Social Icons

कविता

कविता
साहित्यकी ढुकढुकी वानीरा गिरी

प्रतेक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शिर देखि
मैदानी फाँटहरु  सम्म 
वाङ्गमयको उन्नति बिकास र स्थापनाका लागि
साहित्यको बंश उत्पादनमा  पराग बनेर उभिरह्यौ  !

हो तिमी सप्त गण्डकीको
किनारबाट उँभो बग्दै बग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुंगाका  असिमित डोबहरुमा
अजंगका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म 
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ  !

वानीरा !
नारीरत्नको आदर्श र उचाइका लागि
पुजनीय बनेर र बनाइ राख्न
छोरी बुहारी  सासु र आमा सम्म
असमानताको कालो सीमारेखालाई
सदा सदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति  बनेर
पालामा हैन मनमुटुमा दिप  बनेर उजेलियौ र उभिरह्यौ  !

शब्दका  सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजिबन समर्प्रित
कर्मठ  पौरखी र कर्तब्यसिल नारी तिमी
माटो मुटु र मनमा सदा सर्बदा झुलिरयौ
आदरणीय र सम्माननीय प्यारी वानीरा 
तिमी नेपाली भाषा बोलिने धर्तिभरि 
मुस्कुरायौ र फुलीरह्यौ !

कल्पना गिरी "भावुक"
काठमाडौँ
हाल इजरायल!

No comments:

Post a Comment