बिझ्यौ तिमी काँडा बनि फूल परेछु
याद मात्र हैन अब साथ पनि लैजाऊ
तिम्रो जीवन पार गर्ने पुल परेछु
,,
रुँदा रुदै अलिकती हाँसो मेरो देखिएछ
हाँस्दा हाँस्दै क्षण भर्मै आँशु पनि पोखिएछ
खै कसरी पुरा गरौ अधुरो यो जिन्दगीलाई
आभागी यो भाग्य मेरो कुन मितीमा लेखिएछ
,,
धेरै सँहे घाम पानी बादल बनि छाउँछौ की त?
सहयात्री बनि मेरो जिन्दगीमा आउँछौ की त?
मुटु भित्र तिम्रो याद पल पल धड्की दिन्छ
प्रस्ताब राखे जीबन साट्ने अब माया लाउछौ की त ?
,,
चाहेरनि प्रिये तिम्रो हुँन सकिन
आँशु बगाइ बेदना धुन सकिन
टोलाएरै रात बित्छ तिम्रो सम्झनामा
आएर त्यो अङालोमा रुन सकिन
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment