देशलाई अन्योलको जाल भित्र पार्न थाल्यौ
,,
आफन्तलाई गुमाउनेको ओभाएका छैनन् आँखा
शान्तिकामी जनताको आशा फेरी मार्न थाल्यौ
,,
जाति भेद मेट्नु थियो नयाँ रेखा कोर्ने भयौ
एकताको उचो शिर फेरी तल झार्न थाल्यौ
,,
सबैलाई प्यारो सत्ता खोसीदिने डर सधैँ
संबिधान लेख्ने बेला आफ्नै कुर्सी बार्न थाल्यौ
,,
श्रमजिबी जनताको आउने डर छ आधीबेरी
आफ्ना साखा संतानलाइ बैतरणी तार्न थाल्यौ
,,
बाचा बन्धन पुरा गर्ने ह्रास भयो नैतिकता
नारीहरुको अधिकार दिने भन्दै टार्न थाल्यौ
,,
सहिदको बलिदान जाने होकी तेसै खेर
राजनिती जुवा भयो गणतन्त्र हार्न थाल्यौ
,,
कल्पना गिरी
काठमाडौँ
हाल इजराएल

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment