Social Icons

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

सत्य कथामा आधारित कथा मेरी आदी ९


आँखाभरी आँशु टिलपिल टिलपिल गर्दैछन ! बोलि मधुरो अस्पस्ट अनि  अनुहार रातो देखिन्छ! आधा घण्टा जति भै सक्यो एकोहोरो बुथको फोन समातेर गन्गनाइ रहेको! म यता उता गर्दै समय काटिरहेकी छु! आफ्नो पालो आउने बित्तिकै यहाँका बेलिबिस्तार पतिदेबलाइ सुनाउना निक्कै आतुर छु!

             नर्शले बोलाइन  र रुममा जाने आदेस दिईन ! म  रूममा पसेंर   बजैलाई सोंधे, भोक लाग्यो? टाउको हल्लाइन मैले खानेकुरा ल्याएर दिएँ  उनि खाँदै भन्छिन नेपाल फोन गरिस त? अह, किन? बुथमा अघिदेखि  एउटा मोटे बसेको छ उसका कुरा नै सकिएका छैनन् म कसरी बोलौ  अलिअलि दुखि हुँदै र कठोर हुँदै म उनलाई उत्तर दिन्छु !

             दिउसोको खाना पछी सबै बिरामिले  बिश्राम   गर्ने हुँदा म पनि बजुलाइ बिस्तारामा पल्टाएर फेरी बाहिर निस्किएँ ! अनि उहि अघिको बुथ ( फोन गर्ने ठाउँ) तिर लम्कियें !त्यो मोटे अझै बोलिरहेकै थियो मलाई मनमनै रिस उठ्यो  हैन यसले यो बुथ यसको ससुराली बाट दाइजो ल्याको होकी के हो? कति यहि मात्र बोलि रहन्छ? गएर झपारौ जस्तो पनि नलागेको कहाँ हो र? तर  पनि धैर्यता गर्दै एउटा बेन्चमा गएर प्रतिक्षा गर्न थालें ! उता नेपालमा  पाँच बजिसकेको थियो ! यहि बेलामा बोल्न पाएदेखि बाबु छोरा सबै संग बोल्न सकिन्थ्यो नत्र एकछिनमा त सानो छोरो  सुतिहाल्छ मैले फेरी उसको बोलि सुन्न भोलि पर्खनु पर्ने हुन्छ नत्र...मन हतारिएर खप्नु भएको छैन उता मोटेले बुथ छाडेको छैन यहाँ नया छु आजै बजुलाई लिएर  हस्पिटल आएकी छु!

            कुर्दाकुर्दै  चार बजिसकेछ  अब त नेपालमा रातको आठ पनि बजिसक्यो  बाबुहरू पनि सुतिसके होला मन त्यसै निरास र अमिलो भएको छ!  बेलाबेलामा बजुलाई पनि हेर्न जानु पर्ने हुँदा कोठा भित्र पसेर के निस्केकी थिएँ फोन त फिलिपिनीको हातमा माछो नउम्कियोस भनेर समय झैँ दुइ हात मजबुत छन्  ! उफ्फ़ आज मेरो दिन बिग्रेकै हुनुपर्छ! सायद मेरो बोल्ने साइत जुरेकै  छैन ऊ मस्त  कुरा गरिरहेकी छ ! सायद उ पनि मेरा जस्तै साना साना बाबुनानिहरु संग बोल्दै होलि र त आफ्नै सुरतालमा पिंजडा बाट  छुटेको चरी झैँ एकसुरमा  दाँया बाँया नहेरी  काखैमा नानि राखे झैं बेला बेला किस गर्दै बोलीको ब्रेक लगाउंदै छ !  अब भने मलाई बन्दै रिष उठेन भक्कानिएर रुन मन लाग्यो! मोबाइलबाट गर्नलाइ  ब्यालेन्स छैन! एउटा भएको बुथ प्याक छ! निरास भएर झोक्रिदै बेन्चमा बसे ! एकोहोरो नेपाल मात्रै सम्झना आयो परिवार संग रमाएर बसेका दिन देखि बिदा भएर हिंडेका बेलासम्मलाइ सम्झिन पुगिछु! बसेकै ठाउँमा घुक्क घुक्क गरेको आवाजले कसैले भन्यो किन रोएको के भयो ? कता कता लाज पनि लाग्यो र हतार  हतार उठेर बाथरुममा पसें अनि ऐना अगाडी आफ्नै अनुहार हेरेर बेसरी रोएँ!

          भोलि पल्ट बिहानको नास्ता खाएपछि बजुलाई भनेर  बुथमा आएँ आश्चर्य के भने तेहि  हिजोको मोटे सुक्क सुक्क गर्दै फोन समातेर रुँदै रहेछ! सोंचे, यो म भन्दा पनि निक्कै दुखेको छ यसलाई कसले घात गर्यो?  या यो किन सल्लो सुसाए झैँ सुस्ताउंदै खडेरीको मूल फुटे झैँ आँखाबाट मोतीको सागर बगाउँदैछ  ? मेरो मनमा खुल्दुली मच्चियो जान्ने उत्सुकताले म उसको छेउसम्म तानिएँ !उसले पुलुक्क मलाई हेर्यो  म खिस्स बनावटि हाँशो हाँसे !

           नमस्ते! उसले पनि नमस्ते फर्कायो!  मैले सोधें  म तपाइलाई हिजो बाट  नियाली रहेकिछु! तपाई हिजो पनि एसरि नै रुनु हुँदै थियो र  आज पनि रुँदै हुनुहुन्छ ! तपाई त छोरा मान्छे सार्वजनिक ठाउमा यसरि रुँनुको बजाय के होला जान्न सक्छु? उ मौन बन्यो र बाइ पनि नभनी फोन बुथमा अड्काएर म भएतिर फर्कियो !
तपाइ कहाँ बाट आउनु भएको?
नेपालबाट !
यहाँ के काम गर्नु हुन्छ?
कियरगिभर्को काम गर्छु!
आएको कति भयो?
तिन बर्ष !
अझै कति बस्नु हुन्छ ?
थाहा छैन 
बिबाहित?
हजुर!
श्रीमान कहाँ हुनुहुन्छ?
नेपालमै !
बालबच्चा ?
दुइटा छोरा !
को संग छन्?
उहाले नै हेर्नु हुन्छ !
तपाइलाई  उनि हरुको याद आउँदैन?
मलाई झनक्क रिष पनि उठ्यो २४ घण्टा उनीहरुकै यादमा डुबेको कसले देख्ने ?पल पल कोल्टे फेर्दा  झरेका आँशुको कथा यहि मनलाइ मात्र थाहाछ यो कस्तो जिन्दगी ! प्रश्न गर्नलाई पैसा पनि नचाहिने रहेछ नत्र त्यसले यो मुटुमा तिर लाग्ने गरि किन यो प्रश्न गर्थ्यो? मनमनै सोंचे अनि आफुलाई समाल्दै मैले भने त्यहि याद आएरत हिजो बाट  यो बुथमा आँखा तन्काइरहेकि छु तपाईले बोल्न दिनु भएकै हैन! म रुखो आवाजमा उत्तर दिन्छु ! उ फेरी कुरा अघि बढाउँछ र भन्छ कति बर्षकि  हुनु भो? किन चाहियो ? तपाई मेरो इन्टरभिउ लिंदै हुनुहुन्छ हो?  हैन किन रिसाको? भन्न मिल्दैन भने नभन्नुस ! म केहि बेरको मौनता पछी उत्तर दिन्छु ३४ बर्ष ! बाबुहरुनी कत्रा कत्रा छन्? एउटा १२ बर्षको र अर्को 6 बर्षको !कति चाडै बिहे गर्नु भएछ है, कठैबरी सानै रहेछन आमाको कति याद आउँदो हो साथिले आमा भनेर बोलाउंदा पनि सपना झैँ लाग्दो हो तिनीहरुलाई  ति निर्दोष आँखाले  आमाको ममता कति खोज्दाहुन् कति निस्ठुरी है तपाई ? उसको यो प्रश्नले म झस्किएँ मेरो मन बिथोलियो र  आँखा रसाए! मैले कठोर हुँदै भने उनीहरुकै उज्वल भविस्यको खातिर म यहाँ संघर्ष गर्दैछु यो मेरो रहर हैन मेरो बाध्यता हो बुझ्नु भो ? अनि दाया बाया नजर लगाएर यसो उ भएतिर हेरेको त उ त झन् बर्बरी आँशु झार्दै निगुर्मुन्टि न भएर बसेको रहेछ!  मैले भने किन रुनु भएको ? तपाइभित्र कस्तो पींडा छ ? जो तपाइले जतिबेलै आँशु झारिरहनु पर्छ?  म अब उ तिर फर्किएँ र सोध्न लागें ! उ उत्तर नदिकन बसिरहेको थियो दुइटा प्रहरी आएर उसलाई लिएर रुम भित्र छिरे ए दाइ सुन्नुस न तपाइको नाम....?  म उसलाई प्रश्न गर्दै थिएँ नाम पनि जान्न पाइन त्यो मोटेको! साँझ परिसकेको थियो म पनि बजु भएतिर हानिएं मनमा उत्सुकताले  घच्घच्याई रह्यो ....

          नौ बजेको छ बजुको सबै काम सकेर कफीको चुस्की संगै बुथ भएको बेन्चमा बसेर मोटे आउने  प्रतिक्षामा नजर दौडाइ रहेकी छु नभन्दै उ ह्वीलचियरका पांग्रा दुवै हातले गुड्काउँदै बुथ भएतिर आयो साथमा दुइ प्रहरी आएका छन! म बिस्तारै मोटे भएतिर लम्किन्छु  नमस्ते ! सन्चै हुनुहुन्छ?  म भेटघाटको औपचारिकता पुरा गर्छु ! नमस्ते भन्दै उ म तिर फर्कियो उसको चेहरा निक्कै उज्यालो छ आँखा निलो गगन झैँ सफा र उत्सुक देखिन्छन! ओठमा मलिन मुस्कान सहित उ मलाई सोच्छ नास्ता  भयो? हजुर भयो तपाइको नि? मेरो पनि भयो उ बोल्छ ! म फेरी प्रश्न गर्छु तपाइको नाम? मुसुक्क हाँसेर भन्यो यतिका चिनजान पछी? एली !

         मलाई उसको आँशुको रहस्य जान्नु थियो उसको जिन्दगी  पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएं  तपाई आज निक्कै खुशी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्छ्हुन्न मलाई थाहा भएन तर तपाई कस्तो पीडा बोकेर  बाच्नु भएको छ भन्न  मिल्छ भने प्लिज....मैले अनुरोध गरें ! उ बर्बराउन थाल्यो ....

          म १८ बर्ष पुरा भएपछी आर्मीमा भर्ति भएं ! लेबनानको र इजरायलको बोडर्मा ट्रेनिंगको लागि लगियो ! तिन बर्ष सम्मको लामो बसाइमा मेरो मित्रता आदि नामकी एक युवती  संग भयो ! उनि पनि ट्रेनिग मै भएकिले हाम्रो भेटघाटका दिनहरु रमाइला र मिठा हुन थाले! यसै क्रममा उनको र मेरो मन मिल्यो! अनि हामीले एकाअर्कासंग जिन्दगी संगै जिउने संगै मर्ने बाचा गरिउ  ! अनि त्यसपछी के भयो? म हतारिनछु ! उनले भने  उनको र मेरो प्रेमले  लगभग छ महिना पार गरिसकेको थियो ! हाम्रो सम्बन्ध सागर भन्दा गहिरो आकास भन्दा फराकिलो भएर मुस्कुराइ रहेको थियो ! हामि एकार्का प्रति धेरै बिस्वास  गर्थ्यौ! एक दिनको कुरा हो  क्याममा उनि र म एक्लै भएको बेलामा हामीले मन मात्र नभएर तन पनि  एकअर्कालाई सहज सुम्पिएका थियौ! उनि टक्क अडिन्छन!  तेस्पछी? म फेरी उनलाई झक्झक्याउंछु ! उनि असाध्यै राम्री थिइन सबैको आँखा उनि माथि पर्थे! मेरो एउटा साथीले उनलाई मन परउदोरहेछ! एकदिन उसले आदिलाई मेरै छेउमा आएर प्रेम प्रस्ताब राख्यो ! आदिले अस्विकार गरिन र मेरो र उनको सम्बन्धको बारेमा भनिन उ निरास भएर फर्कियो !

          दिउसोको खान खाने बेला भएछ तपाई पनि खानुस र म पनि बजुलाई खान दिन्छु यो तपाइको जिबनकहानी भरे पुरा गर्ने है मलाई बोलाइन भनेर म दौडिएँ ! मन भने तेही अल्झीरहेको थियो उनि संगै! दिउँसोको खान पछि  उनि फोन गर्ने निहुँले बुथमा  आए र म पनि बजु सुताएर उनको अगाडी आएर काँन  ठाडा पार्दै बसे ! उनि अघिको कहानी पुरा गर्नतिर लाग्छन!  साँझाको  बेला थियो उनि बेथ कफे  ( कफी पिउन) गएकी थिइन् म उनको प्रतिक्षामा बरण्डा बाट छितिज नियाँलदै  बसिरहेको थिएँ ! मेरो अगाडी उनलाई मन पराउने केटा देखा पर्यो र भन्यो आदि मेरी हो म उसलाई तैले भन्दा बढि माया गर्छु त्यसैले आजै बाट उसलाई हेर्न छाडिदे भनेर धम्कि दियो ! मैले उसलाई सम्झाउने कोसिस गरें उ मुर्ख झैँ उसैका कुरामा अडिक भएर म माथि हातपात गर्न थाल्यो ! उसको र मेरो झगडा निक्कै बेर चलिरहेको थियो खै के के भयो थाहा छैन  मैले एक्कासी आफुलाई हस्पिटलको बेडमा पाएँ मेरो एउटा खुट्टा काटिएको थियो यति भन्दा उसका आँखा टिलपिल भएर भुइमा पोखिसकेका थिए म बाकि काहानी सुन्न हतारिदै थिएँ ! प्लिज भन्नुस न!


             म सानै हुँदा मेरी आमाको निधन भयो आमाको अनुहार धमिलो छाँया जस्तै अलिअलि याद छ! बाबाले अर्की आमा ल्याएर बस्नु भयो !सौतेनी आमाले हेला गरेपछि  म काकाको घरमा गएर बस्न पढ्न थालें ! मलाई पढ भन्ने कोहि थिएन मेरो सुन्दर भविस्यको  कल्पना गर्ने पनि कोहि थिएन जसोतसो दस सम्म पढेर आर्मीमा भर्ति भएँ त्यो पनि आज यो अवस्थामा आफुलाई भेटेको छु खै के भनौ?  सुख दुख बाँडे मन हल्का हुन्छ रे पीडा आँशुले बगाएर लैजान्छ रे त्यसैले नरोक्नुस अब पुरा भन्नुस यो अधुरो कहानिले म बिथोलिंछु एली... मैले भने !  उ बोल्न थाल्यो, साथी र म बिचको झगडाले गोलि सम्म चलेको थियो  मैले हानेको गोलिले उसको छाति वारपार भएर उसले त्यहि जिन्दगी  बिसाएछ म भाग्ने हुँदा माथि बाट  बजारिएर दुवै गोडा काम नलाग्ने गरि...यो अवस्थामा छु! मलाई ज्यान मारेको अभियोगमा जेल चलान गरियो म यो ह्वीलचियरमा बसेको बाह्र बर्ष भयो ! पांच बर्ष देखी क्यान्सर रोघका कारण आधा  मरिसकेको छु!  डाक्टरले दिएको म्याद अब दुइ हप्ता मात्र बाँकि छ!

            यति भनि सक्दा मैले मेरा आँखामा फेवाताल भरिएको चालै पाइनछु उसले नै तिमी  पहिले आँशु पुछ भन्दा पो झसंग भएँ! उनि अघि बोल्दै गए ! मलाई भेट्न आदि आइरहन्छिन! म यो बुथ बाट  धित मरुन्जेल उनि संग कुरा गर्दै रुने गर्छु! उनि जागिर खाने हुँदा संधै आउन पाउदिनन हाम्रो मायाँको चिनो  छोरी छिन तर उनलाई म बाबु हुँ भनेर  थाहा छैन!  किन? म क्यान्सरको रोघी छु भनेर छोरीलाई ढाटेका छौ!  एक त जेलमा त्यसमाथि पनि म मर्दै छु भन्दा उसलाई कस्तो घात पर्ला? सो उनि बिना बाबुकी छोरी भनेर भनेकी छिन उनकी आमाले ! आज आदि अफिस सकिएपछी छोरी लिएर मलाई भेट्न आउदै छिन बिहान म  खुशी हुनुको  कारण त्यहि हो!  डाक्टरले भनेको मेरो स्वस्थस्थिती हिजो भन्दा आज निक्कै बिग्रिसकेको छ रे भोलि यहाँ बाट डिस्चार्ज हुँदै छु! जेलमा छोरी ल्याउदिनन सायद मैले मेरी छोरीलाई देख्न पाउने आज अन्तिम  दिन हो! मैले एक शब्द पनि छोरी भनेर काखमा राख्न नपाइ मर्ने भएँ! आदि रुएर कम्जोर भैसकेकी छन् मैले कत्ति भन्दा पनि उनले बिहे गर्न मानिनन मैले भनेको छु मेरो निधन पछी तिमीले जसरि पनि बिहे गर्नु भनेर तर उनि जवाफ दिन्न !  अब त्यो छोरीलाइ कसरी र कस्तो जिन्दगी दिन्छिन थाहा छैन!  सायद तेस्को जिन्दगी  पनि कतै मेरै जस्तो......उनि संगसंगै म पनि निक्कै बेर  आँशुमा डुबेर आफ्नो स्थान तर्फ लांगे ! भोलि पल्टदेखि त्यो बुथ जतिबेलई खालि हुन्थ्यो तर म गोजीमा काड बोकेरै बसिरहें त्यो दिनबाट हस्पिटल बसाइ दिक्क लाग्दो भयो |

कल्पना भावुक 
इजरायल!

कथा ८


म तेस्तै ११ बर्षकी थिएँ ! बाबा आमाले बसिबियालोको लागि सानो सानो किराना पसल घरमै राख्नु भएको थियो ! जाडोको मौसम पारेर आमाले बिहान बेलुका चिया पनि बनाउनु हुन्थ्यो ! त्यहाँ सामान बेच्ने भन्दा पनि बढी तासको खेल चल्थ्यो! तास खेल्नेहरुले नै चियाको चुस्की धेरै लिने हुँदा पसल राम्रै संग चलेको थियो ! तास खेल्नेहरुमा बुढापाकाहरु नै धेरै थिए त्यसमा पनि मेरो बुबा त नम्बर एक मै पर्नु हुन्थ्यो ! म घरकी सबै भन्दा सानी सदस्य (कान्छी छोरी) !मलाई सानोतिनो काम पालैपालो सबैले अर्हाउने गर्थे,यानेकि म सबैका लागि सजिली रिमोट थिएँ!

           कार्तिक कै बेला हुनु पर्छ! बर्षायामको पसिनाको फल पहेलपुर् भएर खेतबारीमा झुल्दा मेहेनती अनुहारहरु खुशिले गद गद भएर हर्षउल्लासका साथ बिजइ घोषित गर्दै थिय ! हुन पनि किसानलाई त्यो भन्दा ठुलो पुरस्कार के हुन सक्छ र मानो रोपेर मुरी उब्जदै छ अनि वर्षाको भेल संगै बगेका पसिनाका थोपाहरु सुनिला रंगमा रंगिन सफल भएको छ !कोहि धान काट्ने कोहि ओसार्ने कोहि कुनिउ लगाउने कामले कसैलाई फुर्सद थिएन ! भनौ मलाई पनि फुर्सद नै थिएन ! कान्छी खेतमा खाजा पुर्याउन जा है खेतालाहरु भोकाइ सके ,कुनिउ लाउनेहरुलाई चिया लिएर जाजा, पसलमा तास खेल्नेहरुलाई सलाई देन चुरोट खान पर्यो रे, ति बाख्रालाई घाँस हलिदेन भोकले कराई रहेछन, भैसीलाइ पानी खुवाउन लानु पर्ने ,उ साथीहरुले गाईबस्तु खोलेर ल्याएछन बेला गइ सक्यो......यस्तै यस्तै कामहरु हजुरमा देखि लिएर घरका सबै सदस्यले मलाई रिमोट सम्झेर अह्राउन  ! सानी थिएँ सबैकि सजिली थिएँ भ्यासम्म गर्थें पनि ! ठुला मान्छे ठुलै काममा व्यस्त हुने हुँदा म नै थिएँ सबैका लागि एक मात्र रिमोट जसलाई जता मन लाग्यो उतै घुमाउन सजिलो सामग्री ! ठुला मान्छेले साना मान्छेलाई अह्राउन कति सजिलो छ है हाम्रो समाजमा ?

            एक दिन हाम्रो घरमा धानको दाइं हाल्ने धमाधम थियो! घरका सदस्य आआफ्नै तालमा आआफ्नो काम गर्न व्यस्त थिए! मेरो भागमा दाइमा गोरु धपाउने परेको थियो ! बिहान देखि गोरुका पछिपछी हिड्दा गलेर भुतुक्क भै सकेकी म साँझको पाच बजिसक्दा पनि दाइ सकिएकै थिएन! एकोहोरो बाटो हिड्ने हो भने निक्कै लामो यात्रा थकित यात्री हुने थिएं  म   तर पनि त्यो  काम काम मै गनिदैनथ्यो! जून काम सानामान्छेले गर्छन ठुलाका लागि त्यो काम नै नहुने रहेछ उफ्फ़ .... आगन भरि सुकुल ओछ्याईएको थियो ! सबै बुढापाकाहरु तासमा मस्त थिए ! आमाले कल बाट पानी ल्याउन अर्हाउनु भयो ! म पनि चुपलागेर गाग्री बोकेर आगनमा गएँ र पानी भर्न थालें ! दिनभरिको गोरु धपाईले गलेर भुतुक्क भएकि म यति पानी लगेर खाना खान्छु र सुत्छु भनेर सोच्दै गाग्री बोकेर अघि बढें ! ख्यालै गरिनछु जुंगे (दर्जी) दाइ बसेकै सुकुल टेकेर पानी बोकेर गएछु ! माथि पानी पुर्याएर राख्न पनि भ्याएकी थिइन सिर्कनो सवाट पिडुलामा बर्सिदा तोरीका फूल देखे मैले! बिजुली चम्केको आभास भयो !यसो पछाडी फर्खेर हेरेको त त्यहाँ दमाइ बसेको देखिनस? तेही सुकुल टेकेर हिड्नु पर्छ ? भनेर बुबाले कडकिदा पो बल्ल मैले थाहा पाएँ म किन कुटाइ खाँदैछु भनेर !

           ति जुंगे दाइले सुनेर के सोचे होला ? उनि पनि त मान्छे नै हुन् नि, मेरो मनले यस्तै भन्न थाल्यो! सबै खाना खाएर सुत्न गए आमा भने मैले नखादा निक्कै दुखि भएर मलाई सम्झाई रहनु भएको थियो! आमाको मन न हो छोराछोरी भोकै बसेको कहाँ देख्न सक्छ र ! म निक्कै जिद्दी थिएँ मैले खान मानिन र भोकै सुतें !निन्द्रा परेन मनमा एककिसिमको सोचले गाजिरह्यो ! अस्ति म उनका घरमा लुगा लिन जाँदा भाउजुले मलाई चिया र पाउरोटी खाने भनेर सोधिन र खाएकी पनि थिएँ! यो कुरा बुबाले थाहा पाउनु भयो भने? मेरी स्कुलकी साथी पनि हाम्रो समाजको नजरमा सानै जातकी हो, उ संग त जुठो पनि चल्छ मेरो , मैले कति पटक उसका घरमा खाना खाएकिछु, उ मेरी मिल्ने साथी म उसलाई म जस्तै देख्छु उसको र मेरो सरिर पनि उस्तै छ मात्र म भन्दा अलिक मोटि छ! उ र म बिचको फरक भनेको ओजनमा दुइ चार किलो तल माथि हौला बस... तिनै जुंगे दाइले सिलाएको लुगा हाम्रा बाबाले पनि लाउछन, आमा पनि तिनै लुगा लगाएर खाना पकाउनु हुन्छ मैले के गल्ति गरे? म आधा रातसम्म सुतिन यस्तै के के सोचिरहें खै कति बेला निधाएं थाहा छैन !

            जुगे दाइका बारीमा रायोको साग लह लह थियो! आमाले जुगेनी भाउजुलाई सागको कुरा गर्नु भएको रहेछ भोलिपल्ट मलाई साग लिन पठाइयो ! तिनै दाइका बारीमा फलेको साग पकाएर आमाले सबैलाई खाना खान बोलाउनु भयो! सबै खान बसेकै बेला मैले भने त्यो साग त सुँगुरको खोर छेउमा लिदी भएको ठाउबाट टिपेर दिनु भएको हो भाउजुले ! साग टिप्दा भाउजुले सुँगुर पनि छुनु भएको थियो त्यो सागले त सुँगुर पनि छोएको छ म हिजोको रिष पोख्न थालें ! बुबाले नकराइकन भात खान आदेश दिनु भयो ! ठण्डीको बेलामा भेटेको रायोको साग कतिमिठो मानेर भात संग बुजा हाल्दै थिए  सबैजना तर म चुप भइन ! हिजोको कुटाइले मेरो दिल धेरै दुखेको थियो त्यसैले म  बोल्न थालें! उनीहरुले सिलाको लुगा लाउन हुने,बारीको साग खान हुने ,संगै बस्न बोल्न हुने छोएको खान किन नहुने? मलाई किन पिट्नु भएको ? म ठुली भएपछी दमाइ संगै बिहे गर्छु अनि बल्ल ठिक्क हुन्छ भनेर मुख चलाउन लागें ! बुबाले फेरिपनि मलाई थप्पड लाउनु भयो त्यसपछि म आँशुका ढिका बर्बरी झार्दै बिना अवाज रुना थालें  ! त्यो ठुलो हातको झापड यो सानो गलामा पांच औलाको छाप र दुखाइ दिलसम्म पुगेको थियो ! मलाई त्यो दिन एउटा सोचाइ आयो यो सोच बाट इनिहरुलाई बाहिर निकालेरै छाड्छु केहि थोरै भएपनि परिवर्तन गरेरै छाड्छु !

           छुवाछुतको पर्खाल मैले यसरि भत्काएं कि   मेरा अलिक टाढाका साथीहरुलाई अरु नै जातको हौँ भन है भनेर घरमा ल्याउने संगै खाने र संगै  सुत्ने गर्न थालें! त्यो कुरा कसैलाई पनि थाहा भएँन ! म भित्र भित्रै खुशी हुन्थें र जुन बेला उहाहरुले थाहा पाउनु भयो त्यो बेला म ठुली भैसकेकी थिएँ! छोएको नखाएपनि घरमा पस्न र बस्न छुट दिन थालेका थिए !जो होचो उसका मुखमा घोचो भने झैँ मान्छेले आफु भित्र भएको रिषको आवेग पोख्ने ठाउँ सानै मान्छे हुँदो रहेछ यो पाठ पनि मैले तेही बेला सिके !

         रुढिबादी समाजका पुराना मान्छेमा अझै पनि यो भ्रम छदै छ! सानो जातले छोएको खान हुन्न  बिवाह गर्न हुन्न भनेर !मेरो घरमा आफ्नै नाता भित्रका मेरा दाइले तिनै सानो जातकी भाउजु ल्याउदा दाइको घरपरिवारमा निक्कै ठुलो रडाको मच्चिएको थियो! घर बाट उनिहरुलाई निकालिएको थियो ! दशैँ तिहारमा पनि दाजु भाउजु एक्लै भएका थिए! मलाई यो देखेर साह्रै नरमाइलो लागिरहन्थ्यो! ति भाउजुको बोलि ब्यबहार कति मिठो थियो तर सबैले सानो जातकी भनेर हेला गर्थे! म उहाहरूकैमा दशैको टिका थाप्न जान्थे तिहारमा दुबो र तेलले छेकेर दाजु भाउजुलाई टिका लागाइदिंथे भाउजु मलाई देखेर खुशी हुनुहुन्थ्यो र म वहाको खुशी देखेर आनन्दित हुन्थे ! तिनै भाउजु हुन् जसले मलाई आफ्नो खुट्टामा आफै उभिन सिकाएकी छिन ! आत्मनिर्भर हुन सहायोग  गरेकी छिन!

         मेरी भाउजु आज  दुवै किड्नी फेल भएर नाजुक अवस्थामा छिन ! किड्नी tranesfar गर्नु पर्ने अवस्था आएको छ! मैले गर्ने सहयोग त छदै छ तर तिम्रो यो अवस्था सुनेर म धेरै दुखि छु भाउजु !

        म हरेक दिन भगवान संग प्राथना गर्छु यति राम्रो मन र बिचार भएकी मेरी भाउजुलाई अझै बाच्न देउ  भगवान!  लान्छौ भने त्यस्ता खराब मान्छेलाई लैजाउ जो समाजमा  घमण्ड र अहंकारले  ठुलो हुँभन्ने  भ्रम फिजाएर गरिब र असहाय प्रति अन्याय गरिरहेका छन् !

       घरपरिवारले जस्तो दृस्टीकोण बाट हेरे पनि जुन दर्जामा राखे पनि मेरो हरेक खुशीमा रमाउने मेरी भाउजु आज पनि तिमीलाई म धेरै सम्मान गर्छु र सम्झिरहन्छु ! जब मलाई भाउजुको याद आउछ महाकवी लक्ष्मीप्रसाद देबकोटाको याद आउँछ !
क्षेत्रीको छोरो त्यो पाउ छुन्छ घिनले छुदैन 
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन !!
कल्पना भावुक
इजरायल !

कथा ~~म सानो हुँदाको दशैं

कथा ~ म  सानो हुँदाको दशैं
 बर्ष दिनमा बल्ल बल्ल एक पटक आउँने दशैँ ! त्यो पनि गरिबको घरमा गरिबी संगै भित्रिन्थ्यो ! बर्ष भरिनै बिहान देखि बेलुका सम्म हात खुट्टा बजार्दा लाउन खानको दुख भने थिएँन! सायद म दस बर्षकी हुनु पर्छ दशैँ नजिकिंदै थियो ! किनमेल गर्न बाबा आमा बजार जाने तरखरमा हुनुहुँन्थ्यो! मैले पनि बजार जाने जिद्दी गरे! म बाबा आमाको कान्छी छोरी यसै पनि मायाले पुलपुलिएकी थिएँ त्यसैले नाई नभनी लिएर जानु भयो ! हरेक बर्ष स्कुलका ड्रेश त्यहि दशैको मौका पारेर फेरिने गर्थ्यो ! लुगा नयाँ  हुन्थ्यो ! तर उही सेतो सर्ट र निलो फरक ,चप्पल नयाँ हुन्थ्यो तर उही पिटिक पिटिक गर्ने हात्ती छाप! दशैँ त आउँथ्यो तर प्रत्येक बर्ष झैँ मेरा इक्ष्या र चाहनाले भने नया रुप लिन सकेका थिएनन ! यसपटक भने म आफै बजार गएकी हुँदा जिद्दीपन संगै सेतो भुइमा रातो र निलो फूल बुट्टा भएको जामा किनेर खुशी हुँदै घर फर्किएँ ! अष्टमी हुँदै बडादशैं पनि आयो ! टिका लाउने तयारी भयो! तिन दाजु र एक दिदी सहित पालो पालो गर्दै टिका संगै आसिर्बाद थाप्ने क्रममा मेरो पालो आयो! बाबा र आमाले टिका लगाउँदै आशिर्बादका सब्द बर्साउँन सुरु गर्नु भयो! नानी ठुली हुनु राम्रो पढ्नु ज्ञानी हुनु आफु भन्दा ठुलाले भनेको मान्नु राम्रो ज्वाई भेटेस् भाग्यमानी भएस .....आदि आदी! यहि आसिर्बाद संगै बाबाले भन्नु भयो अब कान्छीले मासु भात खाएर लिंगे पिङ भएतिर भैसी लिएर जान्छे ! एकै छिनमा आउनु भन्दै बाबाले भने पनि म झन खुशी भएर हतार हतार खाना खाएर भैसी खोलेर हिंडे !

                      दशैंको दिन नयाँ लुगा फेरेको दिन साथीहरुलाई देखाउन हतारो भएको थियो ! त्यो दशैंमा मेरो नयाँ जामा स्कुलको ड्रेश भन्दा फरक पाएकी ले  म फुर्केर भुइमा खुट्टा नै थिएनन्! त्यस बेलाको सिनेमा हल सारदा टाकिज बेलबारीमा लाहुरे फ्लिम चलेकोले गर्दा सबैको मुखमा सोहि फिल्म कै गीत झुन्डिएको थियो ! म पनि भैसी माथी चडेर बिरताको चिनो बिरको सन्तान सहीदको रगत लाहुरेको निशानी....गुन्गुनाउदै भैंसी लाई सिर्कनाले हान्दै छिटो छिटो पाइला सार्ने संकेत दिदै थिएँ ! बाटोमा एक साथी संग भेट भयो! फुरुक्क हुँदै जामाकै कुरा गरें ! क्रमस जामा संगै मेरो फुर्क्याई सकेर म घर फर्कन लागें! भैंसी  लाई कुलोमा पानी खुवाउन लाँदै थिएँ ! बजिनिलाई आहाल बस्न मन लागेछ घर आउँन मान्दै मानिन आहाल बसेरै छाडी ! एकछिनमा कुलोको हरियो दुबो चर्याम चर्याम पार्दै चपाउन लागेकीले मेरो कमलो मनले कुलोको बाटो हुँदै घरसम्म चराएर लैजाने निर्णय गर्यो! सो भैसी माथी चडेर आफ्नै कान थर्किने गरी ठुलो ठुलो स्वर निकाल्दै गीत गाउँन लागेछु !
चलेछ बतास सुस्तरी मनै सरर ....
भरोसा छैन जीबनको खेलाची नगर...!
                   
                   जाँदा जाँदै कुलोको डिलमा भएको अम्बाको बोट अगाडी आईपुगेको ख्याल नै भएनछ! नुहेको हाँगोले जामा अड्काएर उधोमुन्टि पार्दा पो आमा भनेर चिच्याएँछु ! मेरो स्वर सुनेर दाजु, आमा र दिदी कुधेर आउँनु भएछ! अनि मलाई त्यो अंकुसे बाट भुइमा उतार्दा पो चाल पाएँ मेरो नयाँ जामा त दुइटा भएर मलाइ नांगै बनाएर मै माथी आँखा तर्दै गिज्याई रहेको रहेछ ! मामा घरका हजुर बुबाले एक मोहर दिंदा लगाएको टिका पुछेर रुने मान्छे म! नातिनीको आँशु पुछ्न एक रुपयाँको ढ्याक दिनै पर्ने हुन्थ्यो! त्यो जामा लगाएर मामा घरमा हजुरबाले दिने एक रुपियाको ढ्याक थाप्ने मेरो रहर अधुरो भयो ! त्यो जामा फाटेपछी को मेरो दशैं घर भित्रै सिमित भयो ! पुर्णिमाको भोलि पल्ट मात्र बाहिर निस्किएकी थिएँ ! मलाई अझै पनि त्यो फूल बुट्टे जामको खुब  माया लाग्छ र त्यो जामा मेरो आँखाभरी आउछ ! त्यो दिन म यति धेरै रोएकी थिएँ कि त्यो क्षण सम्झिंदा म अझै रुन थाल्दछु !!

                बडा दशैँ २०६९ को पावन अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण आफन्तजन र मित्रहरुमा हार्दिक हार्दिकमंगलमय  शुभकामना व्यक्त गर्दछु!!!


"कल्पना भावुक"

कथा ; समय


 कथा ; समय   
                           कालो बादलले आकाश डम्म ढाकिए पनि ठाउँ ठाउँबाट भने निलो गगन मजाले नियाल्न सकिन्छ ! पुर्णिमाको रात टहटह जूनको उज्यालोले धर्ति जगमगाइ रहेको छ ! लिनाको मन्द मुस्कानमा जिबनको सुख र सारा खुशी खोजिरहेको हुन्छ आशीर ! दायाँ बायाँ पनि युगल जोडीहरुको घुइचो लागेको छ! पार्क भरी यस्तै जोडीले ढाकेको महसुस गर्दा गर्दै उनको त्यो जुनेली रातमा लिनाको शिर आफ्नो काखमा राखेर  चन्द्रमा र लिनाको मुहार लाई एकै साथ नियाली रहेको हुन्छ आशीर ! आशीर हेरन..! त्यो आकाश र चन्द्रमाको कति अटुट र अजम्बरी साइनो छ है ? के हामी पनि हाम्रो प्रेमलाई त्यस्तै अजम्बरी बनाउन सक्दैनौ ? जो हामी मरेर गएपनि हाम्रो प्रेम सदा अमर बनिरहोस् ! 

                         लिना, तिमी भन्छौ भने म तिम्रा हरेक चाहनाहरुलाई सफल बनाउने प्रण गर्छु ! तर मेरो एउटा कुरा तिमीले मान्नु पर्छ ! तिमीले तिम्रो देश बिर्सेर सदा मेरो आसपासमा मुस्कानी फूल बनेर फुलिरहनु पर्छ! लिना दोधारमा पर्छे ! उसलाई कता कता खल्लो महसुस हुन्छ! किन कि ऊ आफ्नो देश छाडेर कामको सिलसिलामा प्राबासी भूमिमा आई पुग्दा दैब संयोग एउटै प्रोजेक्टमा काम गर्ने आशीर संग प्रेममा बाधिन पुगेकी हुन्छे ! दिन बित्दै गयो उनीहरुको प्रेम पनि कलिलो मुना बाट फूल्दै फक्रंदै गयो ! उता भने लिना आमा बाबाकी एउटै मात्र सन्तान थिइ त्यो पनि टाढा प्रबासी भूमिमा..! एकातिर बृद्ध हुन लागेका बाबु आमाको माया अर्को तिर फक्रिन लागेको जवानी अनि प्रेम उसलाई निर्णय लिन निक्कै गाह्रो हुन्छ ! तै पनि ऊ आशीर लाई दुखि देख्न नसकेर ( कहिले काहीं आमा बाबालाई भेट्न जान पाउने सर्तमा ) उसकै अंगालोमा बेरिन पुग्छे ! 

                          समय चिप्लेको र उमेरले नेटो काटेको पत्तै हुँदो रहेनछ ! हेर्दा हेर्दै उनीहरुबाट एक सन्तानको जन्म भयो! दुवै जागिरे छन् ! बिहानको आठ नबज्दै बाहिरिएका बेल्लुकाको आठ बजे मात्र भेट हुन्छन उनीहरु  ! छोरी हेर्ने शिसुस्याहार केन्द्र छदै छ!  दुबैको कमाइ पनि राम्रो छ ! कुनै कुराको कमि छैन उनीहरुको परिवारमा ! दिनदिनै छोरी पनि ठुली हुदै गइरहेकी छ बोली रहुँ खेलाई रहुँ  जस्ती...! जव जव छोरीको हाँसो लिनाको मनमुटु सम्म फैलिन्छ तव उस्ले पनि बाबा आमाको माया र ममता लाई झल्झली सम्झन थाल्छे ! लिना आफ्ना पति र छोरी बाट सन्तुस्ट र खुशी छे! तर पनि उसलाई केहि कुराको कमि महसुश भई रहेको छ! एउटी भएकी छोरी पनि दुरादेशमा! बृद्ध  भएका बाबु आमाको  दु;ख सुख बाँढ्ने र ममता पोख्ने ठाउँ पनि सपना झैँ भएको छ ! आमा, सधैं छोरीको सम्झनामा आँशु बगाईरहन्छिन्! बाबु आशाको त्यान्द्रो बटुल्दै बाटो हेरिरहन्छन ! यता लिना पनि जति जति छोरीलाई मायाले अंगाल्छे त्यति नै आमा बाबाको यादले छटपटिन थाल्छे र सम्झिन्छे उस्को बालापन! बिरामी परेको बेला उस्ले खाना नखाए सम्म उसकी आमा दिनभर भोकै हुन्थिन! बाबु अफिसबाट घर आउँदा रित्तो हात कहिल्यै फर्कंदैनथे! केहि न केहि लिएर नै आउँथे ! आज तिनै बृद्ध बाबा आमाको साहारा बन्न नसक्दा ऊ छोरीलाई अंगालो मार्दै आँशुका बलिन्द्र धारा बगाएर रुन थाल्छे ! जव घरमा आशीरको उपस्थिति संगै लिना माथी सयौं प्रश्न तेर्सिन्छन्  !  तब लिना एका एक बर्बराउँदै आफ्नो मनमा गुम्सिएका बेदनाका पोका हरु खोल्न थाल्छे ! बाबा आमाको आफु बाहेक बुढेसकालको सहारा कोहि पनि नभएको बताउँछिन् लिना ! छोरीको बाटो हेर्दा हेर्दै पर्खाइमा ति  बृद्ध नयनबाट बगेका आँशुले कुनै एउटा ताल बनि सक्यो होला ! उनीहरुको बुढेसकालको सहारा अनि आशा र भरोसाको पर्खाल म एउटै मात्र हुँ ! उनीहरुको मन मस्तिस्कमा कति पीडा र छटपटी बितिरहेको होला ! मलाई मेरा बाबा आमाको साथमा जानु छ!  र म उनीहरुको बाकी जीबनमा दिप बनेर उज्यालो छर्नुछ आशीर ! लिनाको रुन्चे अनि भावुक बोलीले आशीरको मन चसक्क हुन्छ अनि आफ्नो पुरुषार्थ जमाउँने रवाफ देखाउँन् थाल्छ! तिमी त पराई धन हौ, उमेर नपुगुन्जेल मात्रै बाबा आमाको ममता भित्र त्यस पछी त पति को घर नै सबै थोक हुन्छ ! छोरी भएर जन्मे पछी इ सम्पूर्ण कुरा हरुलाई बुझ्न पनि सक्नु पर्छ लिना! सधै माइती घरमै बस्ने भए किन बिहे गरेर आउनु, कुमारी नै बसेर बाबा आमाको सेवा गरेर बसे भैगो नि ! यस्तै यस्तै थोरै रुख्खो पन मिसिएको उपदेश सुरु हुन्छ आशीर बाट!

                        समय बदलिने हैन बदलिन्छ त मानिसको सोच बिचार र हेर्ने दृष्टिकोण ! त्यो सानो र शुखी परिवारमा पनि आज अभाब फैलिएको छ ! लिना बाबा आमालाई सम्झेर पागल भएकी छ! आशीर आफु पुरुष हुनुको घमण्ड डेग सर्न दिदैन ! बिचरी त्यो नाबालक छोरी, बाबु आमाले मुखा मुख गरेको देखेर ट्वाल्ल परेर हेरिरहन्छे ! डाँडा माथिको घाम ुडुबे पछी यो धर्ति मा उज्यालो देख्न एक युगको पर्खाइमा बस्नु पर्छ ! ति बृद्ध भएका बाबु आमा एक पटक अस्ताएपछी जीबन भरको पर्खाइ पनि असफल हुन्छ! यो नितिको नियम कसैले पनि बदल्न सक्दैन! एकदिन लिना उही सम्झनामा टोलाउँदै सुक्सुराउँदै बिगतका रमाइला क्षणहरुलाई मनमनै सुम्सुम्याउन थाल्छे! उस्को हात छोरीको शिरमाथि मन संगै दौडी रहेको हुन्छ! छोरीले जे जति बुझेकी छ आमालाई सम्झाउने र रुन सघाउने बातावरण बाट भने टाढिएकी छैन ! उता छोरी धेरै बर्ष सम्म नआए पछी टेली फोन सम्पर्क टाढिदै जाँदा एक दिन छोरी संग सम्पर्क बिहिन नै हुन पुग्छन बाबु आमा ! समयको दौरान संगै दुखित  मन पनि दौडिरहेको बेलामा एक दिन हुलाकीले लिनाको हातमा एउटा चिट्ठी थमाएर जान्छन ! हतार हतार खोलेर हेर्छे! चिठ्ठी भित्रको खबरले ऊ बिह्रल बन्छे र आशीरको अनुस्पस्थितिमै छोरी च्यापेर घरबाट बाहिरिन्छे लिना ! टिकेट को चाँजोपाँजो मिलेपछी जन्म घर तिरको उडान सुरु हुन्छ र ऊ जन्मथलोमा पाइला टेक्न पुग्छे छोरी लिनाको साथमा ! छोरीको आगमनमा आमाले तप्लक्क मोतीदाना खसाल्दै भुइँतिर हेर्छिन ! बाबा नदेखे पछी ऊ सबै कोठा चाहार्छे  र आमालाई अंगालो मारेर रुन थाल्छे ! अब उसले बाबालाई मात्रै भित्ताको तस्बिरमा देख्न पाउने छ! जून बाबाले अन्तिम क्षण लिना लिना भन्दै देह बिसाएका थिए!  उस्ले अब एउटा संकल्प नै गर्छे र भन्छे ! आमा! मैले मेरो प्राण भन्दा प्यारो बाबाको बोली सुन्न अब अर्को जुनीमा उहाकै छोरी भएर जन्मिनु पर्छ! म तपाईलाई छाडेर कहिँ जान्न यहिँ छोरीका साथमा तपाई संग सदाको लागि बस्न आएकी छु ! छोरीका कुरा सुनेर आमाले पनि हर्ष र बिस्मात दुवै मिसाएर आँशु झार्छिन ! दिन बित्दै जान्छ हजुरआमा र नातिनी रमाई रमाई खेलेको देखेर मख्ख परेर हेरिरहन्छिन लिना!

                        जवानी रहुन्जेल पराइको साथ र माया प्यारो भए पनि जब एउटी नारी आमा बन्छे तब सन्तानको ममता र दाइत्व आँखा अगाडी बिम्ब बनेर बसिदिन्छ ! आफुले आफ्नो सन्तान लाई जन्म दिंदा जति खुशी थिइन उनि! उसै गरी आफुलाई जन्माउदा आफु जस्तै खुशी भएका बाबा आमाको कल्पना गर्छे!  सबै कुराले सन्तुस्ट भए पनि आज फेरी कहीं  कतै केहि अभावको महसुश हुँदै छ लिना लाई ! हुन त उता आशीर लाई पनि श्रीमती र छोरीको बियोगले पागल नबनाएको भने होइन ! नत उस्ले लिना लाई भेट्ने आँट गर्छ नत एक्लै जीबन बिताउने नै! आफ्नै स्वार्थीपनले गर्दा आज ऊ सबै बाट टाढा भएको छ एक्लो भएको छ .....!!!

                    "यसै लाई जीवनको एउटा रित सम्झेर आज लिना आफ्नी आमा र आफ्नो प्रेमको  निशानी स्वरूप प्यारी छोरीको साथमा आनन्दले जीवन बिताई रहेकी छिन् "

  कल्पना भावुक
काठमाडौँ 
हाल ,इजराएल 

कथा ५

 अन्तिम  चिठ्ठी~~~~~~

     डुब्न  लागेको घामको पहेंला  किरणहरु डाँडा माथि  बिश्राम  गर्दाको द्रिस्य देख्ना साथै  मलाई मेरो घाँटी थिचिएर स्वास रोकिए  जस्तै हुँन थाल्छ  ! गोधुली साँझमा  उनकोबाटो हेर्दै मनभरी कुराहरु खेल्न थाल्छन्  अनि सम्झन थाल्छु बितेका मायालु पलहरुलाई|कति अनौठो छ सृस्टिको लिला ,ठाउँ अनुशारको प्रकृति र प्रकृति अनुशारको ठाउँको भेसभुषाले मानिसको स्वभाब र बिबेकलाई  पनि फरक पार्दो रहेछ | जहाँ जस्तो परिवेसमा हुर्कियो जस्तो शिक्षा पायो सोहि अनुशार व्यवहार पनि फरक हुने  रहेछ! यती मात्र कहाँ हो र जस्तो ठाउँमा र जुन संसारमा  मानिस पुग्दछ त्यही संसारको त्यहि  समाजको सिको टिप्दै परिवर्तन पनि हुदों रहेछ या हुँन बाध्य हुँदो रहेछ |

    साँझको छ बजेको थियो ! म भान्सामा  ब्यस्त थिएँ ससाना नानिहरुलाई खानपिनको तयारी गर्दै थिएँ | भान्साको  एक कुनामा  बजिरहेको आफ्नै लोकभाकाको  गीत सँग मन उडाउँदै ..... 

यसै मेरो सर्मै रानी जलेको मन छ ,
अझै रुखो सर्मै रानी नबोल चर्कन्छ.....

        रेडीयो  सँगै गुन्गुनाउँदै  उडेको मनलाई  अझ उड्न दिइरहेकी थिएँ  | सात बर्षकी  ठुली छोरी   स्कुलको गृहकार्यमा ब्यस्त थिइन र चार  बर्षकी सानी छोरी  भने म संगसंगै अघि र पछी  गर्दै खेल्दै थिइन|  मेरो मोबाइलको घन्टी बजेको सुनेर मामु हजुरको फोन आयो भन्दै ठुली छोरीले मलाई बोलाइन | म पनि सबै काम छाडेर हतारिदै फोन टिप्न दौडिएँ |  मोबाइलमा एसो के नजर लगाएकी थिएँ  मेरो प्राण प्यारो,मेरो मुटुको टुक्रा ,मेरो जिबनको आधा हिस्सा रबीनले पो कल गरेका रहेछन  |  हतार हतार उठाएर हेल्लो राजा भनेको मात्र के थिएँ  मेरी रानी सन्चै छौ भनेर उनको  कोकिल कण्ठबाट मायालु आवाज सुन्न पाउने बित्तिकै हतार हतार भने  म सन्चै छु तिमीलाई  कस्तो छ राजा?  यती भन्न साथ उनले,  मैले तिमीलाई एउटा चिठ्ठी लेखेर राजुको हातमा पठाएको  छु ऊ भोलि बिहान  घरमै आएर दिन्छ  प्यारी मेरो खबर सबै त्यसैमा छ| मोबाइलको पैसा सकियो राख भन्दै उनले फोन काटे |

       त्यस  चिठ्ठी भित्र के लेखेको होला, कस्तो खबर होला भन्दै कौतुहलताले मलाइ   कोट्याई रहेको छ | कैले हात पर्ला र पढौला भन्दै  म प्रतिक्षामा बसकी छु | बेडमा पल्टिएकी छु  अनगीन्ति सोचाइमा डुब्न थालेकी छु  रात   झनै लामो हुँदै गएको जस्तो लाग्दैछ  |आँखाभरी  उहाको चार बर्ष अघिको अनुहार सम्झिन्छु काँन भरी मायालु आवाज गुन्जिन्छ म तेसै चंचल हुन्छु कता कता इ हातहरु सल्बलाउछ्न् अधर मुस्कुराउछ  एक्लै बर्बराउन  थाल्छु |

तिमी  फर्केर आएपछी म जान दिन्न, जस्तो हुन्छ  त्यस्तैमा चित्त बुझाएर बस्ने ल ? म तिमीलाई कुनै गुनासो गर्ने ठाउ दिन्न राजा! तिम्रो यादमा तड्पिएर एक्लै  दिन रात बिताउनु भन्दा त बरु जे जस्तो छ म तेसैमा खुशी हुँन्छु| हुनेलाई हैन नहुनेलाई हेरेर चित्त  बुझाएर बसौं है भन्दै.........  म भुसुक्कै निदाएछु |
       समय एकै ठाउँमा कहाँ बस्थ्यो र   एक दुई गर्दै घडीले बिहानको  सात बजाई सकेको रहेछ | बेलुकी ढिला सुतेर होला सात बजे सम्म सुतेछु |  छोरीहरु स्कुल जाने हुँदा दिनभरिको खाली समयलाई सदुपयोग गर्न तरकारी लगाउने   गरेकी छु | राम्रो मल् जल गरेकीले  बारी थोरै भएपनि घरमा खाएर पनि दुइटी छोरीको स्कुलको फिस र टिफिन खर्च मैले तरकारी बेचेरै पुर्याउने गरेकी छु  |
        पुष महिनाको सनिबारको दिन   बारीमा घाम ताप्दै नानीहरु सँग बसेर साग केलाउँदै .. तिम्रो बाबाको चिठ्ठी आउछ राजु अंकलले लिएर आउनु हुन्छ तिमीहरुलाई धेरै माया र सम्झना पठाउनु भएको छ रे बाबाले भन्दै छोरीहरु सँग चिठ्ठीको प्रतिक्षामा बसेकी छु नभन्दै राजु भाइको आगमन हुन्छ .. |

      भाउजु नमस्कार! नमस्कार बाबु! कैले आउनु भयो के छ त उनको  खबर? सन्च बिसन्च भन्नुस न बाबु? म हतार हतार सोध्न थाल्छु |राजु बाबुले कता कता अन्कन गर्दै भाउजु ठिकै छ | दाइले सबै चिठ्ठीमा लेख्नु भएको छ नि हेर्नुस न है भन्दै टार्नुभयो  | मैले चिया बनाउछु भन्दा पनि म अहिले हतारमा  छु भनेर हिंडी हल्ल्नु भयो| घर गृहस्ती  राम्रै  सँग चलेको  भएता पनि सुन्दर भविष्यको खोजीमा वाहा चार वर्ष देखि विदेश  जानु  भएको थियो| मैले बारम्बार छुट्टी आउनुसन भन्दा पनि अनेक समस्या देखाएर आइडी नबनाई  आउँन  पाइन भन्दै अलमल्याई रहने मेरो रबीनको चिठ्ठी यस प्रकारको छ |

       मेरी हृदयकी रानी प्यारी रुपा  सन्चै छौ होलानी हैन ? अनि नानीहरुलाई कस्तो छ? ती कलिला कोपिलाहरुको  ख्याल गर है |रुपा तिमी त मेरो सुख दु;ख बाड्ने जीबन संगिनी हौ मेरो मुटु हौ हामी र हाम्रो सरिर अलग भए पनि हाम्रो मन मुटु आत्मा एकै छ रुपा | म कसरी बिर्सन सक्छु ती दुखका दिनहरुमा तिमीले हातमा हात राखेर मलाई दिएको साहस् र हिम्मत लाई | तिमीमा त्यो साहस र आट छ जसले गर्दा म यहाँ सम्म आइपुगेको छु|  तिमी त्यो  साहसी नारी हौ जो समाजका औलामा  बिरलै भेटिन्छन  | आज म तिमीलाई एउटा तितो सत्य भन्दै छु है तिम्रो आटिलो मन र मुटुलाई अझै दह्रो बनाऊ है रुपा |

        तिमीलाई थाहै छ रुपा   म यहाँ आए पछी  छ महिना जती काम  नगरी बसेँ | राजु भाई  सरु बैनी र शीलु हामी चारै जनाको एउटै  आपडमेन्ट छ राजु अबिबाहित केटो उस्ले त सरु सँग यहिँ बिवाह गरेर बस्यो शीलु  पनि उनकै दाजु भाउजुसंग यहाँ आएकी अबिवाहित केटि जो अहिले म सँग छिन| यती पढ्दा नपढ़दै मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो हातखुट्टा लल्याक लुलुक भएर गले र पनि हिम्मतका साथमा चिठ्ठी लाई अगाडी बढाएँ| शिलु  र म काम गर्ने एउटै अफिस हो उनको र मेरो भेट पनि त्यहि बाट सुरु भयो संधै भेट हुने र ठट्टा गर्ने बानिले गर्दा हामी एकार्कामा नजिक हुँन  पुगेउँ | मन नै त हो हास्दै बोल्दै जाँदा माया पनि बढ्दै जाँदो रहेछ | म एक्लो पुरूस अनि उनि एक्ली मस्त जवानकी तरुनी केटि| मैले शीलुलाई पनि अबिबाहित हुँ भनेर ढाँटेको थिएँ | हामीले एकार्कालाई चाहन थाल्यौ   मेरो र उनको हरेक कुराहरु चाहानाहरु मिल्न थाल्यो र हाम्रो एक अर्का प्रतिको चाहना जीबनभरि नछुटिने बाचाका साथमा जीबन साथी बनेर बिताउने निर्णय गरिउँ   | एसै क्रममा  एक दिन शिलुले दाजु भाउजुलाई बोलाएर हाम्रो प्रेमको बारेमा भनिन | वहाहरुले पनि स्वीकृति दिएपछि शिलु र म सँगै बस्न थालिउँ  म उनि सँगै रमाउँन  थालें भने   उनि म सँग |  उनि यहाकै नागरिक भएकी छिन यसो हुँदा म आफुलाइ  सुरक्षित भएको महसुस गर्छु|  उनि आधुनिक जमानाकी  शिक्षित केटि तिमी र उनीमा धेरै अन्तर पाएँ मैले |  यहाको सुख सुभिधा यहाको कल्चर  म भुल्न पनि सक्दिन| मलाई त्यहाको त्यो अत्यासलाग्दो जिन्दगी जिउन अब मन छैन अब हामी यतै बस्छौ रुपा दुख नमान है? आज दुई बर्सको छोराकी आमा भएर मेरो साथमा तिम्रो सम्पूर्ण हकअधिकार लिएर बसेकी छिन|  तिमी यो तितो सत्य लाई स्विकार है रुपा तिमी त साहासी नारि मन नदुखाउ है उही तिम्रो निस्ठुरी  पति रबीन....|

    चिठ्ठी पढिसकेपछी   म माथि  पर्न आएको घातले म मुर्छा परेर भुइमा लडेछु  | मेरी ठुली छोरीले  मामु मामु भन्दै मलाई बोलाउँदा मलाई सपना झैँ भएको थियो| बिस्तारै म उठेर र  तिनै मेरा दुई छोरीलाई अंगालो मार्दै धेरै बेर सम्म रोइरहें| रबिन  तिमीले त मलाई  धोका दियौ मलाई बिर्सिएर  डलर सँगै  नाता गस्यौ र बिदेशी भूमिमै शिलुको जवानी सँगै रमाउँन सफल भयौ | गरिब देशको राजा हुनु भन्दा धनि देशको कुकुर हुँन  मन्जुर भयौ तिमी| कुनै दिन आफु जन्मिएर  हुर्किएको  माटोको माया लाग्ला  ,मातृभूमीको यादले सताउला,आफ्ना र आफन्तको सम्झनाले बोलाउला तेती बेला तिमीलाई पश्चाताप हुनेछ ,धिक्कार्नेछ तिम्रो मातृभूमीले | तिमी जस्ता डलरमा लोभिएर जन्म भुमि नै त्याग्न सक्ने नागरिक माथि | म त ई दुई छोरीलाई लिएर हासी खुशी मेरो माटो सँग रमाउनेछु येही माटोको टिका लागाएर खुशी साथ नेपाल आमाको काखमा निर्धक्क शिर ठाडो गरेर हिड्ने छु |स्वाभिमानी भएर जिउनेछु तिमी जस्तो स्वाभिमान बेचेर हैन रबिन .....मलाई लाचार र कम्जोर नारी  नसम्झ  तिमी अब | म तिम्रो निम्ती पत्थर बनेर आफ्नै स्वाभिमानमा म र मेरा छोरीलाई हुर्काउने छु स्वाभिमानी भएर बाच्न सिकाउने छु |   तिमी तिम्रो स्वाभिमानलाई बेचेर बस  तिमी आफ्नो कर्तब्य र दाइत्व बाट हटेर बस  तिमीलाई सधैको  लागी बिदा भन्न चाहन्छु रबिन ..............

      अब त रबिन मेरो सपनाको साथमा पनि छैन  बिपनाको त कुरै नगरौ |समयले चाहे  खुशी लिएर  आओस चाहे  दु;ख  बितेर जानेनै रहेछ अब  रबिन न फर्केर  मेरो अंगालोमा नै आउछ न ऊ मेरो....जीन्दगीको कुनै क्षेणमा  म  एक्ली भएकी छु तर म हिम्मत हार्दिन  मेरो साथमा मेरा छोरीहरु  छन| मेरा आँखाका नानीहरु मेरो कलेजिका टुक्राहरु मात्र मेरा हुन्  म जे जस्तो भएर पनि म मेरा छोरीहरुलाई राम्रो शिक्षादिक्षा  दिन सकु   म मेरो जिन्दगी इनै छोरीहरुको निम्ती समर्पण गर्न सकु  ..!

गाउन नपाई रुकी दिन्छ्न मेरा सारा गीतहरु,,
कोपिला मै झरि दिन्छ्न फूल रूपी प्रितहरु 

निर्मोहिले डाहा गरि सजाय पो दियो कि,,
जिबन भरी रुवाउने संकल्प पो थियो कि ,,
मिलन,बिछोड,आँसु,हासों जिन्दगीका ऋतहरु,,
कोपीला मै मरिदिन्छ्न फूल रूपी प्रितहरु....... 
समाप्त ...............
कल्पना भावुक  काठमाडौँ
हाल,इजरायल 

कथा ४

होचाहरूको बीचमा -By कृष्ण धरावासी


Dharabasi Krishna   
 जन्मिदा त अरु जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरु हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा पिडुला छामेर भन्नु हुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाँठो परेका ।’ पिंडुला गाँठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिंडुला हेर्थे– तिनीहरूका पिंडुला सुलुत्त परेका हुन्थे । आफ्ना चाहिं छाम्यो लोहोरो जस्तो । कहिलेकाही सपनामा देख्थें मेरा पिंडुला त हेर्दाहेर्दै सुलुत्त भएर तन्किँदा रैछन् रे । ब्यूँझन्छु गाँठाका गाठै ।

    दिदीबहिनी सबैले फुत्तफुत्त नाघ्दै गए मलाई । उकालो चढ्न नसक्ने यात्रुलाई पछिल्लाहरूले छोड्दै अधि बढेझैं बढिरहे बिस्तारै उनीहरू पनि । साना थिए हातका नारी । बुबासँग चिन्हा हेराउन आउनेहरूका छेउमा टुसुक्क बसेर तिनीहरूको चिन्हाको फल सुनिरहन्थें । आफ्नै सुरमा मेरा साना नारी हत्केलाले खेलाउँदै कसैले भन्थे– ‘हेर ! कत्ति सानो रैछ यसको नारी पनि । कसरी गरि खाला है पछाडि यसले ।’ छेउमै बस्नु भएकी आमाले भन्नु हुन्थ्यो– ‘यो जन्मिदा पनि सानो थियो । पछिसम्म बेर्नु निस्कन्थ्यो । केही खाँदैन । पढ्न भनेपछि हुरुक्क हुन्छ । जतिबेला पनि जे भेटे पनि अक्षर देखेपछि पढिरहन्छ ।’ मेरो हात समात्नेले भनिन्– ‘यस्तै हुन्छन् कति भूरा । हाम्री जेठी छोरीको छोरो पनि यस्तै छ । पटक्कै केही खाँदैन । पढ्न भने पछि हुरुक्क ।’ पढ्नु राम्रो रैछ थोरै खायो भने झन् पढिने रहेछ जस्तो बुझें मैले । अनि झन्झन् जानीजानी थोरथोरै खाने गर्थँे ।
    साथीहरु जति अग्लिदै गए म उति नै होचिदै रहेँ । अनि साथीहरू माया गर्दै, जिस्क्याउँदै भन्थे– ‘कान्छा होचो छ, कान्छा सानो छ ।’ मलाई यो होचो हुनु र सानो हुनु पनि राम्रै जस्तो लाग्न थाल्यो । यही कारणले पनि मैले कैयौं सुविधाहरू पाएको छु । धेरैवर्षसम्म बसमा भाडा लागेन । लुगाफाटो किन्दा खर्च थोरै । जादूचटक हेर्नु प¥यो भने अगाडि बस्न पाइने । फोटो खिच्दा पनि होचाहरूलाई अगाडि ठाउँ सुरक्षित । मिनी वा माइक्रोबसमा यात्रा गर्न पनि सजिलो । अफ्ठयारो पनि थियो कति कुरमा । उमेर बढ्दै गएपछि समकालीन केटीहरूले होचो भनेर हेप्थे, जिस्काउथे । भीडमा थिचिने डर । टाढाबाट हेर्नु पर्ने कुरा अग्लाहरूबाट सधै छेलिनु पर्ने । देख्थें– अग्लोको व्यक्तित्व नै फरक, आकर्षक । लुगा पनि सुहाउने, हिडाइको फड्का पनि लामो, अगाडिकोलाई प्रभावित गर्न पनि सजिलो ।
    होचो र अग्लो प्राकृतिक कुरा हुन । यी न हाँसोका विषय हुन र हिनताका । तै पनि आफ्नो शरीरको बनावटसँग मानिसको मनोविज्ञानले ठूलो काम गरेको हुन्छ । ज्ञान एकातिर, मनोग्रन्थी अर्काेतिर भइरहेका हुन्छन् । जति नै बुद्धिमान र ज्ञानी भएता पनि हरेक मान्छे आ–आफ्नै ग्रन्थीले ग्रस्त हुन्छ नै । रुप नै मानिसको सबैभन्दा ठूला सम्पत्ति हो । पहिला देखिने कुरा रुप नै हो । विस्तारै घनिष्ठता बढ्दै गएमा मात्र उसका गुणका आधारमा सम्बन्धमा पुनर्विचार हुन सक्दछ । सुन्दर हुनु वा अरुद्वारा प्रशंसित हुन जसलाई पनि मन लाग्दछ । त्यसकै निम्ति मानिसले आफ्नो आम्दानीको अधिकांश भाग खर्च गरिरहेको हुन्छ । शरीरसँग जोडिएर आउने अनेकौं विचार, चेतना र संवेगहरू नै मानिसका जीवनआधारहरू हुन्छन् ।
    मानिसले आफ्ना कमजोरीहरुलाई थिच्न आफैं भित्रबाट नयाँ नयाँ सीपहरुको विकास गर्दछ । नसोचिएका, नदेखिएका र अनुमानै नगरिएका गुणहरु नपत्याउँदो मानिसभित्र उत्पन्न हुन्छन् । अन्धाहरूको स्मरण शक्ति, बहिराहरूको इसारा बुझ्ने शक्ति, लुलाहरूको बसीबसी अनेकौं काम गर्ने शक्ति, उसभित्रबाट उत्पन्न वैकल्पिक क्षमता हो । कुनै एकपक्ष कमजोर भएको व्यक्तिमा अर्काेपक्षको चामत्कारिक विकास भइरहेको हुन्छ ।
    म सानो, लुते र कमजोर थिएँ । सानैदेखि मेरो एउटा खुट्टो अर्काे भन्दा केही लुलो थियो, त्यसैले म दौडिन, उफ्रिन र खेल्न सक्दिनथें । म बसेर खेलिने चेस, लुडो, क्यारेम वोर्ड आदिहरू खेल्थें र राम्रो जान्दथें पनि । त्यसो त मैले संगीत र कलाको क्षेत्रमा पनि विकास गर्दाे हुँ तर घरको दयनीय आर्थिक अवश्थाका कारणले होला त्यसका लागि चाहिने बाजागाजा र क्यान्भास, रङ्गकुचीको प्रबन्ध हुन सकेन । अनि म बिस्तारै कागजमा पेन्सिल र डटपेनले मनका कुराहरू कोर्न थालेँ । अरु साथीहरू खेलेर शिल्ड कपहरू जित्थे म कविता सुनाएर खाता, कलमहरू जित्थे ।
    विस्तारै मलाई आफू होचो भएको कुराले खासै प्रभावित गर्न छोड्यो किनभने एकदिन मैले थाहा पाएँ, म त मेरी आमा भन्दा अग्लो रैछु । धेरै ठूली ठानेकी मेरी आमा त म भन्दा नि होची पो रैछिन् । अनि थाहा नपाई म अरुसँग दाँजिन थालें । यसो गर्दै जाँदा बुझ्दै गएँ मलाई होचो भन्ने केटीहरू भन्दा पनि मै अग्लो हुँदोरैछु । बुझ्दै गएँ मानिसको लुगा कपडाले पनि हेर्दा अग्लो होचो देखिदोरहेछ । महिलाहरू माथिदेखि तलसम्म छोपिने साडी चोलो, कुर्ता सलवार, जामा, म्याक्सी आदिहरूले अग्ला देखिदा रहेछन् र पुरुषहरु सर्ट पेन्ट, हाफ पेन्ट, हाफ भेस्ट आदिले होचा देखिने ।
    यो शरीरको अग्लो होचोको मानसिक दवावबाट मुक्त हुँदै गएपछि बिस्तारै मलाई आफ्नो उचाइमा बेग्लै प्रकारको गर्व लाग्न थाल्यो । मैले यही उचाई पाएकाले म लेखक हुन सकें, अरुको माया पाउन सकें । जहाँ पनि सजिलै प्रवेश पाउन सकें र अनुभवहरु भेला गर्न सकें ।
    काका स्व. एस.एल. शर्माले प्रायः मलाई भनिरहनु हुन्थ्यो– ‘आजसम्म मलाई कसैले निहुराउन सकेको थिएन, तैले लुरुक्कै पार्छस् सधँै ।’ उहाँ निकै अग्लो हुनु हुन्थ्यो । झापाका थोरै अग्ला व्यक्तिहरूमा एस.एल. शर्मा पर्नु हुन्थ्यो । त्यसो त उहाँका छोरा शलभ पनि अग्लै हुनुहुन्छ । जब म उहाँको छेउमा गएर उभिन्थें, उहाँले मलाई हेर्न निहुरिनु प¥थ्यो । उहाँको यो कुरा सुनेर वरिपरिका हाँस्थे । उहाँको त्यो कुरा सुने पछि ममा एकप्रकारको रमाइलो गर्व भरियो । अनि म नजानिदो पाराले अचेल पनि अग्लाहरूको छेउमा पुगेर उभिइदिन्छु । अनि उनीहरू बाध्य भएर मेरा अघि निहुरिइरहेका हुन्छन् । अरुलाई आफूसँग सजिलै झुकाउन सकिने यो शक्ति के रामशरण महत, केशवकुमार बुढाथोकी, राधाकृष्ण मैनाली, बिष्णुविभु घिमिरे, राजेन्द्र शलव, नारायण वाग्लेहरूसँग होला ?
    होचो भएपछि आफूले कहिल्यै तल हेर्नु नपर्ने रहेछ । सधँै माथितिर मात्र हेर्नु पर्ने । त्यसो त आध्यात्मिकहरू प्रायः सबैले माथि हेर्नु, उत्तरोत्तर हेर्नु नै भन्छन् । उनीहरूको विचारमा स्वर्ग, वैकुण्ठ सबै माथि नै हुन्छ । भौतिक कुरा गर्दा पनि प्रायः महत्वपूर्ण कुराहरू माथि नै हुन्छन् । जून, तारा, सूर्यहरू माथि नै छन्, वायुमण्डल माथि नै छ, हिमाल माथि नै छ, प्लेन उड्ने बाटो माथि नै छ । माथि नै थिए अस्तिसम्म राजा, अहिले राष्ट्रपति माथि नै छन् । मन्त्री, सचिव, सरकार सब माथि नै हुन्छ । माथि नै बस्छन् घर मालिकहरू, माथिबाटै बोलेको मात्र सुन्छन् सबैले ।
    सबैको प्रयत्न हुन्छ माथि पुग्ने । माथिको आकर्षणले प्रायः सबैले तलकोलाई कुल्ची रहेका हुन्छन् । तलकाको ढाडमा नटेकी माथि पुग्न कोही सक्दैन । पैसाले, बलले, ज्ञानले, आवाजले, हतियारले जेसुकैले भए पनि तलकोलाई दवाएर माथि पुग्ने यस प्रतिस्पर्धामा म मात्र तल बसिरहने के कुरा थियो त । सायद त्यसैले मैले पनि माथि पुग्न, माथिको भएर देखिन कैयौं तलकोहरूलाई टेकें होला । नजानेर त जसले पनि टेक्न सक्छ, तर जानीजानी पनि त नटेकी कहाँ हुन्छ । कसकसलाई कहिलेकहिले कहाँकहाँ टेक्दै म यहाँसम्म आइपुगें भन्ने मलाई भन्दा बढी कसलाई थाहा होला र ! अरुबाट आफू हेपिएको, थिचिएको, भनिरहँदा के मबाट अरुहरू हेपिएका, थिचिएका, मिचिएका थिएनन् ? मैले कृषि विकास बैंकको आयोगमा आफूलाई पास गराउँदा कुनै अर्काे अज्ञात एकजना मबाट थिचिएको थिएन ? म आनन्दसँग माइक्रोबसको सीटमा बसिरहेको बेला अरु कुनै एकजना कुप्रिएर उभिइरहेको हुँदैन ? मेरो पुस्तक सजिलै प्रकाशित भइरहेको बेला अर्काे कुनै राम्रो लेखक प्रकाशकको अभावमा कुण्ठित भइरहेको छैन ? मैले प्रत्येक क्षेण कुनै अज्ञात एकजनाको हरेक सुविधा खोसिरहेको हुन्न ? म यहाँसम्म आउँदा अर्काको बाटो नछेकी, उसलाई नअल्झाई आएको हुँला त ?
    तर यो ‘माथि’ वा ‘अग्लो’ ले कहिल्यै पनि किन देख्न नसकेको होला होचोलाई ? भन्न त एस.एल.शर्माले भन्नु भाथ्यो ‘तँ होचोले मलाई सधै निहुराउँछस्’ तर के यथार्थमा अग्लोहरू होचोहरूका अघि निहुरिएका हुन्छन् ? झुकेका हुन्छन् ? होचोबाटै अग्लिएकाहरूले विर्सिसकेका हुन्छन् आफ्नो धरती । आफू आएको बाटो र आफ्नो हिजो । माथि भनेको हिडदै जाँदा पुगिने हो । हिंड्नेहरू जो पनि पुग्न सक्छन्  माथि । तर पुगिसकें पछि फेरि तल झर्नु पर्छ, मेरो वास्तविक ठाउँ भनेको तलै हो भन्ने ज्ञान चाहिं कसरी हराएको होला ?
    म जागिरमा पस्दै अर्दली भन्दा माथि थिएँ, अलिक पछि खरदार भन्दा माथि भएँ, फेरि सुब्बा भन्दा माथि भएँ । हेर्दाहेर्दै मलाई हेर्नेहरूकै नजर फरक परेका थिएँ । अस्ति भर्खर कसैले मलाई भन्यो– ‘तपाई त अब धेरै माथि पुगिसक्नु भयो ।’     
    एकछिन टोलाएर उसलाई हेरें र सोचेँ– म खै काहाँ पुगेँ र ? के म पनि माथि पुगेँ त ? के मैले पनि तल देख्न छोडेँ त ?होचो, पुड्रको, सानो  देखिएको म अग्लिएँ  त ? अग्लिनलाई के पिँडुला तन्किनै पर्दैन त ? म चार फुट एघार इञ्चको मान्छे पनि अग्लिएँ त ?
    मलाई डर लागेको छ– साँच्चै म अग्लिएँ भने र होचाहरूलाई देख्न छाडेँ भनेँ म पनि के यो देशका नेताहरू जस्तै, कालाबजारी जस्तै, भ्रष्टाचारी र कमिशनखोर जस्तै हुन्न ? अस्तिसम्मको साह्रै होचो, म जस्तै होचिएका कैयौँ कृष्णप्रसादहरूलाई नदेख्ने म कुनै हरामप्रसाद  बन्दिन होला त ?
    तर एउटा कुराले खुसी छु म कि संसारको सबैभन्दा होचो मान्छे पनि मेरै देशमा छ र ऊ अब संसारको सबभन्दा अग्लो भएको छ । अब लागेको छ अग्लो हुनलाई अग्लै हुनु नपर्दोरहेछ । अब होचाहरू आफ्नै होचाइका कारण अग्लिनसक्ने रहेछन् । शरीरको होचो मात्र होइन, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक आदि  कारणले दबाइएका होचाहरू अब आफैँ अग्लिन थालेका छन् । सबभन्दा अग्लो मानिएको दरबार नै होचिएपछि अब अरु कुन् अग्लाहरू छन् जसले अझै होच्याइरहलान् ? त्यसो त अग्लिन होडबाजी  गर्ने कैयौँ समकालीन होचाहरू नै छन् जो आज अग्लिएर टाक्सिदै गएका छन् , जसले अग्लिनु अघि भन्थे– म अग्लिएँ भने तिमीहरू सबैलाई उचाल्ने छु तर, आज उनीहरू एक्लै अग्लिएका छन् र सबको नजरमा होचिइरहेका छन् ।
    हे अग्लोमा चढेर देखिएका होचाहरू ! तिमी अझै पनि अग्लिन सक्छौ यदि  तल हे¥यौ र तलका होचाहरूलाई माथि आउन हात दियौ भने , नत्र लेप्चा भाइहरूले फुटाइदिएको हाँडीको सिँढी जस्तो ढल्ने छ तिम्रो अग्लाईको थुम्को ।
    चित्त बुझेको छ आज मलाई कि अग्लो  हुन पिडुला डल्लो परेर केही नहुने रहेछ । अग्लो हुन होचाहरूसँगै हिँडिरहनु पर्ने रहेछ, र म हिडिरहेको छु होचाहरूकै बीचमा होचै भएर ।

कथा

कथा
"उनीहरु पात्र होइनन् ।"
----------------
-मिश्र वैजयन्ती
========
घाम थिए र उज्यालो थियो । उज्यालोसँगै गर्मी पनि उत्तिकै थियो । उनीहरु माइकिनारमा आएर उभिए । माइको उत्तरपट्टिको यो किनारामा फेरि एकचोटि उही कटेराहरु सम्झना गरे ।
‘जय कता गइरहेछौँ हामी ? यसरी आफन्तको पनि के भर पर्नु छ र ? बसिरहेका भए एकैठाउँ केही हुन्थ्यो कि । अरु पनि त बसिरहेकै छन् । ’ जयमायाको टिठ्याइला आँखाले जयबहादुरलाई हेरिरहेका थिए ।
‘त्यो पनि ठिकै हुन्थ्यो जयमाया । यो देश आफनै पुर्खाले बनाएको हो । यहाँका हाम्रा आफन्तहरु हाम्रा आफनै हुन् । सबैसँग नाता जोडिएको छ हाम्रो । बसौँला नि कतै । शिविरमा सकिएन बस्न , गजमाउरो छ त्यहाँ । ’जयबहादुरले सम्झाए जयमायालाई ।
‘अबचाहिँ ढुक्कले एकठाउँ बसेर मर्न पाए हुन्थ्यो जय । साह्रै हिँडियो ।’
बात मादैँ उनीहरु हिँडेर आई कन्काइमाईको पुलनेरको फलैँचामा बसे । कसैले ‘तालिम ’ भनेर संबोधन गरी बोलाएको सुनियो । एउटी महिला आफनो तालिम नामको छोरो आफूलाई छोडेर कता गयो भनी अत्तालिएर खोज्दै थिइन् ।नाति केटोलाई आफनो छोरोजस्तै देखिन् होला । उनका साथमा अरु एकदुई निकै आत्तिएर तालिमलाई खोजिरहेथे । जयमायाले चाउचाउको पोको खोलेर खाँदै गरेको नाति केटोलाई हेरेर मुसुमुसु हाँसिन् र एक पटक थोते दाँतले सुहाउँदिलो गरी हाँस्तै उनले पनि भनिन् ‘तालिम’ । केटो मुस्कुरायो । थकाइ मरेछ । उनीहरु फेरि हिँडे पश्चिमतिर ।
माईधार पुग्नेबित्तिकै भोकले भाउन्न भयो भन्दै जयमाया थुचुक्क बसिन् । जयबहादुरले आफूसँग भएको गिलास झोलाबाट झिकेर कलबाट पानी ल्याए र जयमायालाई खान दिए ।
जयबहादुर आफनो पुरानो इस्टकोटको भित्री गोजीबाट केही पैसा झिके । यसो हेरे । सबभन्दा ठूलो पैसा पाँच रुपैयाँको नोट झिकेर उनले बिस्कुट किनेर जयमाया र नातिलाई ख्वाए ।
मागी खानुभन्दा गरी खानु जाती । माइधारमा घरेलु बिस्कुट फैकठ्री रहेछ । उनले त्यहाँ काम पाए । सक्ने काम जयमायाका लागि पनि भयो । जयबहादुर लुरुलुरु काम गरिरहन्थे । उनको कामले निकै प्रशंसा पनि पायो । फैक्ट्रीमै बस्ने व्यवस्था भयो । अब उनीहरुले कतै नजाने निधो गरे ।
जयमायाले एकदिन बिस्कुट प्याकेज गर्दै भनिन् — ‘हामी त केही होइनौ रहेछौँ । हाम्रा कथा मात्रै ठूला रहेछन् ।’
‘किन यसो भन्यौ जयमाया ? हाम्रा कथा पनि के हुन् र ? कति कति कथाहरु छन् यस संसारमा हाम्राभन्दा भिन्न । नलेखिएका कथा । ’ जयबहादुरले सूर्तीको सर्को तानेर भने ।
‘कथा हाम्रा बेचिँदैछन् । हामी भने कति निरिह बाँच्नु ? ’ जयमायाले तालिमलाई छेउमा बसाएर भनिन् ।
‘हाम्रो कथा निकै चर्चित छ रे । हामी भने यहाँ गुमनाम छौँ । हामीजस्तै धेरै चर्चितहरु गुमनाम होलान् । तर हामी कर्म गर्ने मान्छे जया । काम गर्छौँ । बाँच्ने अभ्यास गर्छौँ । तर मलाई यो खेलाँची लाग्दैन । ’ भने जयबहादुरले ।
‘राई बूढाले के खेलौँ बाँच्ने खेल भनेका थिए सबैलाई पुग्यो । फेरि हाम्रो जीवनचाहिँ भकुण्डो भयो । ’ जयमायाले नाति तालिमको टाउको मुसादैँ भनिन् । तालिम चकचक गरिरहेको थियो ।
‘हाम्रा कथा दुरुस्तै छन् शरणार्थी उपन्यासमा । कृष्ण धरावासीको हो त्यो । हामी त अब निमित्त मात्र । हामी केही होइनौँ । । त्यो कथालाई बोकी हिँड्ने पात्र हौँ । हाम्रा कथा छन् तर हामी छैनौँ । ’ जयमायाले भनिन् ।
‘आफनै कथा त कसले लेखेका छन् र जया ! सबैलाई आफू अनुकूल बनाएर लेख्ता रहेछन् । हामी जस्तो छौँ त्यस्तै दुरुस्त त छैन होला । अस्ति नै मात्र धरावासीकहाँ हामीलाई कति खातिरदारी गरे । हाम्रा कुरा कति सुने । तर यथार्थमा हामीजस्ता यस्ता गन्धे , पसिनाले सधैँ भिजिरहनेलाई कसैले त्यति राम्रो सोफामा बसाएर गफ गर्थे र ? त्यो हामीलाई त्यत्रो खातिरदारी पनि कथामै त हो गरेको । ’ जयबहादुरले अझै धुँवारेचन गर्न चाहे क्यारे ।
‘ आ ! तिमी पनि कहिलेकहिँ कति नबुझिने कुरा गर्छौ ? गको त हो नि । उनले त यथार्थमै गरे । ’ जयमायाले भनेकी हुन् तर पूर्ववत चाहिँ थिएन । बोलीमा अलिक बल परेको सुनिन्थ्यो ।
‘ त्यो कथाकारले कुदाएको हामीलाई । त्यत्रो घाममा । हामी श्रम गरी हिँड्ने मान्छेलाई कहिले कता कहिले कता पुर्याउँछन् । कुनैदिन तिमी र मलाई छुट्याएर यिनीहरुले कता पारिदिने हुन् । अब हामी कतै नजाने । यहाँ छौँ भनेर पनि कसैलाई नभनौँ अलिकदिन । लेखकहरुले हामीलाई साह्रै लछारपछार पारिसके । ’ जयबहादुरले लामो सुस्केरा ताने ।
‘ आ ! अर्को ठाउँमा जाँदा हामी अर्कै नामका भैदिऊँ कि क्या हो । यो केटो पनि तालिम भयो । बाटैमा जुनी फेर्यो यसले । ’ जयमायाले ठट्यौली गरिन् ।
‘ कति हिँड्नु हौ जयमाया , कति हिँड्नु ? भो अब अस्ति तिमीले ढुक्कले बस्ने भनेको होइन ? तिम्रो मनमा फेरि हिँड्ने कुरा कहाँबाट आयो ? हामी जहाँ गए पनि श्रमिक । यहाँ पनि काम पाएकै छौँ । श्रमको मूल्यको कुरा हामीले गरेका पनि छैनौँ । यो सब राजनीति गर्नेको चारो मात्र हो । हामी त केवल श्रम गर्ने हौँ । यत्ति हो हाम्रो थात थलो छैन । ’ जयबहादुरको कुराले जयमायालाई के भयो को नि बोलिनन् ।
मौनता निकै बेर रह्यो ।
‘जयमाया के भयो ? बोल, मनमा जे जे भए पनि मुखैले सुन्न मन हुन्छ । बोल । के भयो ? ’ जयबहादुरले जयमायाको मौनतालाई भत्काउन खोजे । जयमाया त्यसै टोलाएझैँ भइन् ।
‘ जयबहादुर हामीजस्ता श्रम गर्ने यस देशमा कति छन् कति ? हामी त रासन पानी पाउँदा पाउँदै आफन्तको औडाहाले हिँड्यौँ । स्वतन्त्र कमाइ खान हिँड्यौँ । हाम्रै पूर्खाको माटो हो भन्दै हिँड्यौँ । तर पुर्खाको माटो भए पनि यो हाम्रो होइन रहेछ । हामीलाई जहिल्यै पनि नेपाली नभनेर शरणार्थी नै भन्दा रहेछन् । भूटानी भन्छन् । शिविरे भन्छन् । तर हामीभन्दा तल्लो स्तरको श्रम गरेर आधा पेट खाएर बस्ने यी यहाँका मानिसहरु हामी जस्तै कथाका पात्र मात्र पनि हुँदैनन् । ’ जयमायाले अन्तिम पोको बिस्कुटको काम सकेर दुवैजना आफना कोठातिर लागे । तालिम त उनीहरुको छायाजस्तै जता गयो उतै जाने न हो । ज्ञानी पनि छ ।
गलेर थुचुक्क बसेकी जयमायालाई जयबहादुरले रातो चिया पकाएर दिए । आफू र तालिमलाई पनि ल्याए । भाँचिएका बिस्कुटहरु पाएका थिए । तिनैलाई चियासँग खाए । जयमायाले भनिन् ‘तालिमको पेट भरियो भने हामी पनि अघायौँ , म त अघाएँ । ’
जयबहादुर यसमा केही बोलेनन् ।
बाहिर हल्ला खल्ला भयो । ग्वारग्वार्ती मान्छेहरु निस्के । कोही के कोही के भनेर कराउँदै निस्के । झमक्क साँझ परेको थियो । जयमाया कोठाको छेउमै थिइन् । उनी पनि निस्किइन् । घटना बिस्कुट फैक्टी्रमै रहेछ । तर के भएको थाहा भएन उनलाई । बिस्कुट छरपस्ट थिए । पिठो छरिएको थियो । केही युवाहरु गाली गलौज गर्दै थिए । तर कसलाई जयमायालाई पत्तो भएन । जयबहादुर पनि पुगेछन् । आरोपप्रत्यारोप मात्र भएको थियो । जयमाया तालिमलाई लिएर फर्किइन् ।
साँझ निकै ढल्किँदा पनि जयबहादुर नआएकाले जयमाया बाहिर निस्केकी मात्र थिइन् । जयबहादुर आउँदै रहेछन् ।
‘के भएको रहेछ जय ?’
‘अब यहाँ बसाइ हुँदैन जया । ’
‘ किन ? के भयो ? ’
‘रविलाई रगपच्छे पारेका छन् । ’
‘रवि त त्यहीँ बोल्दै थिए त । ’
‘ अहिले एम्बुलेन्समा हालेर लगिसके । ’ जयबहादुरको कोठा अगाडिको चौरमा धेरैबेर गाउँका मानिसहरु उभिएर बात मारे । उनीहरुको कोठाबाट सुनिन्थ्यो ।
‘रविले धेरै ऋण लिएको थियो अनि नतिरेकोले आइलागेका रहेछन् । ’
‘रविले राति राति केटी राख्थ्यो रे । ’ खुसुक्क भनेको शैलीमा आवाज आयो ।
‘गुण्डा केटाहरुसँग लेनदेन नमिलेर हो । कता कता के के छ छ नि ? ’ कसैले भन्यो ।
‘साह्रै पिटे कि के हो ? निकै रगत जमेको थियो । ’
‘टाउको फुटाएका छन् । ’
‘हैन , रवि त केही नभई गएको , त्यो अर्कोचाहिँको फुटेको नाथ्री । ’
‘दाँतै झरेको छ । मुखैबाट भलभल गइरहेको थियो रगत । ’
‘ भोलिदेखि अब फैक्ट्री बन्द भयो भने के गरी गुजारा चलाउनु होला । ’ बुढो सन्तबहादुर पनि त्यहीँ रहेछन्, आवाज आएपछि चिने जयमायाहरुले । सन्तबहादुरको कुरा सुनेर सबै हाँसे गललललल ।
‘यहाँ मान्छेको मर्नु बाँच्नुको सवाल छ सन्त दाइ , गुजाराको के कुरा ?’ कसैले भन्यो । भन्नेलाई जयबहादुरले चिनेन । सुनेर भित्र अमिलो भयो । हाम्रो पनि मर्नु बाँच्नुको नै सवाल हो नि । हामीचाहिँ मर्नु र बाँच्नुको परिभाषामा पदैँनौ ? भन्ने सोच्यो जयबहादुरले ।
््््््््््््््््््््.............................
‘उठ जयमाया , अब भोग पुग्यो यस ठाउँको । जीवन यसरी नै बसाइँ सरेर काट्नुपर्ने रहेछ । उता नातिनीहरु पनि छन् । छोरी पनि उतै होलिन् । जाऔँ । ’
जयबहादुर अघि नै Aजाने भनी उनीहरु घरमालिकसँग विदा मागी हिँडे । पथरीमा होटल चलाएर बसेका छन् रे ।

कथा ~


गायत्री= कथा ~काथाकार महादेव अधिकारी 

'दाइ नमस्कार,सञ्चै हुनुहुन्छ' अपरिचित जस्ती तर परिचित जस्तीपनि ती वहिनी दश औला जोडेर मेरो सामु खडा थिईन्।मेरा आँखाले उनलाई घोचिरहे। सिउदोमा रातो सिन्दूर, नाक कान गहनाले झाटिएका रातो किनारा भरेको सारीमा रातै व्लाउज । 

मैले असमन्जसमा परेरै नमस्कार फर्काएँ।सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती वहिनीलाई मुस्किलले ठम्याएर सोधे'गायत्री हौ?' 'हजुर दाइ म त्यहि गायत्री हूँ जसले हजुरको प्रेरणा सल्लाह र साहश पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छ।' भावात्मक आवेगमा मेरा नयनहरूमा हर्षाश्रु टिलपिलाए। तिनको साथमा एक युवक र बूढीआमा पनि थिए।युवक युयुत्सु थियो मेरो साथी ययाती को भाइ हामीहरु चमेना गृहतिर गयौँ। 

काठमाण्डौँमा जाडो पलाई सकेको थियो।मलिना सूर्यका कीरण अल्छीपाराले जमिनमा फिजारिएका थिए।ती बूढीआमाका निम्जा आँखाले मलाई कुल्चीरहेका थिए। 
गायत्रीले बूढीआमालाई देखाउदै भनिन 'उहाँ मेरी सासूआमा'। मैले नमस्कार गरे। आमाले मलाई सोधिन् 'बाबुलाई त मैले चिन्न सकिननी' मैले भने 'आमा म ययाती को साथी कृष्णकान्त हूँ'।त्यति सुन्ने बित्तिकै आमाको मातृवात्सल्यता छचल्किएर हिउँनदीबनेर परेलीका डिलबाट हाम्फाल्न थाले। आमाले ययातीलाई सम्झन पुगिन्।'भगवानले पनि राम्रो मान्छेलाई चाँडै उठाउदा रहेछन् बाबु सानो छदापनि कहिले च्याहाँ गरेर रोएन बरू यसलाई युयुत्सुलाई देखाउदै भुईमा राख्नै हुदैन्थ्यो।सबैका लागि आँखाको नानी थियो ऊँ।त्यो घटना हुदा बाबु कहाँ थियौनी?। 

मैले भने 'त्यो दिन पनि हामीसंगै थियौ आमा! हामी दुबैजना छुट्टिबाट फर्केकै दिन अन्यकेहि साथीहरुसंगै आछामको मंगलसेनमा खटिएर गयौँ।हल्ला चलेको थियो मंगलसेनमा आक्रमण गर्नको लागि भनेर दशौहजारको संख्यामा बिद्रोहीहरु आएर रामारोशन र माष्टमाण्डवतिर रातारात राँगा भैसीहरू काटेर भोजखाएर लडाइँको अन्तिम तयारीमा थिए।त्यसैले थप फौजको रूपमा हामी त्यहाँ खटिएका थियौँ। 
त्यहाँ पुगेर हेर्दा एकातिर ठूलोभीर, तल कैलाश खोला, नजिकै मंगलसेन बजार प्रहरी कार्यालय र कारागार,माथि कच्चीशडक, समानन्तर रेखामा पारीपट्टि नेपालका प्रथम नाटककार पहलमानसिँह स्वारको गाउँ वयलपाटा छर्लङ्ग देखिन्थ्यो।त्यहाँको मनोरम दृष्यले सबै कुराहरु बिर्साईदिएको थियो। 
ययाती भन्थ्यो विवाह गरेको भोलीपल्टै हिँड्नुपरेकोले अहिले म गायत्रीको अनुहार पनि याद गर्न सकेको छैना कल्पनाकी परी बनेकी छन्। 

म उसलाई सम्झाउँथेँ 'विपत्तिमा धैर्य, वैरभावमा दया र संकटमा सहनशिलता भयो भने जीवन सजिलो बन्छ। परिस्थितिलाई स्वीकारेर सरलता र लचकता अपनाउनु पर्छ'भनेर। 
हामीहरू रातभर नसुतिकन ड्यूटी गर्दथ्यौँ। अधिकृतहरुपनि नसुतिकन घुमिरहन्थे। कृष्णपक्षकारात र रामारोशनतिर बाक्लो हिउँ परेकोले हाम्रो बंकरमा पनि हिउँ बुर्बुरी झरी रहेको थियो।' मैले त्यसोभन्दा ती आमा बच्चाले बत्तिमा हेरे जस्तै एकटकले हेरिरहेकी थिईन्। 

चमेनाको पैसा तिरेर म कार्यालयभित्र गएँ।पट्टामा फोटो टासेर ल्याप्चे लगाएपछि मेरो त्यो दिनको काम सकियो।गायत्रीको पनि दर्ताको काम भयो।गायत्रीको अनुरोधलाई नकार्न नसकेर हामीहरु भद्रकालीबाट पैदल हिँडेर सुनधारागयौँ र पूजा लजमा तीन बेडको कोठा लियौँ।म गायत्रीको रुप ,लावण्ड्य, आभूषण, भेषभूषा, वोली र भाग्यलाई नियालीरहेको थिएँ। 
त्यो भाइ युयुत्सु जसले मेरो सानो सुझावलाई स्वीकार गरेर समाजमालाई अग्रगति दिएको थियो।नयाँ पिढीलाई हिँड्न सजिलो हुने गरि बाटो बनाई दिएको थियो। 
गाउँको शान्तवातावरणमा जीवन गुजारेकी आमालाई काठमाण्डौँको त्यो धुवा, धुलो र कोलाहलपूर्ण प्रदुषणले बिरामी जस्तो बनाएको थियो। 
युयुत्सु र गायत्री एउटै बेडमा बसेका थिए, म र आमा छुट्टाछुट्टै बेडमा बसेका थियौँ।गायत्री वत्तिको उज्यालोमा रम्भा र रश्मी जस्ती देखिएकी थिई।कीराहरु ट्यूबलाईटमा झुम्मीरहेका थिए माउसुली चुपचाप तिनको शिकार गरीरहेको थियो। 
गायत्रीका ओठ चले। 'दाइ त्यसदिनको लडाइँको बारेमा केहिँकुरा सुनाउनुन।' तर आमाले भनिन् ' भो बाबु म मा सुन्ने हिम्मत छैन।' तर फेरी युयुत्सुले भन्यो ' होईन आमा अब दाइसंग फेरी भेट होला नहोला जानीराखे पछि हामीलाई पनि अरूलाई सुनाउन सजिलो हुन्छ।' 

'सदाझै त्यसदिन पनि डिउटीभएकाहरू पेरीमीटरमा तयारीमा थिए।बाँकी कोही आगो तापेर बसेका थिए त कोहि चारबजे उठ्नको लागि सुति सकेका थिए।बिहान चारबजेपछि आक्रमण हुने सम्भावना कम भएकोले थोरै जवानसरुमात्र राती सुत्दथे र चारबजे उठेर ड्यूटी गर्दथे। 
नयाँ ठाउँ हुनाले भवनपनि बनेको थिएन।पाल टागेर पालमै बस्ने बंकरमा सुत्ने गर्दथ्यौँ। चारैतिर काँटेतार र बिलेट जस्तै धार भएका तार अनि माईनबमहरु लगाएर बिद्रोहीहरु आउन नसकुन भनि अबरोध खडा गरेका थियौँ। हामी कर्तव्यनिष्ठा भएर होसियारीका साथ बसिरहेका थियौँ।राईफलमा जडेको म्याग्जिन, चेक गरी हतियार कक गरेर तयारी गरी बाँकी जगेडा म्याग्जिन, गोली गठ्ठा, गृनेडबम सबै तयारी थिए। 

कैलाशखोलाबाट बहेर आएको सिरेटोले बिरालाको नाक भएको थियो।आँखाबाट तरतरी आँसु र नाकबाट पानी बहेको थियो। राईफल समातेको हात काठ्ठिएर कट्कटी खाएको थियो। हावाबाट हिउँ र बरफ बुर्बुरी खसेको थियो। अँधेरोमा आँखाले नदेखिने हुँदा कानको भरपर्नुपर्ने थियो तर हिउँ बोकेको हुरीले सुसाएको आवाजले कान पनि बन्द थिए। 
अचानक पालमा डढ्याम्म डढ्याम्म गरेर ठूलो आवाजमा दुईवटा बम पड्किएर डाँडा खोला हल्लाई दियो। पालमा सुत्ने व्यक्ति र हतियार ध्वस्त भए।हाम्रो मन हल्लीयो विवेक छचल्कियो होस हवास हावासंगै तरंगिएर गयो। हंशले ठाउँ छाड्यो। त्यो आवाजसंगसंगै माथि शडकमा आगाको ज्वाला देखिएर विलिन भयो।बिद्रोहीले त्यहिँबाट रकेट लन्चर बमको फाएर गरेका थिए। 
कमाण्डपोष्टबाट आदेश आयो फायर....।त्यसपछि हामी सबैले आ-अफ्ना हतियारबाट अन्धाधुन्द फायर गर्यौँ।पानीको फोहोरा जस्तै दुबैतिरबाट गोलीका पर्रा छुटे।भटटटटटट भुटुटुटुटुटु ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग ढ्याङ्ग डुङ्ग डुङ्ग डुङ्ग डुङ्ग ढ्वाङ्ग गरेर पड्केका आवाजले कान बन्द भए। ययाती र म एउटै बंकरमा थियौँ। मानव चित्कार पनि सुनियो। मलाई गोलीलाग्यो रगत रोकिदेओ मेडिकल बोलाओ भन्ने आवाज गुञ्जिई रहे तर जाने को?। 
युद्ध बिजुलीको चम्काई जस्तै भएको थियो। त्यो मध्यरातमा भर्खरै पहाड निदाएको थियो, हावा निदाएर चल्न छाडेको थियो। खोला निदाएर सुसाउन छाडेको थियो। प्रकृतिले समेत थकाई मारेको समयमा भएको त्यो अचानक आक्रमणले हामीमा चट्याङ पार्यो। तलतिर बिद्रोहीहरू पनि कामरेड अमूक अमूकलाई गोली लाग्यो डोके टोली अगाडि बढेर घाईतेहरुलाई पछि हटाओ भनेको सुनिन्थ्यो। छापामारहरू सलहझै पसेर नजिक नजिक आई पुगेका थिए। करिब एक घण्टामा हाम्रो साथका गोलीगठ्ठा सकिन थाले। मैले नजिकै भएको माईन को स्वीच अन गरिदिएँ। झड्याम्म गरेर ठूलो आवाजका साथ माइनबम पड्कियो। केहि छापामारहरू त्यसैमा परे।म ट्रेञ्चबाट निस्केर दौडदै गएर गृनेडको बाकस बोकेर फर्कदै थिएँ। एउटा सकेटबम आएर मेरो हातमा पड्कियो मेरो एउटाहातका औलाहरु उछिट्टीएर कता पुगे कता।हातको डुडुलो मात्र बाँकी रह्यो। रगत रोकिएन र म जमिनमा सुतेर कुहिना टेकेर हातलाई टाउको भन्दा माथि पारे। 
ययाती आत्तिदै ट्रेञ्चबाट निस्केर आयो र मलाई घिसारेर बंकरमा लानखोज्यो। मैले गृनेडको बाकस लिएर जा भने। उसले बाकस उठाउन निहुरेको थियो पछाडिबाट गोलीले छेडेर अगाडि छाती भत्काएर गयो।दाइ मलाईपनि गोली लाग्यो भनेर डङ्ग्रङ्ग मै माथि ढल्यो। 
मैले एक हातले आफ्नो कपडा च्यातेर उसको रगत थमाउनखोजे।तर उसले मलाईनै थिचिराखेकोले असफल भएँ।हामी दुवै जना घर परिवार सम्झेर खुव रौयौँ, उसले सासले फुस्फुसाउदै अन्तिम कुरा भन्यो। दाजु म गायत्रीसंग एकरात पनि ....। ऊ हिमालको मूल जत्तिकै पवित्र छ दाजु। विहेको रात भान्छाखालमै निदाएँ घरभरि पाहुना थिए भोलीपल्ट हिँडीहाले दाजु तपाई बाँच्नु भयोभने त्यो एक चिम्टी कृतिम सिन्दूर पखालेर मेरो नाममा त्यो पूर्ण जवानी अर्पण नगर्नु भनि दिनुहोला म त अऽ ब आऽ ऽमा ....गा ...ऽऽ य ...ऽऽ त्री ... भनेर प्राण छोड्यो। मैलेपनि बाँच्ने आशा मारी सकेको थिएँ।छापामारहरु पसि सकेका थिए। 
ययातीको शबअररीदै आयो।हिउँले हामीलाई पुर्दै थियो। फ्याट्ट फुट्ट गोलीका आवाज सुनिदै थियो। रेडीयो अप्रेटरलाई मार्दै गरेको मैले देखे। गोली भन्दा खुर्पा खुकुरी का छ्याक्छ्याक् आवाज आएपछि हाम्रो हार भैसकेको संकेत भयो।गोली खर्च नगर कामरेड हो जिवित जतिलाई छप्काएर मार भन्ने आदेश सुने। म पनि ययातीको लाश मुनी मरेको अभिनय गर्दै थिएँ।मर्न कति गाह्रो थियो कसैले भनेन तर मरेको अभिनय गर्न जस्तो गारोकाम संसारमा आर्को लागेन मलाई।हल्लाहरु चलिरहेको थियो मलाई रक्त अल्पता हुदै गयोर सबै कुरा कता कता सपना जस्तो भयो त्यसपछि केहि थाहा भएन। 
भोली पल्ट विहान कता कता हेलिकप्टरको आवाज सुनेजस्तो लागेर होस खुल्यो।पानी प्यासले आत जलेको रहेछ।पानी थिएन घस्रेर भान्छानेर पुगे थालमा भाँडा माझ्ने गरेको मैलो खरानी पानी रहेछ त्यहिँभए पनि पिउछुँ भनेर पशुले झै मुख गाड्न लागेको कसैले कृष्णकान्त भनेर पछाडिबाट बोलायो।ला छापामारले मेरो नामप्लेट पढेछ अब मार्छ भनेर फेरी लथ्रक्कै ज्यान छाडेर सास रोके। उसले म अनिल हो नेपालगञ्जबाट हेलिकप्टर लिएर आएका छौँ नडराउ अब केहि हुन्न किन यस्तो पानी खान लागेको भनेर काखमा लिएर आफ्नो तुम्लेटको पानी पिलायो मलाई साक्षात भगवान को दर्शन पाए जस्तो भयो। उसले मलाई बोकेर हेलिकप्टरमा लगेर राख्यो । हेलिकप्टरमा पाईलटहरुले कुरा गरे अनुसार म बाहेक सबै अधिकृत देखि जवानसम्मका व्यक्तिले विरगति प्राप्त गरिसकेका रहेछन जिबित भएकाहरुलाइ पनि काटेर र जिउदै जलाएर मारेकाले डढेका लाशका टुक्राहरु हेलीकप्टरमा हाल्दै थिए। 
मलाई काठमाण्डौ लगेर उपचार गरेपछि ठीक भएर आफ्नै पल्टनमा फर्के पछि अफिसमा काम गर्न थाले त्यहिबेला गायत्री र युयुत्सुसंग भेट भयो आमा।' त्यति भन्दै थिएँ ती बूढीआमाले ए मेरो बाबु ... भन्दै डाको छोडेर मलाई अंगालो हालीन्। 
हामी सबै रेयौँ गायत्रीले आँचलले आँखा र नाक पुछिन्। अनि एक छिन रोकिएर भन्न थालिन्।'हजुरले मलाई पुनर्विवाहको सल्लाह दिदा त्योपनि आफ्नै देवरसंग त्यो सुनेर शुरुमा मैले हजुरलाई कस्तो पागल मान्छे हो यो भन्ने सोचे।तर जति पछि भयो उति हजुरका वाणीहरु कानमा गुञ्जीई रहे।अविराले घरजम गर्नु पाप होईन पुण्य हो भन्ने हजुरको वाणी र यस बिषयमा धेरै समय लगाएर निधार खुम्चाएर सोच र निर्णय गर भनेको हुँदा जति पछि भयो उति हजुर पागलबाट असलमान्छे ,असलबाट ज्ञानीमान्छे ठान्न थाले। जव हिँड्ने वेलामा भन्नुभयो सरकारबाट प्राप्त रकम आफ्नो खातामा राखेर सदुपयोग गर्नु भनेर बसमा पनि त्यहि सोचिरहे।यो भगवानले होईन पुरुष शासकले चलाएको प्रथा हो भन्ने उपदेशनै मलाई सद्मार्ग लाग्यो तर उहाँ डराउनु भयो। 
हजुरको सुझाव सुनाए निद्रा र डर जति बढायो उति बढ्दै जान्छ। आमूल परिवर्तनका लागि डरलाई हटाउनै पर्छ। अन्तमा उहाँले पनि पानीको भुल्का त होनी जीवन एउटा विलाउछ आर्को निस्कन्छ भनेर संसारको वृक्षको बिउ केबल स्त्री हो भने पवित्र नारीलाई स्वीकार्नु पाप होईन तर अर्जुनले कुन्तिको अनुमतिले द्रौपदी बाडे जस्तै म पनि माता पिताको स्वीकृति चाहन्छु भन्नु भयो। 
शुरुमा त कुरा सुन्दैमा सबैले कान थुने। तर पेनशन पट्टा र सबै रकम मेरो नाममा भएपछि गाउँ समाज बसेर छलफल भयो बिरोधका गाली र समर्थनका ताली बराबर पाईयो।नौलोकाम गर्दा बिरोधको सामना त गर्नै पर्छ नत्र त गोल चक्रमै घुमीन्छ ईच्छालाई दबायो भने मन खरानी हुन्छ भनेर हजुरले सिकाएका कुराले सबैको मन जिते। 
आखिरमा जुन आगोले पोलेको थियो त्यसैले डाहा मार्यो दाइ । वाई सि एल हरुले नै हाम्रो विवाह सम्पन्न गराई दिए। बिरोध गर्नेका मुखमा बन्दूक राखेर भएपनि चुप गराई दिए। मलाई त्यति बेला टाढाको देवता भन्दा नजिकको भूत कामलाग्ने रहेछ जस्तो लाग्यो दाइ। 
त्यसैले अब अर्काकी पत्नी भै सकेपछि यो पेन्शन लिनु पापहो भनेर उहाँको दूधको भारा कटियोस भनेर पेन्शन आमाको नाममा नामसारी गर्न आएका दाइ शौभाग्यले हजुरसंगपनि भेट भयो'। 
उनका त्यति कुरा सुनेपछि मैले भने 'परिस्थितिले दिएको ज्ञानलाई स्वच्छ आत्माले स्वीकार गरेपछि माटोको घैला जस्तो जीवनले सिद्धि पाउछ वहिनी।त्यसैले त आत्मलाई दमन गर्नु पाप हो भनेको थिएँ।तिमीहरुको दाम्पत्य जीवनले सफलताको शिखर पार गरोस यहि मेरो शुभकामना छ। 

महादेव अधिकारी 
बूढानीलकण्ठ काठमाण्डौँ