Social Icons

गजल ~ यौटै छैन ७५

गजल~ 
,
मायालु त हजार  देखें माया गर्ने यौटै छैन
सागरका कुरा गर्छन खोली तर्ने यौटै छैन !
,
नाता बाटै घात हुन्छ स्वार्थी रैछ यो दुनिया  
जिते पछी अविश्वासले भर पर्ने यौटै छैन ! 
,
अल्प ज्ञान अल्प बुद्धि अल्प भयो देश बिकाश 
बन्दुक बोक्न  तयार छन ज्ञान छर्ने यौटै छैन! 
,
सत्ता  माथि  पुगे पछी पथ्थरकै  दिल  हुने     
घाऊ बनि देश दुख्दा  मलम भर्ने  यौटै छैन !
,
मेची देखि काली सम्म हिमाल देखि तराईमा 
आइ  पर्दा  समस्या ति  अघि  सर्ने  यौटै छैन ! 

No comments:

Post a Comment