यौवनको उन्मादिलो मात दिन्छु तिमीलाई बासनाले भरिएको रात दिन्छु तिमीलाई मात्र तिर्खा भरिएको ज्यान लिई आऊ सानु प्यासहरू मेटिदिने आत दिन्छु तिमीलाई अटुट नाता जोडीदिने बाचा लिई आऊ सानु जुनिभरी बाधी राख्ने जात दिन्छु तिमीलाई निराशाको सुस्केरामा कति रात काट्छौ सानु पिरतीको रस भरी बात दिन्छु तिमीलाई दु;ख पीडा जीन्दगीको पन्छाएर आऊ सानु खुशियाली बहारको खात दिन्छु तिमीलाई जीबन यो भार संझी चिन्ता गर्न छाड सानु जुनिभरी साहाराको हात दिन्छु तिमीलाई |
काठमाडौँ
हाल इजराएल

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment