गजल ७४ शान्तिको दिप बनेर उठौं
गजल ,,
शान्तिको दिप बनेर उठौं क्रान्तिको आगो बालेर नबसौ
सिरको टोपी सगरमाथा बैरीको सामु ढालेर नबसौ|
,
ति धुपी सल्ला छाँगा छहरा सुसेली हाल्दै बयली खेल्दछन
पौरख गरौँ आफ्नै हो भनी समय खेर फालेर नबसौ |
,
जाँदैछ खेर नदी र नाला चौतारी पनि हामीलाई कुर्दैछ
फालेर खेर यो युवा शक्ति पराईको आँगन टालेर नबसौ|
,
न ठुलो रुप न ठुलो धन संसारमा ठुलो मान्छेको मन,
मानिस उस्तै रातो छ रगत भेदभाब अब पालेर नबसौ|
,
सुगन्धित पारौं देशको माटो दुस्मनी छायाँ नपरोस भूमिमा,
सम्पदा हाम्रो धनि छ साथी कुबिचार मनमा गालेर नबसौ|
,
कल्पना "भावुक"
काठमाडौँ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment