गजल ११४ सपनाका तात लागि
सपनाका तात लागि
सपनाका तांतलागि किन आउछ संधै राति
मेरा लागि बिपना नै बनेको छ प्रिय साथी !
धर्तिकै छ माया मोह थामेको छ मेरो वजन
पानी हुँदै झर्छु बरु उड्नु छैन बादल माथि !
मान्छे न हो बोल्दै जाँदा धेरैथोरै गल्ति हुन्छ
झुट बोलेर जित्नु भन्दा नबोलेरै हार्न जाति
निभ्नु रैछ मनको दिप उत्ताउलो चमक थियो
हाँसिहाँसी बिदा दिन्छु हुदिन म बिस्वासघाति
जिब्रो न हो तितो मिठो अशल खराब सबै लिन्छ
बेस्वाद अनि बेमज्जाले चाख्छ स्वाद नानाभाती
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment