Social Icons

कविता ~भावनाको मनखेत भित्र

भावनाको मनखेत भित्र

रहरका बेर्नाहरुलाई
फूल रुपी जीबन दिन  
कलम रुपी  हलोले
कहिले  जोत्दै 
कहिले  सम्याउँदै
निरन्तर लागी रहेछु।* 
यो प्यासी  मन
नत अघाउँन सक्छ
नत सन्तुस्टी हुँन  सक्छ  
विगत देखी वर्तमान सम्म*
स्वप्न * गगनमा
सपनाको ताज महल चुल्याउदै
भन्न सकुं 
कि * म सन्तुस्ट * छु

म 
निथ्रुक्क चाहानाले भिजेको हेर्न चाहने
तिम्रा लालाइत लोभी नजर
अब उप्रान्त
गिद्धे  दृष्टि फ्याँक्दै   नभौँतारिनु *
सहानुभूतीको बहानामा,  
भविष्यको गोरेटोमा
पाखा भरी सुनखरी भै फुलेर
सुनौला मनहरुमा रमाउदै,  
चुहिएका
परेली ओठहरुमा
सन्तोष र विजयी मुस्कुराहट बोकी 
भन्न सकु
म पूर्ण छु! सन्तुष्ट छु!!

कल्पना 'भावुक'
काठमाडौँ
हाल इजरायल 

No comments:

Post a Comment