""""गजल"""""
गजल
""""गजल"""""
.मुटुका यि पाना भरि लेखे जिन्दगीलाई
,हरेक प्रहर सपनिमा देखे जिन्दगीलाई |.
.
घाऊ थियो छाती भरि मनमा पिडा उस्तै ,
धेरै दया मायाँ राखी सेके जिन्दगीलाई |
.
.गाँस बास कपासको चाह राखी फेरी ,
स्वार्थी बस्ने शहरमा बेचे जिन्दगीलाई |
.
सयौँ खोला घुम्ती जंघार क्षितिज काटी आज ,
यति टाढा रेगिस्तानमा भेटे जिन्दगीलाई |
.
परिश्रमी पसिनाको सागर भित्र डुबी ,
सारंगीको तार सरि रेटे जिन्दगीलाई |
.
सुभ पल कुसल मंगल रहोस तपाइहरुको |
टिका खड्का राष्ट्रप्रेमी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment