गजल~ ७९ आँखा भरी
गजल ~~ आँखा भरी
बिर्सनलाई खोजे पनि झल्किन्छौ आँखा भरी
प्रणयको आगो बनि सल्किन्छौ आँखा भरी!
*
तिमीले यो मुहार मात्रै पिरतीको घर ठान्यौ
ठाउँ दिंदा दिल भित्र पल्किन्छौ आँखा भरी!
*
मुहारमा लुकेको त्यो चोखो प्रेम हेरौ भन्दा
बिम्ब बनि ऐना भित्र टल्किन्छौ आँखा भरी !
*
मलाई छाडि टाढा जाँदा मेरा याद सबै लाँदा
अनायासै कोशी बनि छल्किन्छौ आँखा भरी !
*
कल्पना भावुक
काठमाड...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment