Social Icons

***गजल*** (४७) पाएँ

***गजल***
~~
भाग्य मेरो यस्तै रहेछ आफ्नै बाट घात  पाएँ
न्यानो मिठो मायाँ खोज्दा पीडा दायी हात पाएँ।
~~
आशा बोकी आउँथ्यो बिहान रहर् संगै साँझ पर्थ्यो  
बदलामा आँशु संगै निस्सासिदो  रात पाएँ ।
~~
रंगि चंगी बगैंचामा नाना थरी फूल  थिए
थुंगा टिपी सजाउँ भन्दा ओइलिएको पात पाएँ । 
~~
भावनाका लहर संगै गगन चुम्ने इच्छ्या मेरो
पंक्षि बनी उडुँ भन्दा मनुस्यको जात पाएँ ।
~~
कल्पनामा डुब्छु  सधैं हेर्दा हेर्दै फूल्यो जीवन          
आँशु  लुकाई हाँस्न खोज्दा चोटै  चोट्को खात पाएँ । 
~~
कल्पना भाबुक
काठमाडौं
हाल; इजरायल

गीत

गीत
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
सुस्केरामा रात बित्छ दिन सधैं बिरानीमा
शब्द भित्र टोलाउँदै मायाँ खोज्छु सिरानीमा
यो मुटुको कुना कुना बस्यौ दिलको पहरामा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
चिम्ले पनि यि आँखाले मात्र तिम्रै रुप देख्छन्
बिर्सिएर हिंडु भन्दा आसुँ झरी बाटो छेक्छन्
अमृत सम्झी पिएको'थें  परें कि त जहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।
~~~
आफै लाई बिर्सिएर पर्‍यौ कि त कहरमा
मेरो भन्दा मिठो मायाँ पायौ कि त शहरमा ।

कल्पना भाबुक
इजरायल      

गीत


खोलेको थिएँ हृदय मेरो तिमीले लुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ।
~~
जुन तारा बनी बसौंला भनी खुशीले टोलाउँथें
पर्देशी मायाँ भएनी तिम्लाई निदमै बोलाउँथें
दुख्यो कि मन बिछोड हुँदा किन शिर झुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ ।
~~
खोजेको थियो तनले साथ पिरती मनले
गरीब थिएँ छेकेछ बाटो त्यो तिम्रो धनले
बगेको थियो नदी झैं मन कसरी रुकायौ
मनको इक्षा नपाई फुल्न बिचैमा सुकायौ 
~~
कल्पना भाबुक
रचना ; २८/२/२०६८  

गजल (४६) ढोका खुल्लै राखेको थें

ढोका खुल्लै राखेको थें झ्याल् बाहिर बस्छु भन्यौ
झ्याल खोली ढोका थुने फेरी भित्र पस्छु भन्यौ ।
**
अनौठो छ बानी तिम्रो नजानिंदो लजाउँने
समिपमा आइ फेरी आसुँ बनी  खस्छु भन्यौ ।
**
सम्झाएर नसकिने आधा पागल् रैछौ तिमी
ठाउँ देउ अलि कती त्यै दिलमा फस्छु भन्यौ ।
**
डराउँदै  हुन्छ भने मुटु ढुक् ढुक् गर्दै थियो
मदहोसी बन्दै फेरी अंगालोमा कस्छु भन्यौ ।
**
जित्दै थियौ मेरो मन तानिदै थें तिम्रो सामु
च्याप्प पारी टास्यौ अनी तिमीलाई डस्छु भन्यौ ।
**
कल्पना भाबुक
काठमाडौं
हाल;इजरायल

गजल (४५) आउँदैछु

हजारौ भिड्मा त्यो तिम्रो रुप चुनेर आउँदैछु
प्रियसी तिम्रो धड्कनको पुकार सुनेर आउँदैछु
~
बिछोडका दिन भुलेर हामी सङ्सगै रमाउँला
आँशुको थोपा आँखाको तालमा थुनेर आउँदैछु
~
प्रेमको दियो बालेर सधैँ पर्खियौ मायाले
मिलनको सुन्दर सपना मनमा बुनेर आउँदैछु
~
बिछोड भइ च्यातियो मन दु;खलाइ सहँदा
प्रेमको बास  जतन गरी तुनेर  आउँदैछु
~
आँखाको आँशु पुछेर अब् हँसाउछु सधैलाई
खुशीलाई डाकी दु;खलाई झिरमा उनेर आउँदैछु
~
भविस्य हाम्रो सुनौलो पार्न पुकारी देबलाई
भोलिको लागि योजना सुन्दर गुनेर आउँदैछु ,