Social Icons

गजल ~दुखेर देश रोयो ! ८५

गजल ~दुखेर देश रोयो |
जब   तिम्रो  सालिक  ढल्यो     दुखेर  देश रोयो  
आगो माथि सालिक   बल्यो    दुखेर देश  रोयो |
,
उता भाषण चर्को थियो      जनता  अलमलिने 
गाउँ  बस्ति  सहर हल्लियो    दुखेर  देश  रोयो|
,
संबिधानको कुरा  भन्नू   रंगमंच  खेल जस्तै 
ढाट्ने काम धेरै चल्यो      दुखेर देश रोयो |
'
सत्कर्मको बाटो बिर्सी      आमाको मान  लुट्यौ 
शान्ति  छैन  क्रान्ति  फल्यो   दुखेर देश  रोयो |
,
हात्ती आयो हात्ती आयो   भएरै  छाड्यो फुस्स 
जनताको  आशा  गल्यो     दुखेर  देश  रोयो |
,

कल्पना भावुक 
हाल,इजराएल 
काठमाडौँ 

No comments:

Post a Comment