Social Icons

गजल याद बस्ने मुटु पनि खाली भएछ !८१

गजल ~~सबथोक भएछ
~
मेरो हाँसो उस्का लागि   गाली  भएछ 
मेरो आँशु उस्का  लागि  ताली  भएछ !
,
कसम खाइ लाको माया झुट्टो भै'गयो    
चोखो मिठो  प्रित पनि जालि भएछ !
,
दुई किनार हुँदै  यो मन दोमन हुँनाले   
याद बस्ने  मुटु पनि खाली  भएछ !
,
प्रेम जब सस्तो  हुन्छ हुन्छ बिकाऊ 
फूल कुल्ची हिड्ने पनि मालि  भएछ ! 
,
पाप पुण्य पखाल्दिने  गंगा भै गयो 
सुन्दर मनको तलाउ नि नाली भएछ !
,
गुराँस फुल्ने भिर पनि सबै सुख्खा छन्    
जहाँ  काँडा  उमार्दिने  डाली  भएछ !
,
जम्मा भयो पैसा जब नामै बेचेर     
त्यही पैसा   पेट भर्ने   थाली  भएछ !
,
कल्पना भावुक 
इजरायल 

No comments:

Post a Comment