दासी नबन ७३
गजल
,
एक चिम्टी सिन्दुरको प्यासी नबन
एक त्यान्द्रो पोतेको नी दासी नबन!
,
युग पुरुष जन्माउने तिमी आमा हौ
अमुल्य त्यो जीवन फाल्ने रसी नबन!
,
मनको बाँद फुटे पनि दृढ अठोट लिई
अटल होउ चुहिने त्यो बलेसी नबन!
,
चेतनाको दियो बाल शान्ति पथ रोजी
आफ्नो भाग्य आफैं मेट्ने मसि नबन!
,
सांसारिक सुख भुली युग बदल्नु छ
पल भरको सुख रोजी ऐयासी नबन !
,
कल्पना भावुक
काठम...
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment