Social Icons

गजल ~मायाको गाँठोबलियो बाँध ७६

गजल
मायाको गाँठो बलियो बाँध फोएर नबस
प्रियाको यादमा आँशुले मुहार धोएर नबस !
,
शरीर  मात्रै  छोडेकी मैले छु तिम्रै  साथमा
यादमा टोलाई तस्बिर मात्रै  छोएर नबस !
,
बिर्सनै गाह्रो वियोगी पल चर्केला त्यो मुटु 
बिलाप गर्दै  भक्कानो  छोडी  रोएर  नबस !
,
रहुन्जेल प्राण बोल्दछ मनुस मरे'सी माटो हो  
'भावुक ' बनि  अतित  लाई    दोएर  नबस !
,
कल्पना भावुक
काठमाडौँ
हाल; इजरायल 

No comments:

Post a Comment