Social Icons

मुक्तक


मुक्तक 

सोच्ने शक्ति जस्तो हुन्छ उस्तै संसार देख्छ मान्छे
मन मुटु छाम्न दियो टाउकोमा टेक्छ मान्छे
आत्मबिस्वास घटेपछि रातो पनि सेतो देख्छ
साँगुरिन्छ बिचार जब साँध सिमाना छेक्छ मान्छे !

भोकलाइ नुन मानिदिदा के फरक पर्छ?
बैगुनिलाई गुण मानिदिदा क फरक फर्छ ?
संका गर्दै सुनभित्र पित्तल खोज्छ मान्छे,
पित्तललाइ सुन मानिदिदा के फरक पर्छ ?

ठ्वाकठुक्क पर्दा पनि कुरा मिठो भो
बादल झैँ बर्षिदा पनि कुरा मिठो भो
नाचिने झैँ गर्दै छ आज ढुकढुकि मुटुले
टाढा बसाइ सर्दा पनि कुरा मिठो भो!! 

हरेक रात सपनिले तिमीतिरै लगिरह्यो
ब्युझिएर भेट्न चाहें समयले ठगिरह्यो
धर्यताको बाध फुट्छ देब्रेपाटो संधै दुख्छ
प्रिय तिम्रो सम्झनामा संधै आँशु बगिरह्यो !!
कल्पना गिरी भावुक 

No comments:

Post a Comment