Social Icons

अतित बल्झेर दुख्दा,७०

गजल

फेरी  त्यो अतित  बल्झेर  दुख्दा,
मिल्थ्यो की मुक्ति यो प्राण छुट्दा 
,
खड्किन्छ मुटु भड्किन्छ पाइला
गालाका  डिलमा  यी आँशु  सुक्दा
,
पश्चाताप गर्दै जिन्दगी बित्यो  
रहर  नपुगी  यो  बैंस  लुक्दा
,
कोपिला बसी फुल्न मन लाग्छ,
फलेको  हाँगो  बेसरी  झुक्दा
,
न पाउँन सके  सफल  जीवन ,
आजिबन तिम्रो मुर्तिलाई पुज्दा
,
लाडिन्छ  पन  ममता  सँगै
बाल्यावस्थामा यो  मन  पुग्दा !
कल्पना भाबुक 
काठमाडौँ 
हाल इजराएल 

No comments:

Post a Comment