लजाउँदै बोली दिने बात लिई आऊ ll
चादनीले घुम्टो खोल्दै चिहाउन लागिन l
चाहनामा नछुटिने साथ लिई आऊ ll
प्रभातमा लाली छर्दै बोलाउँछिन उषा l
बहानामा नबिउँझने रात लिई आऊ ll
अंग अंग बिझाउँछ्न तड्पी बस्नु पर्दा l
सिमलको भुवा जस्तै हात लिई आऊ ll
नस्वीकार्दा समाजले हेला हुन्छौं कि त l
भावनाको नाम दिने जात लिई आऊ ll
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल
No comments:
Post a Comment