कविता ~ प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ
कविता ~~~~
यूग परिवर्तन संगै
चिन्तन र बिचारलाई
मन्थन गरेर
एउटा
नया आयाम थप्नु पर्छ
अब,
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ
झुपडी देखि पाँच तारे सम्म
भरिया देखि पजेरो सम्म
सुनौलो बिहानी सँगै
आह्वान बनेर
शिक्षाको बिज बर्साउन
एउटा संकल्प लिनु छ
अब
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ
शान्तिको देश भन्छौ
अशान्तिको नारा चर्केको छ
लक्ष्मीको देश भन्छौ
अभावले सिमा तरेको छ
जलश्रोतको देश भन्छौ
औंशीले राज्य गरेको छ
के..
अझै चुप लागेर बस्न सक्छौ?
मन खेतमा बनमारा छाई सक्यो
छिमेकिले गीत बनाएर गाइ सक्यो
मौलाउँन नदिएरै फाड्नु पर्छ
अब
चेतनाको ज्योती जाग्नु पर्छ
त्यसैले
प्रत्येक मनमा बुद्धत्व जाग्नु पर्छ
,,,
कल्पना भावुक
काठमाडौँ!
Subscribe to:
Post Comments (Atom)

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment