुशी  दिन्छु पीडा नलानु है 
साथै मर्न  राजि  हुँन्छु  छाडि नजानु है

कल्पना भावुक 
काठमाडौँ 

No comments:

Post a Comment