गजल~ लोभिदेख्छु नजर तिम्रो ७७
गजल
निपूर्ण छौ तिमी भनि कसरी पो छान्ने मैले
संसारकै उत्तम मान्छे कसरी पो मान्ने मैले!
,
लोभी देख्छु तिम्रो नजर झनै देख्छु तिर्खाएको
युक्त छ रे बत्तिस लक्षण कसरी पो ठान्ने मैले!
,
शिर देखि पाऊ सम्म देख्छु ठुलै घरानाको
घमण्डी पो छ कि मन कसरी पो जान्ने मैले !
,
कुरा काट्छ समाजले सोधिखोजी गर्न थाले
कुलतमा फसे फेरी कसरी पो तान्ने मैले!
,
हत्कडी र पासो बनाइ लाए पछी चुरा पोते
नमिले'सी मन हाम्रो कसरि पो धान्ने मैले !
,
कल्पना भावुक
काठमाडौँ
हाल; इजरायल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment