Social Icons

गजल सृस्टिको नियम हो ८४


सृस्टिको   नियम हो    हारेर    जानै पर्छ!
जिउँने      रहरलाई      मारेर    जानै पर्छ !

आत्मा नै   अमर हुन्छ  सरीर त   खरानी हो 
कालसँगै   पाईलाहरु    सारेर     जानै पर्छ !
,
लालचको     भाँडो हाम्रो    भरिन्न  कैले पनि
अधुराछन्     ईक्षाहरु       बारेर    जानै पर्छ !
,
घमण्डलाई   छाडि अब     गुनिलो   बन्न सिकौ 
उमेरका      सबै रंग      छाडेर        जानै पर्छ !
,
कल्पना भावुक
काठमाडौँ

No comments:

Post a Comment