गजल ~ ७८ पराई नभन्नु
कसैले सोधे हराई भन्नु
सबैको भैछे पराई भन्नु !
~
मनैको बैरी घरैमा हुँदा
पिरैमा पर्दा डराई भन्नू!
~
दुखेको छाती बिलौना गर्दै
भईछे टाढा लजाई भन्नु!
~
झुकेरै मैले जिउँने भन्दा
चुनेरै कोही सजाई भन्नु !
~
नमारी इच्छा डटेरै संधै
सुवासी बन्दै बसाई भन्नु!
~
पुरानो ठाऊँ झझल्को आई
नुनीलो पानी खसाई भन्नु!
~
iss ss iss ss
कल्पना भावुक
काठमाडौँ
हाल ,इजराएल
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment