सुख दु;ख जीन्दगी हो यसरी नै बाच्न सिक
लुकाएर पिर व्यथा ओठ खोलि हाँस्न सिक
भावनाका फूलहरु क्षण भरमै ओइली झर्छन
कठोर बनि आसुँ हरु आँखा भित्र साँच्न सिक
(2)
स्मृतिका पाना भरी तिम्रै नाम लेख्न पाए
हर रात सपनिमा तिमीलाई देख्न पाए
भेटिन्थ्यो कि बाच्ने आधार मेटिदिने तिर्खा
दुवै मन मिलाएर साथ राखी सेक्न पाए
(3)
त्यो मन बाट मैले बसाई अन्त कतै सारे भने
फूल्न खोज्ने चाहना लाई कोपिलामै झारे भने
निस्ठुरीको नाम दिनु पश्चाताप को आँसु संगै
प्रेमिल तिम्रो भाबनालाई बिश्वासघातले मारे भने
(4)
आफ्नो भन्छन रगतको नाता नाताले मारेको देखे
स्नेहको सद्भभाब छैन सब्द हरुले बारेको देखे
मानबरुपी दानब हरुको बास याहाँ बढेपछी
अशान्तिको बिजय हुदाँ बुद्धले हारेको देखे
(5)
हिजो आज तिम्रो मेरो एउटै घरमा बास छ
तिम्ले हुन्न भनेपनि मलाई तिम्रै आश छ
तिर्खाएको यौबनले केवल तिम्रो साथ रोज्यो
दुइटा मुटु यौटै हुने समयको आभास छ
कल्पना गिरी
काठमाडौँ
हाल इस्राएल
No comments:
Post a Comment