Social Icons

गीत १९ कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !


गीत 

कैले यो मन ढुंगा हुन्छ कैले पानी पानी !
बालुवामा  फुल्नु  पर्ने रैछ  जिन्दगानी !

पानी पनि रून थाल्छ बादल हुन पुग्दा  
फेरी उस्तै  खुशी हुन्छ धर्ति छुन पुग्दा 
किन गर्नु जिन्दगीमा संधै  आनाकानी 
बालुवामा  फुल्नु  पर्ने रैछ  जिन्दगानी !

सुकिजाने शित पनि हाँस्छ फूल छुँदा 
बगर पनि  सुसाउँछ  खोला  नदि  हुँदा 
एकपल्टको जिन्दगी हो गरौँ मनोमानी 
बालुवामा  फुल्नु  पर्ने रैछ  जिन्दगानी !

कल्पना भावुक इजरायल 

No comments:

Post a Comment