भाबनामा बहन्छ मन तर सागर तर्दैन भो,,
लुकी छिपी बस्छ माया रङ्ग फेर्छ जिन्दगीले
शिशिरमा पात झर्ला तर जोश झर्दैन भो,,
नाता जोडे घर बन्छ मिल्छ खुशी घरमा नै
बसाइ सार्न सजिलो छ तर मन सर्दैन भो,,
बुझ्न जाने जीवन पनि अनमोल रत्न होरे
माया बोकी छेऊ आउदा आतिनु चै पर्दैन भो,,
उज्यालो छ संसार हेर भित्रि आँखा खोल्नु पर्छ
हिम्मत जोडी लाको माया कहिलेनी डर्दैन भो

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment