कविता ,आशल सन्तान
कविता;
बाबु आमा देव हाम्रा मन्दिरमा छैनन्
मन्दिरमा बसेका जो बाबु आमा हैनन!
भोकै बसी पालि पोसि संसार टेखाउछन
आफ्नो भाग्य आफैँ लेख्न बाटो देखाउछन!
आदर गरौँ सम्मान गरौँ घृणा नगरौं है
बा आमाका आँखा भरि आँशु नभरौ है!
सुनै खाओस सुनै लाओस बुढो हुनै पर्छ
अजम्बरी कोही छैन सबले जानै पर्छ!
पुजनीय बा आमालाई जसले हेला गर्छ
कुनै दिन त संझी संझी पछुताउनै पर्छ!
प्रण गरौ आजै बाट अशल सन्तान बन्न
कु-संस्कारी कुलंघार नपाउँन है भन्न !
कविता यो दिवसमा मिलि कशम खाउँ
अशल सन्तान बनि हामी कमाउँ है नाउँ !
कल्पना भावुक
Subscribe to:
Post Comments (Atom)

Kathmandu Time

Nepalese Rupee Converter










No comments:
Post a Comment