गीत 20 ~जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
गीत ~~
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
भाचिनु'नि पर्छ जीबन टुट्नु पनि पर्छ
हास्नु पनि पर्छ जीबन दुख्नु पनि पर्छ
सुनौला ति सपनालाई कसले छेक्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
सबै सपना बालुवाको घर मात्र हुन्नन्
आँसु जति झारेपनि तिनले दुख धुन्नन
सहज बाटो मात्र यहाँ कस्ले टेक्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
ओइलेपछि रुने फूल कस्ले देख्या छर
जीबन संधै काँडा हुन्छ कहाँ लेख्या छर .....
कल्पना गिरी 'भावुक'
इजरायल
Subscribe to:
Post Comments (Atom)

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment