गजल मरिजाने चोला ८०
गजल ~ मरिजाने चोला
बाँची राख्ने सधैं मानीस कहाँ होला
रोकिन्न है रोकी उँधो बग्ने खोला !
,
रित्तै आयौं हामी जाँदा रित्तै जान्छौ
जिन्दगी त रैछ मात्र खालि झोला !
,
जगत साझा भन्छन तर हक छैन
सम्पन्न त हाँस्छ रुँदा दुखी रोला !
,
गरिबको इज्जत पैतालामा हुँने
धनिको कुकर्म सुनैसुन्को तोला !
,
निक्कै गर्व लाग्थ्यो मान्छे हुँन पाउँदा
मरे माटो हुँने रैछ हाम्रो चोला !
,
कल्पना "भावुक"
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment