Social Icons

कविता ~आउँछु

कविता ~आउँछु
,
कहिले  याद बनेर आउँछु 
कहिले  मात बनेर आउँछु 
नयनलाई कोशी बनाउँदै 
कहिले  चाहत बनेर आउँछु| 
,
कहिले  प्रित बनेर आउँछु  
कहिले  हित बनेर आउँछु   
मुटुको धड्कन  हुँदै   
कहिले  मित बनेर आउँछु|
,
कहिले  रित बनेर आउँछु
कहिले  गीत बनेर आउँछु
आँखाको बाटो हुँदै
कहिले  जीत बनेर आउँछु|
,
म जसरी आए पनी मलाई चिन्छौ नी हैन?

नचिनेमा त्यो आँखाको भुल हुने छ
गोधुलिमा हराउँने धुल हुने छ
मुटु बिच गाडिएको सुल हुने छ
निमोठेर फालिएको फूल हुने छ |
,
नचिनेमा मेरो प्रेम  लात  हुनेछ
पुर्णिमामा ग्रहण लागी घात हुनेछ
भिरपाखा रंग्याउदै गुरास झैँ फुले पनि
तिम्रा लागी ओइलिएको पात हुनेछ
तिम्रा लागी ओइलिएको पात हुनेछ.....!

No comments:

Post a Comment